-

  • नयाँ खबर

    16 June, 2015

    लैङ्गिक हिंसा सम्बन्धी तीन दिने तालिम सम्पन्न


    वीरगंज,अषाढ १
    यौनिक तथा लैङ्गिक हिंसा रोकथाममा पुरुष र युवाहरुको  भुमिका बिषयक तीन दिने तालिम वीरगंजमा सम्पन्न भएको  छ । गृह मन्त्रालयको सहहकार्य एवं युएनडीपीको सहयोगमा संचालित तालिममा बारा र पर्सा जिल्लाका २५ जना महिला र पुरुषको सहभागिता रहेको थियो । तीन दिने तालिममा बैजन्ती गिरी सिंह र बेनुमाया गुरुङ्गले प्रशिक्षण दिएको तालिममा  सरोज चौरसिया, शिवनाथ यादव,शिला सरकार,ओमप्रकाश ठाकुर ,नीभा सिंह,संजय गुप्ता लगायतकाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । तीन दिने तालिममा पृतीसतात्मक परम्परा, महिला र पुरुष वीचको समाजिक बिभेद , शक्ति र समाजिक संरचनाको प्रभाव,हिंसाको प्रकृति र प्रकार , लिङ्गको आधारमा हुने घरेलु हिंसा,यौनिकता र प्रजनन , लैङ्गिक हिंसा र कानुन, बाल स्याहार तथा हेरचाह एवं बाबुको भुमिका , घरेलु हिंसा बिरुद्ध हस्तक्षेप बिषयमा प्रशिक्षक एवं सहजकर्ताहरुले प्रशिक्षण दिएका थिए । तालिमको समापनसत्रमा बोल्दै वक्ताहरुले यो लैङ्गिक हिंसा समाजमा एच.आई. भी एड्स र क्यान्सर भन्दा खतरनाक रहेको बताउदै  तालिमबाट सिकेका कुरा ईमान्दारीपूर्वक व्यवहारमा लागु गर्दै समाजमा उदाहरणी व्यक्ति बन्न तालिमका सहभागिहरुलाई सुझाव दिएक  थिए । तराई मधेसको समाजमा दाईजो प्रथा , महिला हिंसा र रुढीबादी परम्पराले लैङ्गिक हिंसा बढाएको बताउदै आउदो दिनमा समाज र परिवारमा रोलमोडेलको रुपमा प्रस्तुत हुन सहभागिहरुलाई ध्यानाकर्षण गराएका थिए । तालिमका सहभागि सम्पुर्ण सहभागिले स्वस्थ्य समाज निमार्णमा आफनो तर्फबाट खेल्नु पर्ने भूमिका बारे प्रतिवद्धता जनाएका थिए ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: लैङ्गिक हिंसा सम्बन्धी तीन दिने तालिम सम्पन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top