-

  • नयाँ खबर

    08 August, 2015

    ज्लाउने संविधान हैन कार्यान्वयन गर्नसके अब आउने संविधान लामो समय टिक्ने युवा नेता भट्टराई



    साउन २३ पर्सा 
    प्रमुख दलहरु संविधान लेखनलाई टुंगोमा पु¥याउन जुटिरहँदा मध्य तराई मधेशका जनतामा भने आक्रोश चुलिएको छ ।
    सानो पाइलासँगको सहकार्यमा पीडीएल कन्सल्टीङ्ग ग्रुपद्धारा आज वीरगञ्जमा आयोजित कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख एवंम सचिव योगेश भट्टराईले निषेधको राजनीति नगर्न सुझाएका थिए । उनले भने, ‘एमाले मधेसबाटै जन्मिएको पार्टी हो । जिम्मेवारीबाट विमुख हुन्छ भने उसलाई जवाफदेही बनाउनुपर्छ । जहाँ जन्मेको हो त्यस ठाउँप्रति उसको दायित्व हुन्छ । त्यसैले विचार मिलेन भनेर कसैलाई निषेध गर्नुहुँदैन ।’ नयाँ संविधानमा संघीयताको सम्भावित प्रारुपप्रति रुष्टहरुको आक्रोश मत्थर पार्ने प्रयास गर्दै भट्टराईले भने, ‘यो ३२ गुणयुक्त छैन । कसी लगाएको सुन पनि हैन । तर यो जलाउनै पर्ने संविधान पनि हैन ।’ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधानका प्रावधानहरु कार्यान्वयन गर्नसक्यौं भने यो संविधान लामो समय टिक्ने उनले बताए । उनले नागरिकताको विषयमा मधेसी जनताले उठाएको मागप्रति आफु सकारात्मक रहेको समेत बताए । 
    त्यस्तै संघीयता विरोधीको आरोप खण्डन गर्दै एकीकृत माओवादीका नेता खिमलाल देवकोटाले २०६३ मा अन्तिरम संविधान नै नआउने खतरा देखेर त्यसवेला आफुहरुले सो माग छाडेको प्रष्टिकरण दिए । उनले भने, ‘अन्तरिम संविधान नबने संविधानसभाको चुनाव हुँदैनथ्यो, चुनाव नभए अहिलेको अवस्थासम्म आइपुग्ने स्थिति नै हुन्थेन । यसैगरी नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले नेपालबाहेकको संघीयता कसैले सोच्न नसक्ने भन्दै एकीकृत नेपालभित्रको संघीयतामा मधेसले न्याय खोजिरहेको बताए । निर्माण प्रक्रियामा रहेको संविधानमा मधेसी जनताले कुनै सुगन्ध र सकारात्मक कुरा नदेखेको झाको भनाई थियो ।  उता तमलोपाका नेता जितेन्द्र सिंहले प्रमुख दलहरुले खेलको मध्यान्तरमा आएर नियम बदलेको भन्दै प्रक्रिया मिचेर जारी गर्न लागिएको संविधानप्रति मधेसी जनताले अपनत्व महसुस नगर्ने बताए । 
    संघीयताको आलोचक राष्टिय जनमोर्चाका नेता भैरवराज रेग्मीले संघीयताले देश टुक्राउँछ भन्ने अभिव्यक्तिका कारण सहभागिहरुको आलोचना गर्दै उनिमाथि खनिएका थिए । बहसको निष्कर्ष सुनाउँदै तराई मधेस मामिलाका जानकार पत्रकार चन्द्र किशोरले सहभागीहरुको सक्रियताको प्रशंसामा भने, ‘जुन समाजले प्रश्न गर्न सक्छ त्यो समाजको भविष्य उज्वल छ । त्यहाँ जीवन्तता छ ।’ मस्यौदा संविधानमा उल्लिखित नागरिकतासम्बन्धि प्रावधानप्रति ब्यंग्य गर्दै उनले भने, ‘नागरिकताको यही प्रावधान लागु भएमा कांग्रेस र एमाले पनि अंगीकृत हुन्छन् । किन भने उनीहरु भारतमै जन्मिएका हुन् ।’  कार्यक्रममा तराईका विभिन्न समुदायहरुको उपस्थिति रहेको थियो । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ज्लाउने संविधान हैन कार्यान्वयन गर्नसके अब आउने संविधान लामो समय टिक्ने युवा नेता भट्टराई Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top