-

  • नयाँ खबर

    25 August, 2015

    गुट उपगुटले गर्दा आन्दोलन विथोलिने हो कि ?


    दुबै मोर्चाले एकै समयमा घण्टाघर चोकमा गरेको सभालाई सम्बोधन गर्दै नेताहरु l

    पर्सा ८ भदौ
    ‘ई का ह हो ’ १२ दिन पछि वैधनाथ धाम, सुल्तानगंज लगायतको धाम घुमेर आएका बेहरा बलुवाका पानालाल मंडल घण्टाघर अगाडी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले छुट्टाछुट्टै आयोजना गरेको सभालाई सम्बोधन हेर्दै एक जना दर्शकसंग सोधदै थिए ।
    मंडल लगायत उनकै गांउका १५ जनाको समुह १२ दिन भारतको विभिन्न धार्मिक स्थलमा पुगे कहि कतै टाडाको दुरी हिनेर पार गर्नु परेन तर रक्सौंलबाट वीरगंज आउन टेम्पु नपाएकाले हिनेरै आउनु प¥यो । मधेशी मोर्चामा आबद्ध विभिन्न मधेशवादी दलका नेता कार्यकर्ताहरुले वीरगन्जमा  आ–आफनौ शैलिले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा दुई गुट भएसंगै कोहि लाठी जुलुस, कोई मोटरसाईकल जुलुस प्रर्दशन गरिरहेका छन ।
    दुबै मोर्चाले एकै समयमा घण्टाघर चोकमा गरेको सभालाई सम्बोधन गर्दै नेताहरु l
    प्रदर्शनमा विभिन्न ठाउँबाट सरकार विरुद्ध कार्यक्रता र सर्वसधारण जुटन थाले पनि गुट उपगुटले मंगलबार भने केहि वादविवाद समेत भयो । यि यस्तै खालका वादविवादले आ–आफै मधेशी दलहरु कुटाकुट हुने हो कि भन्ने डर समेत हुन लागेको छ । जुन प्रकृयाले स्वस्फुर्त सर्वसधारण आउन खोजे पनि आ आफनौँ गुट उपगुटले गर्दा आन्दोलन विथोलिने हो कि भन्ने कतिको अशंका समेत छन् ।
    बन्दको समर्थन बार एशोसिएसन, व्यापारी, शिक्षक संघ संस्था लगायतका प्रवुद्र्ध व्यक्तिहरुले समर्थन गरेपनि सोचे जस्तो केन्द्रमा हलचल भएको छैन् ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गुट उपगुटले गर्दा आन्दोलन विथोलिने हो कि ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top