-

  • नयाँ खबर

    03 August, 2015

    पर्सामा राजस्वको तुलनामा ०.६ प्रतिशत मात्र खर्च, ४४ करोड रुपैया फ्रिज ।

    जिल्ला विकास समिति
    जिल्ला विकास समितिको १० करोड, जिल्ला शिक्षा कार्यालयको ५ करोड, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जिल्ला जनस्वास्थ्यको ३/३ करोड, मध्यमाञ्चल सिचाई डिभिजन ४, ५, हुलाकी सडक योजना, वीरगंज भन्सारको २/२ करोड र नारायणी उप–क्षेत्रीय अस्पताल, सुख्खा बन्दरगाह कार्यलयको १/१ करोड गरि अरु विभिन्न कार्यलय गरी लगभग ४४ करोड रुपैया फ्रिज भएको हो । 


    साउन १८ पर्सा
    जियालाल साह
    आर्थिक वर्ष २०७०/०७१ मा पर्सा जिल्लामा चालु र पुजिगत गरी ४३ करोड ५२ लाख ६७ हजार रुपैया खर्च नभई फ्रिज भएको छ । जिल्ला भरिको कुल बजेट ४ अर्ब ६५ करोड ६४ लाख २५ हजार मध्ये ४ अर्ब २२ करोड ११ लाख ५८ हजार मात्रै खर्च भएकोले उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका सुचना अधिकारी नारायणलाल श्रेष्ठले बताए । 
    विकासे बजेट पनि पर्सा जिल्लामा शतप्रतिशत खर्च नहुनुको कारण अख्तियारको अनुगमन र राजनीतिक दबाब भएकाले आफ्नो जागिर जोगाउन विकासे रकम कार्यालयहरुले खर्च नगरी फिर्ता पठाएको देखिन्छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा १ खर्ब ११ अर्ब ६ करोड ४१ लाख राजश्व संकलन भएकोमा तुलनात्मक हिसाबले यस जिल्लाबाट राजस्वको तुलनामा विकासतर्फ ०.६ प्रतिशत मात्र खर्च भएको देखिन्छ, जसमध्ये लगभग ४४ करोड रुपैया फ्रिज नै भईसकेको हो ।  

    वीरगंज भन्सार
    आर्थिक वर्ष ०७०/०७१ मा १ खर्ब ११ अर्ब ६ करोड ४१ लाख राजश्व संकलन भएकोमा तुलनात्मक हिसाबले यस जिल्लाबाट राजस्वको तुलनामा विकासतर्फ ०.६ प्रतिशत मात्र खर्च भएको देखिन्छ, जसमध्ये लगभग ४४ करोड रुपैया फ्रिज नै भईसकेको हो । 






            ०७१/०७२ को लागि पूँजीगत (विकास) तर्फ ८६ करोड ८१ लाख २४ हजार बजेटमा ६७ करोड ६ लाख ६६ हजार मात्रै खर्च भई १९ करोड ७४ लाख ५८ हजार बजेटको रकम खर्च नभई फ्रिज भएको छ । यसैगरी ०७१/०७२ को लागि चालु (कार्यालय सञ्चालन, तलब, भत्ता) तर्फ रु ३ अर्ब ७८ करोड ८३ लाख बजेटमा ३ अर्ब ५५ करोड ४ लाख खर्च भएकोले २३ करोड ७८ लाख ९ हजार खर्च नभई फ्रिज भएको छ । 
                चालु र पूँजिगत गरियस जिल्लाको जिल्ला विकास समिति कार्यालयको कुल १ अर्ब १७ करोड ४० लाख ४२ हजार बजेट मध्ये १ अर्ब ६ करोड ९२ लाख १५ हजार मात्रै खर्च भई १० करोड ४८ लाख २६ हजार रुपैया फ्रिज भएको, जिल्ला शिक्षा कार्यालयको कुल ५१ करोड ५३ लाख ३८ हजार बजेट मध्ये ४६ करोड १६ लाख ४६ हजार मात्रै खर्च भई ५ करोड ३६ लाख ९२ हजार रुपैया फ्रिज भएको हो । यसैगरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको कुल बजेट १५ करोड ६९ लाख ८३ हजार मध्ये १२ करोड ५८ लाख ३७ हजार मात्रै खर्च भई बाकिँ रहेको ३ करोड ११ लाख ४५ हजार रकम खर्च हुन नसकि फ्रिज भएको, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको १९ करोड ३८ लाख ७४ हजार बजेट मध्ये १६ करोड ३५ लाख २६ हजार मात्रै खर्च भई बाकिँ ३ करोड ३ लाख ४७ हजार रुपैया खर्च नभई फ्रिज भएको, मध्यमाञ्चल सिचाई विकास डिभिजन नम्बर ४ कार्यालयको कुल बजेट ६ करोड ६९ लाख ११ हजार मध्ये ३ करोड ९४ लाख २५ हजार मात्रै खर्च भई बाकिँ २ करोड ७४ लाख ८६ हजार रुपैया फ्रिज भएको, हुलाकि सडक योजना कार्यालयको कुल बजेट १३ करोड ६१ लख २० हजार मध्ये १० करोड ९३ लाख ७६ हजार मात्रै खर्च भई २ करोड ६७ लाख ४३ हजार रुपैया फ्रिज भएको, यसैगरी वीरगंज भन्सार कार्यालयको कुल बजेट १५करोड ३६ लाख १३ हजार मध्ये १३ करोड १७ लाख ९१ हजार मात्रै खर्च भई २ करोड १८ लाख २२ हजार रुपैया फ्रिज भएको, नारायणी सिचाई व्यवस्था डिभिजन नम्बर ५ को कुल ९ करोड ८८ लाख ९० हजार बजेट मध्ये ७ करोड ८७ लाख ९० हजार मात्रै खर्च भई २ करोड १ लाख रुपैया खर्च नभई फ्रिज भएको, सुख्खा बन्दरगाह भन्सार कार्यालयको कुल बजेट ३ करोड ३२ लाख ३७ हजार मध्ये १ करोड ९५ लाख ५१ हजार मात्रै खर्च भई बाकिँ १ करोड ३६ लाख ८६ हजार रुपैया फ्रिज भएको हो । यसैगरी नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंज कार्यालयको कुल बजेट १२ करोड ३७ लाख ८९ हजार मध्ये ११ करोड २८ लाख ३८ हजार रुपैया मात्र खर्च भई १ करोड ९ लाख ५१ हजार रुपैया फ्रिज भएको, जिल्ला बन कार्यालयको कुल ५ करोड ६४ लाख ९९ हजार बजेट मध्ये ४ हरोड ७४ लखा ३६ हजार मात्रै खर्च भई ९० लाख ६३ हजार रुपैया खर्च नभई फ्रिज भई नेपाल सरकारलाई फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख बालकृष्ण अधिकारीले बताए । यी सम्पुर्ण गरि कुल चालु र पुजिगत गरी ४३ करोड ५२ लाख ६७ हजार रुपैया खर्च नभई पर्सा जिल्लाको रकम फ्रिज भएको हो ।
    जिल्ला जनस्वास्थ्यको ३ करोड रुपैया फ्रिज भएको हो । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    मित्रहरु यस ब्लगबाट कुनैपनि सामाग्री अन्यत्र प्रयोग गर्दा कृप्या साभारको नाम उल्लेख गर्नुहोला । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पर्सामा राजस्वको तुलनामा ०.६ प्रतिशत मात्र खर्च, ४४ करोड रुपैया फ्रिज । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top