-

  • नयाँ खबर

    23 August, 2015

    मधेसी मोर्चाको आन्दोलनमा मुस्लिम अधिकार मंच तथा वीरगंजका व्यवसायी लाठ र टेमानीको ऐक्यूवद्धता

     वीरगंज, ६ भदौ 
    संयु्क्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं तमलोपा सहमहामन्त्री जितेन्द्र सोनलले अधिकार ,पहिचान र स्वभिमानको लडाईमा आ आफनो संघ सस्था ऐक्यवद्धता जनाई आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । 
    प्रहरीले आन्दोलनकारी माथी बिभिन्न बहानामा गरेको दमनको कडा बिरोेध गर्दै प्रहरी प्रशासनले आफनो आचरण नसुर्धाने कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । सरकार र प्रमुख तिन दलले आठ दिन देखि मधेसमा भईरहेको आन्दोलनलाई वेवास्था गर्दै भैरहवा र सप्तरीमा सरकारले आफनो नाङ्गो नाच देखाएको  सर्वबिवितिदै नै छ । सरकारले नाकबाट दुध खाने प्रयास  गरिरहेको बताउदै पर्सा जिल्ला बाट गाबिस ठोरीलाई काटेर आफनो दोहरो चरित्र देखाईसकेको  छ । सम्मेलनमा बोल्दै नेपाल मुस्लिम अधिकार मंच पर्साका अध्यक्ष जफर अंसारीले  भईरहेको मधेस आन्दोलनमा आफनो ऐक्यवद्धता जनाएका छन् । जफरले मधेसी र मुस्लिमको साँझा मुद्दा भएको बताउदै आफनो तर्फबाट आन्दोलनमा तन,मन र धनले सहयोग गर्ने बताए । अहिलेको सरकार बहिरो , अन्धो र दमनकारी भएको स्मरण गराउदै १६ बुदें सम्झौता मधेसको बिरोधमा  रहेको बताए । सरकारले मुस्लिम माथीको  बिभेदपुर्ण निती त्याग गर्न माँग गर्दै समानुपातिक जनसंख्याको आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्वको माँग गरेका थिए । पत्रकार सम्मेलनमा संघिय समाजबादी फोरम नेपालका उपाध्यक्ष एवं सभासद लालबाबु राउत , केन्द्रिय सदस्यद्वव  करिमा बेगम, बिरेन्द्र यादव, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, पर्साका अध्यक्ष ईम्दाद गद्दी, तमलोपा पर्साका अध्यक्ष पुरुषतोमलाल झा,तराई मधेस सदभावना पार्टी पर्साका कार्यावाहक अध्यक्ष श्रीराम गिरी , नेपाल मुस्लिम अधिकार मंच पर्साका सचिव सम्सुल हक समानी लगायतको सहभागिता रहेको  सम्मेलन मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले सहजीकरण गरेका थिए । साथै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं व्यवसायी अशोक टेमानी र वीरगंज उद्योग वाणिज्य संघका  पुर्व अध्यक्ष एवं उद्योगपति गणेश लाठले समेत आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी मोर्चाको आन्दोलनमा मुस्लिम अधिकार मंच तथा वीरगंजका व्यवसायी लाठ र टेमानीको ऐक्यूवद्धता Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top