-

  • नयाँ खबर

    23 August, 2015

    मधेश आन्दोलन अधिकार प्राप्ति र आर्थिक क्रान्तिका लागि, नेताको स्वार्थका लागि होईन - कञ्चन झा

    कञ्चन झा
    हामी आन्दोनमा छौ । र यो ऐतिहासिक आन्दोलनले नौ दिन पुरा गरेको छ । संविधानमा सिमांकन सहितका बिषयलाई लिएर तराई मधेश ठप्प भएको छ । र यो निरन्तर छ, तराई मधेशका साना सहरमा गाडा गुडाएर, ज्यालादारी गर्ने र रिक्सा चालक लगायतका मजदुरका परिवारका घरमा चुलो नबलेको पनि नौ दिन नै भयो होला । तिनका बालबालिकाले के खाए होलान यस बिषयमा समेत हामीले चासो राख्ने बेला भएको छ ।
    तर नेताहरु भने आन्दोलनका नाममा जीवन आहुतिको मुल्य तोकेर मधेशका जनताको अधिकार र भावनासँग खेलवाड गर्दैछन । आन्दोलनमा जीवन आहुति दिनेका लागि राज्यले उचित क्षतिपूर्ती र सम्मान दिने अन्तराष्ट्रिय मान्यता विपरित अहिले केही मधेशका स्वघोषित नेताहरु रुपैयाँ पचास लाखमा मधेशी जनताको रगत र जीवनको बार्गेनिङ गर्दै छन । जुन आफैमा अन्तराष्ट्रिय मानव अधिकार कानुन र मानवता विपरित छ ।
    अहिले मधेश आन्दोलनको नेतृत्व गरिरहेका नेता एक पटक होईन पटक पटक सरकारको बागडोर सम्हालन पुगेका छन । ति मध्य कै एकजना राजेन्द्र महतो पनि हुन । उनी आफु मन्त्री हुदा मधेशी जनताको हितमा भन्दा आफ्नै ढुकुटि भर्न तल्लिन रहे । जुन सबै मधेशी जनतालाई थाह छदैछ । महतोले मन्त्री रहदा पैसाका लागि स्वास्थय क्षेत्रका विभिन्न स्थानमा रहेका मधेशी कर्मचारीलाई हटाएर पैसाका लागि अन्यलाई बढुवा र सरुवा गरे । अहिले अचानक आफ्नो मधेशकै सिट खोसिने भयमा चार दलीय सिन्डीकेटबाट बाहिररिएको नाटक गर्ने बिजयकुमार गच्छदारले गृहमन्त्री हुदाँ मधेशी प्रहरी कर्मचारी र युवाबाटै भर्ना, सरुवा र बढुवाका नाममा ढुकुटि भरे । यस्तै अन्य मधेशी नेताको असली हविगत थाह हुदाहुदै किन हामी आन्दोलनलाई अधिकार प्राप्तीको क्रान्ति नबनाई नेताको भ्रान्ति बनाउदै छौ?
    जनआन्दोलन पछि मधेश मुक्तिका नाममा राजनीतिक आवरणमा भुमिगत समुह मार्फत आपराधिक कृयाकलाप गराउने फोहरी खेलमा समेत कही न कही यिनै नेताको अप्रत्यक्ष संलग्नता समेत रहदै आयो । फलस्वरुप दर्जनौ उर्जाशिल युवा अपराधमा संलग्न रहे । फलस्वरुप अझै थुप्रै युवा जेलमा छन । र अहिले फेरी आफ्नो निहित स्वार्थ र विदेशी प्रभु रिझाउन उनै सोझा तराई मधेशका जनतालाई बलिको बोको बनाउने यि नेतामा बिश्वास गरिरहने हो भने अहिलेको आन्दोलनको मर्म र महत्व समेत समयसँगै विलिन भएर जानेछ ।
    यसअर्थ जनकार युवापुस्ताले आन्दोलनलाई क्रान्तिमा उपान्तरण गर्दै तराई मधेशका जनता र भुगोलको हितमा काम गरौ । भडकावबादी र स्वार्थी तथा विगतमा गन्हाएका नेतालाई आन्दोलनबाटै खेदौ । साभार : यूवा अभियन्ता कञ्चन झाको फेसबुकबाट । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेश आन्दोलन अधिकार प्राप्ति र आर्थिक क्रान्तिका लागि, नेताको स्वार्थका लागि होईन - कञ्चन झा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top