-

  • नयाँ खबर

    05 August, 2015

    सर्वसाधारणहरुलाई खानेपानीका लागि दिनहु सास्ती


    सेढवा 20 श्रावन 
    पर्साको निर्मलबस्तीका सर्वसाधारणहरुलाई खानेपानीका लागि दिनहु सास्ती भोग्नु परेका गुनासो गरेका छन।
    निर्मलबस्ती वडा नम्बर ६ बिसाल चौक र मेल चौकमा रहेका करिब ९सय घरधुरीका ४हजार ६सय जनताहरुलाई खानेपानी ठूलो समस्या भएको बताएका छन। सो क्षेत्रमा पानी एक मात्र भूमिगत जल स्रोत हो। जसका लागि एउटा चापा कल वा बोरिगं जडान गर्न लाखौ रूपैया खर्च लाग्ने भएकाले निजी स्तरमा जडान गर्न नसकेका निर्मलबस्तीका पूर्व गाबिस अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो।करिब तीन दशक पहिले जापान सरकारले बिशाल चौकमा र दुई दशक पहिले खानेपानी संस्थानले मेल चौकमा बोरिगं जडान गरि दिएका थिए। तर सो २/३सय मिटर गहिरो बोरिगंबाट पानी निकाल्न पनि उतिकै समस्या भएको स्थानिय अमर निर्दोशले बताउनु भयो।बिधुत लाइनको बिकास संगै अहिले वाटर पम्पबाट पानी तानिन्छ।तर बिधुत प्राधिकरणका शाखा कार्यालय पोखरिया सब स्टेसनका कर्मचारीहरुको लापरवाहीका कारण झनै समस्या थापिएका स्थानियहरुले बताए। दिनमा दशौ पटकभन्दा बडि लाइन आउने जाने गर्दा मेशिनै बिग्रिने गरेका र लाइनमा सुधार गर्न पटक पटक भने पनि कुनै सुधार नभएको स्थानियले बताए
    कुनै कुनै बेला बिधुत नआएका बेला२/३ दिन सम्म पानी भर्ने लाइलमै गाग्री राख्नु परेको र ४किमी टाढाबाट पानी ल्याई गुजारा गरेका स्थानिय गृहेणी सन्तमाया तामांगले दुखेसो बताईन।
    हाम्रो प्यारो सेढ़वाको फेसबुकबाट । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सर्वसाधारणहरुलाई खानेपानीका लागि दिनहु सास्ती Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top