-

  • नयाँ खबर

    24 August, 2015

    बाबुरामज्यू, ठोरी कुन प्रदेशमा पर्छ रे ? संविधानको विधेयकमा ठोरी गायव !


    ७ भदौ, काठमाडौं । 
    पर्साबाट अलग्याएर ठोरीलाई चितवनमा गाभिएको भन्दै ठोरीबासीले दिपावलीसमेत गरे । तर, संविधानको मस्यौदा समितिले तयार पारेको विधेयकमा अन्ततः ठोरीलाई पर्सामै राखिएको छ ।
    सात प्रदेशको सीमांकनमा सहमति भएपछि शुक्रबार सम्वाद समितिका सभापति डा। बाबुराम भट्टराईले पर्सार्को ठोरीलाई प्रदेश नम्बर ३ मा राखिएको जानकारी दिएका थिए ।
    लगत्तै ठोरीबासीले दलीय सहमतिको स्वागत गरेका थिए । पर्साका राजनीतिक दलहरुले भने यो निर्णयको विरोध गरेका थिए । अखण्ड पर्सा र नारायणीको माग गर्दै कांग्रेसकै अगुवाइमा आन्दोलनसमेत सुरु भएको थियो । संविधान मस्यौदा समितिले संविधानसभामा पेश गरेको संविधानको विधेयक ठोरीबारे मौन छ । विधेयकमा सिंगो पर्सालाई नै प्रदेश नम्बर २ को सूचीमा राखिएको छ ।

    ठोरीको विषयमा भएको सहमतिबारे सोध्दा मस्यौदा समितिका सदस्य एवं एमाओवादी सभासद हितराज पाण्डेले भने( ‘यो विषय समितिमा आएकै छैन । उहाँहरुलाई नै सोध्नुस् ।’





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बाबुरामज्यू, ठोरी कुन प्रदेशमा पर्छ रे ? संविधानको विधेयकमा ठोरी गायव ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top