-

  • नयाँ खबर

    05 August, 2015

    वीरगंजका युवा पियुष कर्णको पहिलो हिन्दी म्युजिक भिडियो सार्वजनिक




    वीरगंज,श्रावण २०
    हिन्दी म्युजिक भिडियो साँसेको एक समारोहका बिच उदघाटन वीरगंज स्थित स्वीमिङ्ग पुल परिसरमा सम्पन्न भएको छ । वीरगंजका स्थानिय पियुष कर्ण र अलिसा बस्नेतको अभिनय रहेको हिन्दी म्युजिक भिडियो साँसेको पहिलो गीतको भव्य कार्यक्रमका बिच सुरुवात भएको हो । निर्देशक राहुल शर्मा र संगितकार सदाम हुसेन एवं सल्लाहकारहरु नितेश मिश्रा, रिसव ओझा, नन्दु सहनीको टीमले नेपालको राजधानी काठमाडौंमा २४ दिनको मेहनत र २ लाख ४० हजारको लागतमा निर्माण भएको नायक कर्णले बताए । एलबम्बमा नायिकको भुमिका निर्वाह गरेकी अलिसाले यो भन्दा पहिला नेपाली म्युजिक भिडियो काम गरिसकेकी छिन भने नायकको भुमिका निर्वाह गरेका वीरगंज चर्चित युवा पियुष कर्णको यो पहिलो हिन्दी म्युजिक भिडियो हो । २२ बर्षिय कर्ण भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा सम्पन्न मिस्टर कर्नाटकमा उपाधि जित्न सफल पहिलो नेपाली हुन । हाल उनी बैंगलोरमै बि.ए.सी फैसन टेक्नोलोजी तेस्रो बर्ष र ईन्जिनियरीङ्ग तेस्रो बर्षमा अध्यनरत रहेका छन् । कर्णले तेलगु मुभीमा अभ्निय गरिरहेका छन् भने बिभिन्न साँस्कृतिक कार्यक्रममा जजको भुमिका निर्वाह गर्नुको साथै नेपाल र नेपालीको बिश्वमा नाम चिनाउँनु आफनो उदेश्य रहेको बताएका थिए । जिवनमा सफल कोरीयोग्राफर बन्ने प्रमुख उदेश्यका साथ आफु लागि परेको र पहिलो पटक निर्माण गरिएको हिन्दी म्युजिक भिडियोमा पाँच वटा गीत रहेको र सो को लागत करिव १५ लाख रहेको बताउदै निकट भबिष्यमा एलबम्ब निकाल्ने बताए ।
    संतोष पटेलको फेसबुकबाट । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजका युवा पियुष कर्णको पहिलो हिन्दी म्युजिक भिडियो सार्वजनिक Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top