-

  • नयाँ खबर

    12 April, 2014

    यस्तो रहृयो ७० सालमा पुस्तकको बजार, ०७१ मा पूर्वराजाको आत्मकथा आउँदै

    फोटो :- बहकिने मन 


    २९ चैत, काठमाडौं ।
    कविता विधाका सशक्त तीन प्रतिभाहरुलाई पुस्तकाकार रुपमा उभ्याउँदै अनि गैरआख्यान(आत्मकथाका हकमा अथाह बजारको सम्भावना देखाउँदै ०७० सालले बिदा मागेको छ । साहित्यका अन्य विधामा भने ‘शून्य साल अफाप हुन्छ’ भन्ने लोकोक्ति सिद्ध भएको छ । यसै वर्ष साहित्य विधाले जगदिश घिमिरे, कृष्णप्रसाद पराजुली, राममणि रिसाल आदिलाई पनि गुमाएको छ ।
    ०७० मा एनसेल साहित्यिक महोत्सव, तीनवटा पुस्तक मेलाबाहेक उल्लेख्य साहित्यिक क्रियाकलाप केही भएनन् । बरु अनुसन्धानका नाममा आफ्ना आसेपासेहरुलाई पैसा बाँड्ने र बिनाकाम भत्ता खानेहरुका रुपमा आलोचित हुँदै आएका प्रज्ञा प्रतिष्ठानका ‘दलीय’ पदाधिकारीहरु पदावधि सकिएर बिदा भए । उता सयौं साहित्यकारको स्वामित्व भएको पुरानो प्रकाशन संस्था साझा प्रकाशन बेथिति मौलाएर सधैँका लागि बन्द हुने स्थितिमा पुगेको छ । साझाकी अध्यक्ष तथा महाप्रवन्धक ममता झामाथि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
    के(के आए नयाँ रु
    विगत वर्षमा सातामा सरदर सात वटा पुस्तक प्रकाशित हुने गरेकोमा यस वर्ष बढेर सरदर संख्या दश पुग्यो । घोष्ट राइटिङ, ‘वी रिड’, पाटन बुक्स, प्राइम बुक्स जस्ता नयाँ प्रकाशन गृहहरु आए । तर आक्रमक बजार रणनीति पुराना(नयाँ कसैले ल्याउन सकेनन् । गोविन्द श्रेष्ठको अमेरिका पलायनसँगै पुरानो प्रकाशन गृह रत्न पुस्तक भण्डार ०७० मा पूरै सुस्तायो । बजार तताउनमा अग्रणी नेपालय प्रकाशन यसवर्ष लगभग सेलाएको प्रतीत भयो । उसले ०७० मा निकालेका कुमार नगरकोटीको कथासङ्ग्रह ‘फोसिल’, नवीन जिरेलको ‘भीषण दिनहरु’ र राधा पौडेलको ‘खलंगामा हमला’ बजारमा असफल सावित भए ।
    बिक्रीका दृष्टिले यसवर्ष रेकर्ड बनाउने साहित्यिक कृति एउटै आएनन् । बरु गतवर्ष प्रकाशित हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ र बिनोद चौधरीको ‘आत्मकथा’ ०७० पनि बिक्रीमा सबैभन्दा अगाडि रहे । ०७० मा प्रकाशित भएमध्ये गैरसाहित्यिक कृति ‘प्रयोगशाला’ले मदन पुरस्कार प्राप्त राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’लाई समेत उछिनेको चर्चा चल्यो । ‘प्रयोगशाला’को बिक्री ४० हजार नाघेको दाबी गरिएको छ ।
    कविता विधाका लागि पनि ०७० उत्साहजनक रहृयो । युवपुस्ताका चर्चित कविहरु रावत, नीरज भट्टराई र रमेश सायन आफ्ना हस्तक्षेपकारी कृतिहरु क्रमशः ‘राजधानी मास्तिरको राजधानी’, ‘धुँवाको धागो’ र ‘भागेर भूगोलभरि’ लिएर यसै वर्ष देखा परे । अघिल्लो पुस्ताका कविमा मोमिलाको ‘भीमसेन थापाको सुसाइड नोट’, उपेन्द्र सुब्बाको ‘खोलाको गीत’, मनप्रसाद सुब्बाको ‘भुईफुट्टाका शब्दहरु’ ७० मा प्रकाशित अब्बलकोटिका कविताकृति मानिए । यीबाहेक अन्य केही कविहरुका कृति बजारमा आए पनि चर्चा बटुलेनन् ।
    निबन्ध र आत्मकथा स् सामान्य
    निबन्ध विधाका लागि ०७० सामान्य रहृयो । मञ्जुलको ‘कहिले आकाशमा, कहिले धर्तीमा’, शारदा शर्माको ‘समयको तस्बिर’, श्यामलको ‘रित्तो गाउँ’, रोशन शेरचनको ‘धोबीघाट एक्सप्रेस’, शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’, भीष्म उप्रेतीको ‘हतार छ हतार छैन’, अनिल पौडेलको ‘अतीतको बिस्कुन’ आदि सार्वजनिक भए । मञ्जुल र शर्माका बाहेक अन्य कृतिको बजार राम्रै रहृयो । केही साताअघि बजारमा आएका युवराज नयाँघरेको ‘ह्वाइट हाउसको घामपानी’, कृष्ण धरावासीको ‘कागजको मान्छे’बारे पाठक प्रतिक्रिया आउन बाँकी छ । आत्मपरक निबन्धविधामा संगीत आयामको ‘दासहरुको कुम्भमेला’ वर्षकै उत्कृष्ट ठहरिए पनि चर्चा र बजार उसको भागमा परेन । हास्यब्यङ्ग्य विधा ०७० मा निराशाजनक देखियो । मनोज गजुरेलको ‘जोकशास्त्र’ बाहेक उल्लेख गर्न लायक एउटै कृति आएनन् ।
    आत्मकथा विधामा हृषीकेश शाहको ‘प्रारब्ध र पुरुषार्थ’ सबैभन्दा अग्रणी रहृयो । शाहको कृतिलाई ०७० कै उत्कृष्ट मान्नेहरु पनि भेटिए । पूर्वराजदूत प्रा। लोकराज बरालको ‘रोमान्चित जीवन’ पनि बिक्रीमा राम्रै रहृयो । तर शान्ता चौधरीको आत्मकथा ‘कम्लरीदेखि सभासद्सम्म’ले बजार त तताएन नै, उनी संविधानसभा चुनाव हार्ने थुप्रै कारणमध्ये एउटा कारण बन्यो । जापानमा आजीवन जेल सजाय पाएर पनि मुक्त भएका गोविन्द मैनालीको बेष्ट सेलर हुनुपर्ने कृति ‘परिबन्दका १५ वर्ष’ पनि सम्पादन हतारोका कारण असफल सावित भयो ।
    महिला आख्यानकारले उछिने
    गएको वर्ष उपन्यास विधामा महिला लेखकहरुले पुरुष लेखकहरुलाई गतिलो चुनौती दिए । वर्षको सुरुमै आएको इजरायल जान विवश नेपाली महिलाहरु बारेको उमा सुवेदीको उपन्यास ‘तोदा’ बिक्री र चर्चामा अग्रणी रहृयो । नेत्रहीनहरुको प्रेम र यौनजीवनका बारेमा मनिषा गौचनद्वारा लिखित ‘व्हाइट केन’ले पनि राम्रै बजार लियो । प्रगति राईको ‘लेखककी स्वास्नी’ले पनि अपेक्षित ब्यापार गर्‍यो । । अमेरिका पुगेका नेपालीहरुको अन्तर्य समेटिएको नीलम कार्की निहारिकाको उपन्यास ‘अर्की आइमाई’ पनि पाठकबाट निकै रुचाइयो ।
    तर स्थापित पुरुष आख्यानकारहरु डा। ध्रुवचन्द्र गौतमको ‘एक पुननिर्मित प्रेमाख्यान’, नयनराज पाण्डेको ‘घामकिरी’ प्रदीप नेपालको ‘बार्बरिक’ र ‘चरैवेति चरैवेति’ आदि बिक्रीका दृष्टिले असफल भए । कृष्ण अविरलको ‘विषपुरुष’ले पनि आवरणका कारण चर्को आलोचना खेप्नु पर्‍यो । नाट्यकर्मी टंक चौलागाईंको महत्वाकांक्षी उपन्यास ‘काठमाडौं गीत’ र नयाँ आख्यानकार सुरेश प्राञ्जलीको ‘तुइन’ले पनि प्रकाशकलाई निराश बनाए । कणरलीको परिवेशमा लेखिएको ‘तुइन’ मार खानुमा प्राविधिक असावधानी प्रमुख कारण देखियो । सात वर्षअघिदेखि एक लाख प्रति बिक्रीको लक्ष्यसहित भन्दै प्रचार गरिएको पुण्यप्रसाद प्रसाईंको महत्वाकांक्षी उपन्यास ‘युद्धका डोबहरु’ले खासै बजार लिन सकेन ।
    पत्रकारहरु अखण्ड भण्डारीको ‘मलाया एक्सप्रेस’ र रामकुमार एलनको ‘स्याउली सिम्फोनी’ले पनि पाठकलाई सन्तुष्ट बनाउन सकेनन् । यद्यपि बिक्रीमा ‘मलाया एक्सप्रेस’ अलि बढी दौडियो । पशु चिकित्सक भरत गौतमको ‘सिल्ली लभर’ र फिल्मी लेखक राज सरगमको उपन्यास ‘चिम्नी’ले पनि बजारमा उपस्थिति मात्र जनाए । नयाँ आख्यानकार विश्वबन्धु कार्कीको उपन्यास ‘मोना’बारे बजार प्रतिक्रिया आउन बाँकी छ ।
    कथामा किशोर पहाडी ‘मुग्ध सिम्फोनी’, मिलन संग्रौला ‘च्याट गर्ल’, राजेन्द्र थापा ‘बदलेको कथा’ र कृष्ण धरावासी पुत्र दुर्गाविनय ‘राजमाया’ लिएर आए । सुबिन भट्टराईको ‘कथाकी पात्र’ले नयाँ कलेवर पायो । तर ०७० मा हस्तक्षेपकारी कथाकार एकजना पनि उदाएनन् । फाइनप्रिन्टका अजित बरालको सम्पादनमा निस्केको ‘फष्ट लभ’ले पनि अपेक्षित बजार लिन सकेन । लघुकथा विधा त झन् शून्यप्रायः रहृयो । नाटक, समालोचना र द्वन्द्व साहित्यमा पनि उल्लेखनीय कृति आएनन् । पत्रकार दामोदर न्यौपानेको ‘एम्बुसमा ६ वर्ष’ औसत मात्र रहृयो ।
    बरु यसवर्ष सेल्फहेल्प विधामा निकै राम्रा पुस्तक आए । योगी डा। विकासानन्दको ‘जीवन के हो रु’, अनिल चित्रकारको ‘अघि बढौँ’, इटहरी निवासी पत्रकार राम खरेलको ‘रे’, सामाजिक अभियन्ता शरु जोशी श्रेष्ठको ‘एउटा सिन्को भाँची हेर्दा’, पत्रकार कमल ढकालको ‘गो अहेड’ यसै प्रकृतिका पठनीय पुस्तक हुन् । भर्खरै बजारमा आएको कर्ण शाक्यको ‘म सक्छु’को परिमार्जित अंग्रेजी संस्करण ‘अल द बेष्ट’ पनि स्तरीय छ ।
    गैरसाहित्यिक विधामा ७० मा आएमध्ये डा। विश्वबन्धु शर्माको ‘मानसिक स्वास्थ्यका विविध आयाम’ र खेल(पत्रकार जगदीश्वर पाण्डेको ‘क्रिकेटका सारथीहरु’ अब्बल मानिए । ०५९ सालको मदन पुरस्कार विजेता हरिराम जोशीको ‘प्रदीप ।अभिनव संस्कृति शब्दकोष’ भने गुणवत्ताका दृष्टिले स्तुत्य भइकन पनि चर्चा पाउन नसकेको कृति सावित भयो ।
    ०७१ निकै उज्यालो
    आगामी वर्ष भने पुस्तक बजारमा एकसे एक महत्वांकांक्षी पुस्तकहरु आउने देखिएको छ । त्यसमध्येमा पूर्वराजा ज्ञानेन्द्र शाहको आत्मकथा बहुप्रतिक्षित मानिएको छ । पत्रकार प्रेम बानियाँको घोस्ट राइटिङमा आउन लागेको उक्त कृतिको लेखन अन्तिम चरणमा पुगेको जानकारी आएको छ ।
    आउन लागेका कृतिमा ‘आमाको मुटु’का लेखक डा। रामेश कोइरालाको उपन्यास ‘कोपिला आश्रम’, नर्स(आख्यानकार कल्पना बान्तवाको उपन्यास ‘कायाकल्प’, सुबिन भट्टराईको ‘समर लभ(२’, कृष्ण अविरलको ‘रक्तबीज’ लगायत छन् । ‘समर लभ(२’ र ‘रक्तबीज’ सिक्वेल हुन् । ‘कणरली ब्लुज’का लेखक बुद्धिसागर, मदन पुरस्कार बिजेता अमर न्यौपाने, ‘उर्गेनको घोडा’का युग पाठक, फेसबुक सेलिब्रेटी सिवानीसिं थारु तथा ‘च्याट गर्ल’का कथाकार मिलन संग्रौला पनि आ(आफ्ना महत्वाकांक्षी उपन्यास ०७१ मै ल्याउने तयारीमा छन् । पत्रकार मोहन मैनाली र विश्व साइकल यात्री पुष्कर शाहको यात्रा संस्मरण पनि पाठकले रुचाउने अपेक्षा गरिएको छ ।
    पत्रकारद्वय किशोर नेपाल र विजयकुमार, दिवंगत नेता रामहरि जोशी, बहुचर्चित चिकित्सक भगवान कोइराला, विवादप्रेमी कलाकार भुवन केसी, पाका आख्यानकार परशु प्रधान, पूर्वप्रधानमन्त्री मरिचमान सिंह, स्थापित लेखक खगेन्द्र संग्रौला, पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल लगायतका आत्मकथा पनि ०७१ भित्रै आउँदैछन् । घोस्ट राइटिङ प्रकाशनबाट आउन लागेका कतिपय आत्मकथाले बजार तताउने अपेक्षा गरिएको छ ।
    कथा विधामा सुषमा मानन्धर, सरु पोखरेल, निरुपा प्रसून आदिले आगामी वर्ष बलियो उपस्थिति देखाउँदैछन् । अनुपम रोशी महत्वाकांक्षी उपन्यास ‘कालो छायाँ’ ल्याउँदैछिन् । नवोदित उपन्यासकार जानुका खतिवडा ‘शून्य’ उपन्यासमार्फत् उदाउँदैछिन् । कांग्रेसकी युवा नेतृ उर्मिला थपलियाको उपन्यास पनि प्रकाशोन्मूख छ । गोबर्द्धन पूजाको कवितासंग्रह ‘अनामनगरकी अम्बिका’ आगामी वर्ष आउँदैछ । रिपब्लिका मिडिया हाउसका सिइओ राजु नेपाल पनि ‘मञ्जरी’ उपन्यासमार्फत् लेखनमा उपस्थिति जनाउँदैछन् । मदन पुरस्कार बिजेता झमक घिमिरेको डायरी ‘समय बिम्ब’ पनि आगामि वर्ष नै आउने तयारीमा छ ।
    माथि उल्लेख भएबाहेक पनि थुप्रै कृति प्रकाशोन्मूख छन् । लेखकहरुबीचको कृतिगत भिडन्त ०७१ सालमा घमासान हुने लक्षण देखिएको छ । तिनमा क(कसले बाजी मार्छन् त्यो हेर्न भने प्रतीक्षा गर्नै पर्छ । साभार अनलाईन खबर ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • फेसबुकबाट तपाईको प्रतिक्रिया

    1 comments:

    1. म एडम्स केभिन, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर प्रयास गर्न व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल (adams.credi@gmail.com) अब हस्तांतरण ठीक जारी युद्धमा ऋण कागजातहरू गरेर हामीलाई सम्पर्क। के तपाईं पनि aiico बीमा plc.you बहुत स्वागत छ इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं (aiicco_insuranceplc@yahoo.com) एक व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता छ।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

      ReplyDelete

    Item Reviewed: यस्तो रहृयो ७० सालमा पुस्तकको बजार, ०७१ मा पूर्वराजाको आत्मकथा आउँदै Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top