-

  • नयाँ खबर

    09 January, 2017

    आफू गलेर विकृति हटाउने आँटलाई सलाम

    भविष्यमा मुलुकका लागि चाहिने असंख्य गुणवान् व्यक्ति उत्पादन गर्ने निकायको जग बलियो र ओजपूर्ण हुनुपर्छ भन्ने विचार गलत होइन । त्यसमा पनि शिक्षा र स्वास्थ्य क्षेत्र जहाँ लाखौं चिकित्सक, शिक्षक, प्राध्यापक र राष्टू सेवक उत्पादन हुने शैक्षिक संस्थाको गरिमा गौरवपूर्ण हुनैपर्छ । त्यसमा दुईमत हुन सक्दैन । चिकित्सा शिक्षा र सेवामा रहेका हरेक विकृति अन्त्यका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ डाक्टर गोविन्द केसीको माग पनि यो भन्दा खासै फरक देखिदैन । कुरा व्यक्तिको मात्र नभई मुलुकको जिम्मेवार र उच्च प्राज्ञिक निकायको पनि यहि हुनुपर्छ । 
    एक व्यक्तिले मुलुकको महत्वपूर्ण पद्धति माथि नै सुधारको माग राखी आमरण जस्तो बाटो रोजी १० औं पटक सम्म दवाव दिनु चानचुने कुरै होइन । ती बरिष्ठ चिकित्सक जो शिक्षा र स्वास्थ्यको बिकृति हटाउन पटक–पटक आफ्नो प्राण आफै डाम्दै कष्ट उठाइरहेका छन् । बरिष्ठताका आधारमा आइओएममा डिन नियुक्ति, एमबीबीएस शुल्क निर्धारण, चिकित्सा शिक्षा ऐन नआउँदा सम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, शिक्षाक्षेत्रमा भएका अनियमितता छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन समिति गठन जस्ता उनले उठाएका माग के गलत छन् त ? सोचनीय बिषय हो । हुन नसक्ने मागहरु भए उनलाई बस्तुतः यथार्थ कुरा बताई अगाडी बढ्नु पर्छ । नत्र तिमीले उठाएका माग ठिक छन् भनी सहमति गर्ने र कार्यान्वयनका समयमा कोल्टे फेर्ने प्रबृति आफै कपटपूर्ण छ । 
    हाम्रो मुलुकमा राजनीति कर्म गरी देश र जनताको सेवा गर्छौं भन्ने जनचुसक व्यक्तिहरुले आफ्नो जीवन जोखिममा पर्ने गरी एक पटक पनि आमरण अनसन बस्न आँट गर्दैनन् । केवल जनतालाई लडाएर भिडाएर जनताकै छोराछोरी आहुती दिएर मात्र उनीहरुले आफ्नो स्वार्थ सिद्ध गरेका छन् । यो कुरा आम मानिसलाई जगजाहेर पनि छ । आफै जोखिम मोल्न तयार हुने अपवादका रुपमा पुराना केही राजनीतिकर्मी बाहेक पछिल्ला पुस्ता जेलनेल काटी कठिन अवस्थाको अनुभवबाट जनताको मुक्तिको लागि समभावमा अगाडी बढ्न सकेकै छैनन् । देश र जनताको सेवा गर्नु हौवावाजीमा नै नेता भइटोपलेर मात्र हुँदैन । देश र जनता भनेको एकदुई वडा या जिल्लासम्म मात्र हो भन्ने अल्प ज्ञानले मुलुक चल्दैन । वर्तमान अचाक्ली लाग्दो राजनीति अनिर्णय यसैको परिणति हो । मुलुक दूरगामी राजनेताको अभावमा छट्पटिदै छ । यस्तो समयमा तिमीहरु सहि काम गर भनी पटक–पटक सचेत गराई बोलेको र लेखेको कुरा पूरा गर्न घच्घच्याई रहने बरिष्ठ चिकित्सक जस्ता केसी जस्ता दृढ सोच भएका व्यक्तिलाई नेपाली जनले सलाम भन्न कन्जुस्याई गर्नु हुँदैन । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आफू गलेर विकृति हटाउने आँटलाई सलाम Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top