-

  • नयाँ खबर

    22 April, 2014

    यस्तो रहेछ फुजेलका कृष्ण अधिकारी हत्याको नालीबेली, को हुन् अधिकारी ? किन मारिए ?


    योगेश ढकाल  गोरखा र चितवनबाट फर्केर
    तस्वीरमा देखिएको चोक यही हो, जहाँ बसिरहेका बेला गोरखाको फुजेलका १९ बर्षे कृष्णप्रसाद अधिकारीको ०६१ सालमा माओवादीबाट अपहरणपछि हत्या भएको थियो । रत्ननगर नगरपालिकाकाको मुलगेटमै छ, बकुलहर चोक ।
    यो चोकमा दुई वर्षअघिसम्म चौतारो थियो, मन्दिरको आडमा । ०६४ सालसम्म नगरपालिकाको भवनसँगै नेपाली सेनाको ब्यारेक थियो । संकटकालको समयमा गाडीका यात्रुले सुरक्षा चेकजाँचका नाममा यहाँ झन्डै एक किलोमिटर पैदल हिँड्नुपर्थो । तर, यतिबेला यहाँ सेनाको ब्यारेक हटेको छ । सडक विस्तारसँगै चौतारो पनि हट्यो । तत्कालीन नेकपा ९माओवादी० का ३ जना कार्यकर्ताले अधिकारीको हत्या गरेको बताइएको चोक यही हो ।
    हत्याको पृष्ठभूमि
    कृष्णप्रसाद अधिकारीको ०६१ साल जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ को बकुलहर चोकमा बेलुका अन्दाजी ८ बजे हत्या भएको बताइन्छ । हाल अनशनरत बाबु नन्दप्रसाद अधिकारीले ०६१ जेठ २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पेश गरेको किटानी जाहेरीमा सोही कुरा उल्लेख छ । किटानी जाहेरीमा रत्ननगर नगरपालिकाको वडा नम्बर १३ को जयमंगलामा रहेका हजुरबा धनराज अधिकारीलाई भेट्न आएकोमा जेठ २४ गते बेलुका अञ्दाजी ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा आएका पेस्तोलधारी ३ जना अज्ञात व्यक्तिले हत्या गरेको उल्लेख छ । तर, ०६१ सालको यो घटनाको लहरो चाँहि ०५४ सालबाट तानिँदै आएको फुजेलका स्थानीयको भनाइ छ ।
    फुजेल गाविसको देवकोटा गाउँका दीपक देवकोटा ९विकल्प० ०५४ सालमा फुजेलभन्दा करिब एकघण्टा माथिको भञ्जाङ गाविसको वतासे विद्यालयमा मारिए । स्थानीयका अनुसार देवकोटा त्यतिबेला माओवादीका एरिया कमाण्डर थिए । त्यति बेलासम्म फुजेलमा द्वन्द्वका क्रममा कसैको पनि मृत्यु भएको थिएन । स्थानीयका अनुसार बतासे स्कूलमा चन्दा उठाउन दीपकको टीम गएको थियो । उनीहरु प्रधानाध्यापक नन्दप्रसाद ढकालको कार्यकक्षमा बसेर कुराकानी गरिरहेका थिए ।
    चन्दाको विषयलाई लिएर ढकाल र देवकोटावीच चर्काचर्की भयो । यो दिउँसो साढे ३ बजेतिरको हो । त्यहीबेला बतासे स्कूलनजिकै रहेको ताङलीचोक प्रहरी चौकीबाट प्रहरी स्कुलमा पुगे । प्रहरी आएको जानकारी पाउनेवित्तिकै भाग्न खोजेका देवकोटा एक्कासी प्रहरीको गोली लागेर स्कुलमै ढले ।
    यो घटनापछि माओवादीले बतासे स्कूलका प्रअ ढकाललाई यसको दोष लगाए । प्रहरीलाई सूचना दिएको आरोप लगाएर निशाना बनाएपछि प्रधानाध्यापक ढकालले एकरडेढ महिनामै बतासे स्कूल छाडेको स्थानीयको भनाइ छ । मृतक कृष्णप्रसाद अधिकारी प्रअ नन्दप्रसाद ढकालका नातेदार हुन् ।
    नन्दप्रसादका कान्छी बहिनी(ज्वाइँ  लोकनाथ दाहाल फुजेलकै भैरवाश्रम माविमा पढाउँथे । अधिकारीका चार बहिनीमध्ये दुई बहिनी माइतीमै बसेका थिए । यसमध्ये कृष्णकी जेठी फुपू सुभद्रालाई समेत कृष्णप्रसादको हत्यामा संलग्न भनी नन्दप्रसादले किटानी जाहेरी दिएका छन् । माहिली बहिनी चितवनको रत्ननगर(१३ को जयमंगलामा नन्दप्रसादकी आमा पालेर बसेकी छन् ।
    त्यतिबेला बतासेमा पढाउने ढकाल र भैरवाश्रम माविमा पढाउने दाहाल राजनीतिकरुपमा कांग्रेस पृष्ठभूमिका थिए । माओवादीले ढकाल र दाहालमाथि निगरानी बढाएको र त्यसको बदलाका लागि रामजी तिवारीको उनीहरुले हत्या गरेको दाहालको भनाइ छ ।
    चितवनको जयमंगलास्थित पञ्चकन्या उच्चमाविमा भेटिएका दाहालले कुराकानीका क्रममा माओवादीले उनका भाञ्जा सीताराम तिवारीको हत्या प्रयास गरेको  तर, संयोगवश दाइ रामजी तिवारी परेको बताए । देवकोटा हत्याको बदला सायद रामजीको हत्या गरी लिन खोजेको धेरै स्थानीयले आंशका गरेका छन् ।
    रामजीको हत्यापछि ०५६ सालमा दाहाल चितवनमा सरुवा भई झरे । यही परिवारका सदस्यमध्येका कृष्णको ०६१ मा हत्या भएको हो । त्यसपछि रामजी र कृष्णको हत्याको बदला लिन दहाल र ढकालसमेत अधिकारी परिवारले गोरखा सदरमुकाम र चितवनमा झरेर घटनालाई उचाल्ने रणनीतिकार यिनै शिक्षकद्वय दाहाल र ढकाल हुन् भन्ने आरोप लगाए । यी दुई जनाले नै नुरप्रसादलाई मानवअधिकारवादीहरुको सम्र्पकमा पठाएको पनि उनीहरुको आरोप छ ।
    कृष्ण अधिकारी कसरी मारिए रु
    कृष्णप्रसाद अधिकारीले ०५९ सालमा फुजेलको भैरवाश्रम उच्चमाविबाट एसएलसी परीक्षा दिएका थिए । त्यतिबेला उतीर्ण हुन नसकेका अधिकारीले ०६० साल चैत्रमा पुनः परीक्षा दिएको भैरवाश्रम उच्चमाविका प्रअ टंकप्रसाद देवकोटाको भनाइ छ । यो एक वर्षको वीचमा अधिकारी पोखरा बसेका थिए । अधिकारीका फुपाजु दाहालका अनुसार उनको रहर ब्रिटिश लाहुरे हुने थियो र त्यही अभ्यास गर्न उनी पोखरा गएका थिए । अधिकारीका कान्छा काका ठाकुरप्रसाद अधिकारी नेपाली सेनामा कार्यरत थिए । त्यतिबेला ठाकुरप्रसाद डडेलधुरामा थिए ।
    फुजेलबाट ठाकुरप्रसाद ०५५ सालतिरै चितवन बसाइ सरेका थिए । माइला दाजुको रुखबाट लडेर मृत्यु भएपछि घरमा अंश मुद्दा चर्किएको रहेछ । गाउँलेले अंश मुद्दामा विधुवा माइली भाइबुहारी सीता अधिकारीको पक्ष लिएको तर नन्दप्रसादले अंश दिन नमानेपछि विवाद चर्किर्एको बताइन्छ । त्यसमा मुछिन ठीक नठानेर कान्छा भाइ ठाकुरप्रसाद बा(आमा लिएर चितवनमा झरेका हुन् ।
    माओवादीले भने कृष्णप्रसाद अधिकारी सेनामा भर्ना भएपछि तालिम हुनुभन्दा अगाडि करिब १५ दिन विदाका क्रममा चितवनको बकुलहरमा काकाकाकी, हजुरबा, हजुरआमा र फुपू(फुपाजुलाई भेटन आएको बताउने गरेको छ ।
    स्थानीयले बताएअनुसार पोखराबाट चितवन आएका कृष्णप्रसाद ०६१ जेठ २४ गते बकुलहर चोकको चौतारोमा बसिरहेका थिए । उनी केही कुरा डायरीमा लेख्दै पनि थिए । तीनजना व्यक्तिले पिछा गर्दै आएपछि अधिकारी भाग्ने क्रममा जयमंगलातिर लागेको फुपाजु दाहालको भनाइ छ । त्यतिबेला माओवादीको चितवन जिल्ला कमिटी सम्हाल्नेमा इञ्चार्ज श्रीनाथ अधिकारी र सेक्रेटरी यामप्रसाद परियार ९इन्द्रजीत० थिए ।
    ‘मुक्ति’को नेतृत्वमा आएका तीन जना माओवादीले अधिकारीलाई अपहरण गरेको बताइएको छ । अपरहण गरेकै दिन साढे ५ बजेतिर माओवादीले फुपाजु दाहाललाई फोन गरी जिम्मा लिन भनेका थिए । तर, दाहाल नगएपछि घटनाले अर्को मोड लिएको स्थानीयको टिप्पणी छ । बकुलहर चोकबाट जयमंगला २ किमी टाढा पर्छ । अपहरणपछि माओवादीले खानतलासी गर्दा अधिकारीको साथबाट माओवादीका बारेमा लेखिएका केही कागजात र नेपाली सेनाको अस्थायी परिचयपत्र भेटिएको भनिएको छ ।
    अहिले १३ जनालाई मुद्दा चलाइए पनि घटनामा तीनजनाको मात्रै संलग्नता रहेको माओवादी दाबी छ । उक्त घटनामा संलग्न तीनजनामध्ये मुक्ति भनिने र अर्को एकजनाको सेनाको कारबाहीमा मृत्यु भएको र रुद्र आचार्य वेलायतमा रहेकाले केही खुल्न नसकेको स्थानीय एक माओवादी नेताले बताए ।
    अधिकारीको हत्या गरेको जिम्मा लिँदै माओवादीले बकुलहर र पिठुवा गाविसमा कोणसभा समेत गरेको पनि फुपाजु दाहालको जानकारीमा छ । माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी यामप्रसाद परियार ९इन्द्रजीत० चाँहि घटनाबारे आफुले भन्दा पनि पार्टीले संस्थागत रुपमा बोल्ने भन्दै थप कुराकानी गर्न मान्दैनन् ।




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you



    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यस्तो रहेछ फुजेलका कृष्ण अधिकारी हत्याको नालीबेली, को हुन् अधिकारी ? किन मारिए ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top