-

  • नयाँ खबर

    04 April, 2014

    नेपालका प्रधानमन्त्री विश्वकै गरिब



    वासिङ्टन रवासिङ्टन पोष्ट, चैत्र २१ ( उरुग्वेका राष्ट्रपति जोज मुजिकालाई केही बर्षअघि बीबीसीले गरिब विश्वकै गरिब राष्ट्राध्यक्षको रुपमा चित्रण गरेको थियो । कहिलेकाही लाउने जुत्ताको समेत अभाव हुने मुजिकाको व्यक्तिगत सम्पतिसमेत नभएका कारण उनलाई बीबीसीले केही बर्षअघि यस्तो उपाधि दिएको हो । सरकारी वैठकबो क्रममा भर्खरै खिचिएको फोटोले पनि मुचिकाको साधारणपनलाई झल्काउछ । वैठकमा उनी उपराष्ट्रपति र मन्त्रीको बीचमा सामान्य सर्ट र चप्पल लगाएर बसेका छन् । मुचिकालाई अब आफ्नो विश्वकै गरिब राष्ट्राध्यक्षको साख जोगाउन चुनौति हुनेछ । किनकी नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विश्वकै गरिब सरकार प्रमुखको रुपमा उनको स्थान लिन सक्नेछन् ।
    माघ २८ गते प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले आफ्नो सम्पति मात्र तीन वटा मोबाइल सेट रहेको उल्लेख गरेका छन् । उनले आफ्नो भागमा रहेको पुख्र्यौली समेत बेचेर सिध्याइसकेका छन् । यो सम्पति मुचिकाको भन्दा थोरै हो किनकी  मुचिकाले आफ्नो सम्पति २० बर्ष पुरानो एउटा गाडी मात्रै हो भनेका छन् । जसको मूल्यांकन चार बर्ष अगाडि १९ सय अमेरिकी डलर थियो । कोइरालाको जग्गा जमिन पनि छैन् । उनी प्रधानमन्त्री हुनु अघि भाडाको घरमा बस्दै आएका थिए । कोइरालाले बर्मा जादा बचेको सरकारी भत्ताको रकम पनि फिर्ता गरेका थिए ।   गुरिल्ला समूह तुपामारोस हुँदै राष्ट्रापति चुनिएका मुजिका र प्रजातन्त्रको लागि ३० बर्ष जेल जीवन बिताएका कोइराला दुवै अति सामान्य जीवनयापनका कारण पनि प्रसिद्ध छन् । उरुग्वेमा मुजिका राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै हुन् । कोइराला भने सरकार प्रमुख भएपनि उनी माथि राष्ट्रपति रामवरण यादवले राष्ट्रप्रमुखको हैसियतले काम गरिरहेका छन् । यसकारण  विश्वकै गरिब सरकार प्रमुख कोइराला मानिए पनि गरिब राष्ट्राध्यक्ष भने मुजिका नै रहलान् । By-ekantipur




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालका प्रधानमन्त्री विश्वकै गरिब Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top