-

  • नयाँ खबर

    04 April, 2014

    विन्डोज एक्सपीको विकल्पमा के गर्ने



    काठमाडौ, चैत ११ – माइक्रोसफ्टले सर्वाधिक लोकप्रिय रहेको विन्डोज एक्सपी बाट आफ्नो सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ । १२ वर्ष पुरानो यो अपरेटिङ सिष्टमको प्रयोगकर्तालाई अप्रिल ८ तारिखदेखि माइक्रोसफ्टले कुनै पनि अपडेड दिने छैन ।
                  सपोर्ट बन्द भएपछि पनि प्रयोगकर्ताले विन्डोज एक्सपीको प्रयोग गर्न सक्नेछन् तर यसको जोखिम भने बढ्नेछ । यसले एटिएमसमेत बैंकिङ सेवामा असर पर्न सक्छ भने व्यवसायिक क्षेत्र, सरकारी कार्यालय लगायत अरु क्षेत्र पनि यसको प्रभावबाट अछुतो रहन सक्ने छैनन् ।
    विन्डोज अपडेड नभएपछि कम्प्युटरमा ह्याकिङ, भाइरस तथा अरु हमलाबाट बचाउने नयाँ अपडेड नआउँदा विन्डोज एक्सपीमा अबका दिनमा कुनै नयाँ फिचर र सुविधा पनि उपभोग गर्न पाइने छैन । अगामी दिनमा माइक्रोसफ्टले नै बनाएका नयाँ सफ्टवेयर वा अरु कुनै नयाँ सफ्टवेयर कम्प्युटरमा नचल्न सक्छ भने नयाँ बन्ने हार्डवेयरका लागि पनि सपोर्ट विरलै पाइने छ ।
    सुरक्षित रहन के गर्ने त ?
    अप्रिल ८ पछि माइक्रोसफ्टले कुनै पनि सपोर्ट नदिंदा प्रयोगकर्तासँग २ वटा विकल्प रहनेछन् । या त धेरै पैसा तिरेर कष्टम विन्डोज एक्सपी प्रयोग गर्ने वा नयाँ विन्डोज अपरेटिङ सिष्टम ९ओएस० लिने । दुरदर्शी रुपमा सोच्ने हो भने बढी लगानी गरेर विन्डोज एक्सपीको कष्टम भर्जन प्रयोग गर्नुभन्दा नयाँ ओएस लिनु नै उपयुक्त हुने जानकारहरु बताउँछन् ।
    तत्कालका लागि विन्डोज एक्सपीलाई नै निरन्तरता दिने हो भने सामान्य प्रयोगकर्ताले कम्प्युटरमा इन्टरनेटको प्रयोग नगर्नु बेस हुन्छ । यसो गरेर कम्प्युटरबाट केही वर्ष काम चलाउन सकिएपनि दिगो भने पक्कै हुने छैन । पेनड्राइभ वा अरु माध्यमबाट भाइरस पस्ने खतरालाई यसले बचाउन कठिन हुन्छ । राम्रो एन्टिभाइरस, एन्टिस्पाइसवेयर सफ्टवेयर वा फायरवाल्सको प्रयोग गरेर पनि कम्प्युटरलाई सुरक्षित राख्न सकिन्छ ।
    आफ्नो अपरेटिङ सिष्टम नबदलने हो भने अप्रिल ८ पछि इन्टरनेट चलाउनका लागि इन्टरनेट एक्सप्लोरर वा मोजिला फायरफक्स प्रयोग नगर्नु नै राम्रो हुन्छ किनकी विन्डोज एक्सपीको सपोर्ट बन्दभएसँगै यिनीहरु पनि सुरक्षित रहने छैनन् । तर गुगल क्रोमले भने विन्डोज एक्स पीलाई अझै पनि सपोर्ट गर्ने भएकाले अगामी १ वर्षका लागि यसबाट काम चलाउन सकिन्छ । धेरैजसो एन्टिभाइरस सल्युसनको विन्डोज एक्सपीमा अझै पनि सपोर्ट रहनेछ भने माइक्रोसफ्टको सिक्युरिटी इसेन्सियल्सले पनि सन् २०१५ को जुलाई १४ तारिखसम्म सपोर्ट गर्नेछ ।
    नयाँ अपरेटिङ सिष्टम अपग्रेड नभएपछि ह्याकरलाई सुचना चोरी गर्न सबैभन्दा सजिलो जाभा ब्राउजर प्लग इनबाट हुने भएकाले यसको आवश्यकता नभए हटाइदिनु नै बेश । यदि निकै जरुरी नै छ भने यसका बारेमा अप टु डेट हुनुका साथै ब्राउजर प्लग इन राम्ररी डिसेबल्ड भएको छ कि छैन भनेर ध्यान दिइरहनु जरुरी छ । यस्तै एडोब फ्लायस र एडोब रिडर पनि ह्याकरको निशाना हुन सक्ने खतरा बढ्ने हुँदा आफूलाई चाहिने सफ्टवेयरलाई अप टु डेट राख्नु आवश्यक छ । यदि नयाँ अपरेटिङ सिष्टम राख्ने हो भने विन्डोज सेभेन वा एट लिनु उत्तम हुन्छ । एजेन्सीहरुको सहयोगमा

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विन्डोज एक्सपीको विकल्पमा के गर्ने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top