-

  • नयाँ खबर

    04 April, 2014

    मुटु छुने सम्बन्ध बिच्छेदू - कथा







    मुटु छुने सम्बन्ध बिच्छेदू -  कथा


    त्यस रात पनि म ढिला घर पुगेको थिएँ  । सदा झैं  ढोका बन्द होला भन्ने मेरो सोच बिपरित  ओंठमा मन्द मुस्कान भर्दै  हँसिलो  मुहारकासाथ मेरी  श्रीमती  मेरो स्वागतको निमत्त संघारमा  उभिएकी थिई । गृह प्रबेशको कुटाइमका कारण  बिगत केही महिना देखी अनुभव गर्न नपाएको  स्वागतको यो परम्परालाई आज अचानक अनुभव गर्न पाएको थिएँ  । तर यो अनुभवलाई अन्य कुनै दुराभावले कुल्चेको महसुस भयो मलाई  । त्यसैले  स्वागत को यो परम्पराप्रती खासै वास्ता नगरि म सरासर सयन कक्षतिर लागे । कार्यालय  पहिरन परिवर्तन गरेर सयनवस्त्र पहिरिएँ।  हातमुख धोएँ अनी ८ बर्शिय छोरोको कोठामा चिहाएँ । उ निन्द्रादेवीको काखमा पुगिसकेको रहेछ ।  भान्छा भित्र छिरें  । टेबलमा चम्किरहेका २ वटा चरेशको थाली भित्र मेरा रुचीअनुसारका पारीकारहरु हांसीरहेका थिए । आज मेरी श्रीमतीले आफ्नो निन्द्रा मारेर मेरो पर्खाइमा भोकै बसेकी रहिछ । भान्छाकोठाको भित्तामा टिक टिक गर्दै घुमीरहेको भित्ते घडीको सुइ हेरें,  छोटो  सुइ १२ अंकको केही पछाडि अनी लाम्चो सुइ ९ अंक नेर पुगेको छ । आज अलिक चाँडै  आईपुगेको रहेछु   । खानाको  पहिलो गाँसलेनै  एउटा बेग्लै स्वादको अनुभुत गरायो ।लामै समय भएछ  घरमा खाना नखाएको । मिठो भोजन तयार गरेकोमा धन्यवाद ज्ञापन गर्ने अचानकको मनसाय अनुरुप श्रीमतीको अनुहारमा पुलुक्क हेरें, उ दुइटै हात गालामा राखेर उही मन्द मुस्कानकासाथ एकोहोरो रुपमा मलाईनै  हेरिरहेकी थिई । उसको मुहार देख्नासाथ खोइ कुन शक्तीले मलाई रोक्यो कुन्नी उसलाई  धन्यवाद दिने मनसाय त्यत्तिकै  बिलाएर गयो । ूखाना सेलायोू मैले उनको एकोहोरो हेराइलाई भङ्ग गर्ने कोसिस गरें  । उस्ले  झसङ्ग झस्किंदै  आफ्नो थालीबाट खानाको गाँस टिप्न थाली । थालिमा ठोक्किएको चम्चाको आवाजभन्दा अन्य कुनै अवाज थिएन त्यहाँ  । उ मौन म मौन ।  मलाई आजको यो बातावरण केही अनौठो लागि रहेको थियो । अकस्मात मेरो मनमा  यही अनौठो बातावरणलाई मौकाको रुपमा प्रयोग गर्ने सोच आयो । बिगत लामो समय देखी भन्न खोजेको कुरालाई छताछुल्ल पार्ने उपयुक्त मौका यही हो भन्ने लाग्यो । मलाई तिमीसंग एउटा जरुरी कुरा गर्नु छ मैले हामी बिचको मौनता तोडें  । मेरो यो वाक्यले उस्का आँखाहरु केही चंचल भएको र अनुहारमा थप खुशीको  रक्तसंचार भएको महसुस गरें  । सायद हामीबिच बोलचाल बन्द भएको पनि धेरै दिन भएछ  क्यार । मलाई पनि हजुरसंग एउटा जरुरी कुरा गर्नु छ ू उस्ले पनि हतारिंदै  खुशीकाभावमा  दोहोरो संवादको थालनी गरी । मैले उसको  कुरा सुन्नु भन्दा आफ्नो कुरा छोटो रुपमा चाँडै पूख्ने  निधो गरें अनी एउटै वाक्यमा भनें ूम तिमीसंग सम्बन्ध बिच्छेद गर्न चाहन्छु ु मेरो यो वाक्यले उ एकैबेर अलमल्ल परी । केही बोल्न खोजे जस्तो गरी तर गलाबाट शब्द निस्कन सकेन । खानाको गाँस  टिप्न छोडेर केहीबेर मलाई हेरी, मैले पनि उस्को भाव जान्न खोजें  ।किनरु बल्लबल्ल उस्को गला खुल्यो । म चुपचाप रहें  । उस्को ूकिनूको उत्तर दिन पर्ने आवश्यकताको बोध भएन मलाई । भोली छोडपत्रमा हस्ताक्षर गरेर हाम्रो सम्बन्ध को अन्त्य गर्दा बेस होलाू मैले उसमाथी  यो रुखो वाक्य प्रहार गरेर शयन कक्षतिर लागें ।  त्यस  रात हामी दुवैबिच कुराकानी भएन,उ रुइरहेकी थिइ ्र के करणले मैले उसंग सम्बन्ध बिच्छेद गर्न चाहेको हुँ र  हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा उस्ले  जान्न चाहनु स्वभाविकै हो ्र तर मसंग उसलाई  दिने त्यस्तो सन्तोषजनक जवाफ पनि त  थिएन र विगत केही महिनादेखी म जेनको मुटु भित्र फुल्न थालेको थिएँ  अनी जेन पनि मेरो हृदयभित्र फक्रीसकेकी थिइ( प्रेमको फुल बनेर  । जेनको आगमनसंगै घरबाट मेरो बहिर्गमनको श्रीङ्खला सुरु भएको थियो । जेनले म प्रती पोखेको माया,सदभाव र स्नेहले मलाई आकर्शित गरिरहेको  थियो भने मेरी श्रीमतीसंग बिकर्शित । शायद मैले जेन मार्फत त्यस्तो स्नेह पाएँ  जुन मेरी श्रीमतीको भन्दा अलिक भिन्न र आकर्षक थियो । त्यसैले जेन सँगको मेरो सम्बन्ध दिन प्रतिदिन मजबुद हुँदै थियो भने श्रीमतीसँगको  सम्बन्ध कम्जोर बन्दै थियो । जेनसंगको निकटताका कारण  घरबाट निस्कने र फर्कने मेरो समयमा समेत परिवर्तन भएको थियो । जेनसंग  रेस्टुरेण्टको खाना र खाजाहरु खाँदाखाँदै मैले आफ्नो घरको खानाको स्वाद समेत भुल्न थाली सकेको थिएँ  । जेनसंगको प्रेमको आडमा  मैले एउटा सम्बन्ध्(बिच्छेदको सम्झौता पत्र तयार पारेँ ।
                    त्यो सम्झौता पत्र अनुसार मैले मेरो सम्पूर्ण सम्पत्तिको  ३०५ अंश श्रीमतीलाई दिने निधो गरें । जसै मैले त्यो सम्झौता पत्र उस्लाई पढेर सुनाएँ उ एकदमै क्रोधित भै ।   उस्ले  मेरो  हातबाट त्यो सम्झौता पत्र खोसेर च्यातिदीई र  विगत १० बर्षदेखी  एउटै छानामुनी बसेर सुखदुखको साथी बनेकी ति महिलालाई मैले पराइको रुपमा हेर्न थालीसकेको थिएँ । मेरो  कमलो मन विस्तारै ढुङ्गा बन्न खोज्दै थियो  । तै पनि मनको अन्तरकुनामा बाँचिरहेको  उ प्रतिको झिनो दया र सहानुभुतीले अतितका १० बर्षलाई एकपटक सम्झन वाध्य गर्‍यो  । पहिलो पटक यसै घरमा मैले उस्लाई दुलहीको भेशमा आफ्न  दुई हातले उचालेर गृह प्रबेश गराएको थिएँ  । यसरी  ईहातले उचाल्दा हाँसोको फोहोरा  छुटाउुदै घरभरी हासँको ध्वनी गुन्जाएमान गराएकी थिई उस्ले । आफ्नो शिप,दक्षता र मेहनतले भ्याएसम्म यसघरका कुनाकाप्चाहरुमा माया छरेर प्रेममाय बनाएकी थिई उस्ले ।  करिव २ बर्षसम्मको हाम्रो दाम्पत्य जीवन बिभिन्न ठाउँका  रमाइला यात्राहरु गर्दै र  सुनौला भबिस्यका मिठा कल्पनाहरु सटासाट गर्दै बिते । तत्पस्चात छोराको जन्म भयो । हामी ३ जनाको पारिवारिक जीवनमा अर्को खुशी थपियो । समय सुख र खुशीकासाथ बित्दै थियो । तर जेनको आगमनले मेरो खुशीमा थप ब्रिद्धी गरायो भने मेरो छोरा र श्रीमतीको खुशी घटाएको थियो ।  यस घरमा आएर मेरी श्रीमतीले आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ्र तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन  चाहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ र अर्को दिन जब म राती अबेर घर पुगेँ, उ टेबलमाथि केही लेखिरहेकी थिइ ्र मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ ्र जब म बिउँझे, उ अझै लेख्दै थिइ ्र मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ ्र भोलिपल्ट उस्ले गहभरी आशु छछल्काउँदै एउटा पत्र मेरो हातमा हाली । त्यहा  सम्बन्ध बिछ्छेदको लागि उस्को शर्त लेखिएको थियो ।  उस्ले  म सम्बन्ध बिच्छेदको लागि आजको दिनबाट ३० दिनको समय मागेकी थीइ त्यस बाहेक मेरो सम्पत्तिमा कुनै किसिमको हकदावी गरेकी थिइन  ्र त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गर्नु  पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने उस्को  चाहना थियो ्र यो बाहेक तिनको एउटा अनौठो शर्त थियोस् हाम्रो बिहे भएको बेला जसरी  मैले उस्लाई  बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यसरिनै हरेक रात उस्लाई बोकेर हाम्रो कोठासम्म पुर्याउनु पर्ने शर्त थियो । कतै पगली त भइन रु एकछिन त म अकमक परेँ ्र  हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले बिगतका १० बर्षमा बर्तमानका ३० दिनहरु उस्को र छोराको लागि जोडीदिने निर्णय गरे । 
    मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइनस् “जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्(बिच्छेद नगरि धरै पाउँदिन ।“जेनसंगको भेट पस्चात उस्को र मेरो शरीरिक र मनसिक दुरी बढेको थियो ।  उस्को  अनुरोध बमोजिम पहिलो दिन जब मैले उस्लाई  बोकेँ, मलाई अलिक अप्ठ्यारो महसुस भएको थियो ्र उस्ले पनि त्यस्तै अनुभुती गरीको महसुस गरे किनकी यो बेला उसको मुहारमा खुशीको कुनै भाव थिएन । थियो त केवल पिडा र निरासता ।  ुड्याडिले मम्मीलाइ बोक्नुभयो ु छोरो ताली पिटदै, रमाउदै हामीनेर आइपुग्यो  ्र छोराले पोखेको त्यो खुशीले मेरो मनमा पिडानुभुत भयो  ्र श्रीमतीलाई बोकेर बैठक कक्षदेखी बैठक सयन कक्षसम्म करीब १० मिटर म हिँडे हुँला ्र मैले उस्लाई  बोकिरहेको बेलामा आँखा बन्द गरेर मधुर स्वरमा बोली उ ु हाम्रो सम्बन्ध(बिच्छेदबारे छोरालाई नभन्नु है १ु मैले केही  दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ ्र दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, उस्ले आफ्नो  टाउको मेरो छातीमाथि राखेर आँखा बन्द गरिरहेकी थिई  । मैले  तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो्र वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो्रम आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ ्र चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ ्रयो त्यही  महिला थिइ,जसले बिगत दश बर्षादेखी मेरो हरेक सुख दुस्खमा  मलाई साथ दिँदै आएकी थिइ ्र  समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो ्र शायद प्रत्येक दिन उस्को वजन घट्दै गएको हो या दैनिक  बोकाइले म बलियो पो हुँदै गएको हो १ थाहा भएन । एक साझ  उ लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिस् मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन ्र मैले ध्यान दिएर उस्लाई  हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको १ आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो ्र एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ ्रशिर एकदमै तातो थियो ।ुपापा,मम्मिलाई बोक्ने बेला भएनु   त्यति नै बेला छोरो करायो ।  उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो छोरोले ्र श्रीमतीले छोरोलाई झ्वाट्ट आफुतिर तानेर एउटा हात्ले  अङ्गालोमा बेरी अनी अर्को हातले मलाई आफुतिर तानी । उ डाँको छोडेर रुन थाली । थाहै नपाई मेरा अंखाहरु पनि रसाइ सकेछन् । तर म  आफ्नो अडानमा बिचलन नआओस भन्नाका  खातिर टाउको अन्तै मोदेर आँशु पुछ्न थाले आज अन्तिम दिन, उस्को शर्त बमोजिम आजको रात मात्रै उस्लाई मैले बोकेर सयन कक्षसम्म पुर्याउनु पर्ने छ । भोलिदेखी म यो शर्तबाट मुक्त हुने छु । उसंगको मेरो सम्बन्धको डोरी सदाका लागु चुँडिने छ र जेनसंग नयाँ सम्बन्ध जोडीनेछ । म छोडपत्र हातमा बोकेर उस्को नजिक गए । ुआज हाम्रो अन्तिम दिन हो, यसमा हस्ताक्षर गरु मैले पत्र उ तिर बढाएँ । थर्थर कांपीरहेको हातले त्यो पत्र समात्दै उ बोली ू आजको दिन त बाँकी छ, भोली गर्दा हुन्न रुुबिनाजाडोमा पनि कलेटी परेका उस्का ओंठहरुबाट यि शब्द निस्कदाँ उस्को आवाजमा समेत कम्पन मिश्रित थियो ु बरु म एक पटक तपाईंको निधार चुम्न चाहन्छु, स्विक्रिती दिनुहुन्छ रुु म निशब्द उस्लाई नियालीरहेको थिए । उ घुक्क घुक्क रुन थाली । उसप्रती सहनुभुतीका कुनै शब्द थिएन मसंग । अकस्मात उस्ले मलाई आङ्गालोमा बेरेर मेरो निधार चुम्न थाले । म बिनाकुनै  प्रतिकृया चुपचाप मुर्तीझै उभीईरहे ।  मध्यान्हको समय म जेनलाई भेट्न गए ।  माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली ्रु डिभोर्स दियौ रुु जेनको आवाजमा उमङ थियो । मैले मुण्टो हल्लाएर उस्को उमङलाई घटाईदिए । ुव्ह्वाट १ व्हाइ आर यू डूइङ्ग लेट रु ु उ आक्रोसित भई ।“ म सम्बन्ध(बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ ्र विहेको अवसरमा मेरी श्रीमतीलाई जसरी  बोकेर घरभित्र भित्र्याएको थिए त्यसरिनै  जिन्दगीको अन्तिम क्षणसम्म उस्लाई मेरो दुईहातमा सजाएर जीवन काट्ने निधो गरे ।“ मैले आफ्नी निर्णय सुनाए । ्र जेन जुरुक्क उठि,बेस्कन मेरो गालामा एक झापड हानेर  दौडदै आर्को कोठामा छिरेर रुन थालि ्र जेनको थप्पडले मलाई कुनै पिंडा भएन । बरु शरीरभरी  बेग्लाई खुशीको रक्त संचार भएको भान भयो । म जुरुक्क उठे र लामो कदम बढाए । बाटोमा फुलको बुक्की किने । पसल्नीले सोधीस् कार्डमा के लेखिदिउँरु कार्ड तिनको हातबाट लिएर आँफैले लेखे ुप्रिया जीवनको अन्तिम घडीसम्म प्रत्येक पल म तिम्रो शरीरिक बोझ यो हातले उचाल्न आउँदै छु कृपया मलाई स्विकार गर ुहातमा बुक्की र  मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ ्र दगुर्दै भर्र्याङ् उक्लेँ र हाम्रो कोठाभित्र छिरे ।बिहेमा दिएको रातो साडीर चोली सहित श्रीङारपटार गरेर सुहागरातको त्यही बिछ्यौनामा मस्त निदाएकी थीइ उ । मैले बुकी उस्को फैलिएको हातमा राखे । उस्को निधार चुमे , निधार चिसो थियो । हात छमे हात पनि चिसो । उस्को शरीर हल्लाए , कुनै चालचलन थिएन । मैले उस्लाई गुमाए । आज अन्तिम दिन, मैले उस्लाई बोक्नु पर्ने (बोकेर चितामा पुर्याए । उस्को शर्त बमोजिम  अब उपरान्त उस्लाई मैले कहिल्यै बोक्न न पर्ने थियो, अब न पर्नेनै भयो । म आशुको सागरमा चुर्लुम्मै डुबे । पस्चताप ले भातभती पोलेको मुटुलाई आशुको सागरले चिस्याउन सकेन ।उस्को देहान्त पस्चात मैले सिरानीमुनी एउटा पत्र भेटे ।पत्रमा लेकिएको थियोप्रिय श्रीमान,शायद तपाईंले यो पत्र पढ्दै गर्दा म यो दुनियाँबाट टाढा गैसकेको हुनेछु र तपाईं पनि जेनसंग नयाँ जीवनको सुरुवात गरिरहेको हुनुहुनेछ होला । तर ८ बर्शिय त्यो छोराको बिजोग हुने चिन्ताले मेरो मन छट्पटिएको छ । सक्नुहुन्छ भने छोरालाई पनि आफ्नै साथमा राक्नु होला । प्रिय, जुनदिन तपाईंले मसंग हाम्रो सम्बन्ध बिच्छेदको कुरा गर्नुभयो त्यो दिन म राती अबेर सम्म तपाईं आउने बाटो हेर्दै संघारमा उभिएर बसेको थिए । म तपाईंसंग एउटा अत्यन्तै जरुरी कुरा गर्ने सोचमा थिए । बिगत ३ बर्षदेखी मैले तपाईंलाई भन्न नसकेको त्यो कुरा त्यस दिन भन्छु भन्ने आँट गरेर तपाईंलाई कुरेर बसेको थिए । हुनत धेरै पटक  भन्छु भन्ने सोचेको हुँ तर तपाईंलाई आफ्नै कामको बेग्लै चिन्ता छ त्यसमाथी आर्को पिर किन थप्नु भन्ने सोचेर आफ्नो त्यो कुरा मनमा नै दबाएर राखेको थिए । विगत केही महिना देखी तपाईं मसंग टाढिदै जानु भएको र जेनसंगै नजिकिदै जानुभएको मलाई राम्ररी थाहा थियो । शायद बिगत केही बर्षदेखी मैले तपाईंलाई पहिलेको जस्तो हेर बिचार  गर्न नसक्नु र प्रसस्त माया दिन नसक्नु नै मेरो दोश हो । तपाइले जेनबाट मेरो भन्दा धेरै माया पाएरनै त म संग टाढिनु भएको होला । तपाईं जेनसंग नजिक भएकोमा मलाई रत्ती पनि दुस्ख छैन तर मैले तपाईंलाई बिगत केही बर्षदेखी पहिलेको जस्तो प्रसस्त  माया र हेरबिचार दिन नसक्नुको एउटा कारण छ । म त्यो दिन त्यही कारण बताउने कोशीस गर्दै थिए । म बिगत ३ बर्षदेखी रगतको क्यान्सरबाट पीडित भएर दिन दिनै मृत्‍युसंग लढ्दै थिए । डाक्टरले मेरो आयु धेरै दिनको नभएको  घोषणा गरे पस्चात म तपाईंलाई मेरो मृत्‍युको खबर सुनाउन चाहिरहेको थिएँ तर तपाईंले मेरो कुरा सुन्दै नसुनी ममाथी सम्बन्ध   बिच्छेदको झटारो हानीदिनु भयो । त्यो झटारोले म क्यान्सर पिंडितको हृदयमा थप पिंडा भने दिएकै हो तर पिंडा सहनु मेरो भाग्यमा रहेछ । डाक्टरले तोकेको अन्तिम १ महिनाको मेरो आयु अनुरुप मैले तपाईंसंगा मागेको त्यो समयमा तपाईंले दिएको माया र स्नेहलाई मुटुभित्र सांचेर सदाको लागि सम्बन्ध बिच्छेद गर्दै  बिदा हुँदै छु । तपाईंको जीवन सुखमाय होस् । उही तपाईंकी अभागी श्रीमती  ..... copy .....Lumanti support group का Yagya Raj Karki को फोसबुक प्रोपाईलवाट 




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मुटु छुने सम्बन्ध बिच्छेदू - कथा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top