-

  • नयाँ खबर

    04 April, 2014

    खरेलले कार्यकक्षबाट पूर्वएआईजी निकाले




    काठमाडौ, चैत २१ – महानगरीय प्रहरी परिसर हुनमानढोकाका प्रमुख बरिष्ठ अपरीक्षक एसएसपी रमेश खरेलले ठगी आरोप लागेका एक पूर्वएआइजीलाई आफ्नो कार्यकक्षबाट निकालेका छन् ।
    खरेलले पूर्वमहानगरीय प्रहरी आयुक्त अतिरिक्त महानिरीक्षक एआईजी रमेश श्रेष्ठलाई ‘यू आर गेट लस्ट’ भन्दै बाहिर निकालेका हुन् ।
    श्रेष्ठले भने कसैले निकालेको नभई आफैँ बाहिरिएको वताएका छन् । ‘म विरुद्ध उजुरी परेपछि छलफलका लागि परिसर गएको हुँ । एसएसपीले मर्यादा नराखेपछि म आफैँ निस्किएर हिँडेको हुँ, कसैले निकालेको होइन,’ श्रेष्ठले भने । किर्तै र ठगी उजुरीमा अनुसन्धानका लागि डाकिएका श्रेष्ठले रबाफ खोजेपछि खरेल कठोर बनेका हुन् ।
    काठमाडौँ बुद्धनगरका केशवराज जोशीले घर बेचेबापत पाउनु पर्ने रकम नदिएको भन्दै परिसरमा श्रेष्ठ विरुद्ध उजुरी दिएका थिए । जोशीको उजुरीमा २०५७ बैशाखमा घर बेचे पनि श्रेष्ठले दिनु पर्ने १६ लाख रुपैयाँ नदिएको उल्लेख छ ।
    उजुरीमा छलफल गर्न दुवै पक्ष र परिसरका तीन डीएसपी खरेलको कार्यकक्षमा बसेका थिए । ‘टोलछिमेकमा बुझ्दा पैसा दिनु पर्ने देखियो । तर घटना लामो समय भएका कारण कारबाही चलाउन कानुनी आधार देखिएन, खरेलले पूर्वएआईजी श्रेष्ठलाई भनेका थिए ।
    श्रेष्ठले तपाईले मलाई उजुरीका भरमा कारबाही गर्ने खरेल साप भन्दै जंगिएर पूर्वएआईजीलाई समान नगर्ने, भनेपछि खरेलले ठाडो शब्दमा ,तपाईले ३२ वर्ष प्रहरी सेवामा लुटेकाले केसमान गर्ने भन्दै पीडितलाई अख्तियार जान् सुझाएका थिए । तर श्रेष्ठले विवाद गर्न थालेपछि तपाई एआइजी भएर चोरीको गाडी चढ्ने अनि सम्मान खोज्ने रु बाहिर निस्किनुस् भनेका थिए । श्रेष्ठलाई डिएसपीत्रय अर्जुन चन्द, पोष्राज पोखरेल र रमेश बस्नेतले बाहिर निकालेका थिए । श्रेष्ठसँगै गएका अन्य दुई जना खरेलले पूर्व एआइजीलाई ठग भनेपछि अक्क न बक्क परेका थिए भनेर आजको अन्नपूर्ण पोस्टमा यो खवर छापिएको छ ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खरेलले कार्यकक्षबाट पूर्वएआईजी निकाले Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top