-

  • नयाँ खबर

    06 May, 2015

    बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ

    salman-khan-being-human
    बलिउडका सर्वाधिक चर्चित नायक सलमान खानलाई मुम्बइको सेसन कोर्टले ५ बर्षको जेल सजायँ सुनाएको छ । सन् २००२ देखि चल्दै आएको ‘हिट एन्ड रन केस’मा सलमानलाई ५ बर्षको जेल सजायँ भएको हो । सलमान खानलाई आज नै मुम्बइको अर्थरोड जेल लगिने बताइएको छ ।
    फैसला आएपछि सलमान निराश देखिएका थिए । उनले अब जमानतका लागि भारतको सर्वोच्च अदालतमा अपिल गर्न सक्छन् । सलमान सन् २००२ को अक्टुबर ७ बाट १८ दिन जेलमा बसेका थिए । सलमानलाई ५ बर्षको जेल सजायँसँगै २५ हजार  जरिवाना पनि तिराइएको छ । तर, पीडितहरुले मागेको मुआब्जाको बिषयमा अदालतमा कुनै बहस भएको थिएन ।
    सलमान खानको फैसला आएपछि उनकी बहिनी अर्पिता खान रोएकी थिइन् । आमाको स्वास्थ्य अवस्था पनि खराब भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सलमानका दुई भाई अरवाज खान र सोहिल खान पनि खुबै निराश देखिएका छन् । सलमान खान अझै पनि अदालत भित्र नै छन् ।
    सलमान खानलाई बलिउडले भने पूर्ण रुपमा समर्थन गरेको छ । ट्विटरमा उनको समर्थनमा बलिउड कलाकारले ऐक्यवद्धता देखाएका छन् ।
    यो मुद्दाको बिषयमा अन्य केही फैसला अझै पनि आउने बाँकी नै छ । सलमानको यतिबेला दुई चलचित्र ‘प्रेम रतन धन पायो र बजरंगी भाइजान’को छायांकन भैरहेको छ ।
    मुम्बइको सेसन कोर्टले उनमाथि लागेको सबै आरोपमा दोषी देखाएको हो । सलमान खानले नशामा गाडी चलाएको पुष्टी भएकोे छ । सलमान खानले सुनियोजित रुपमा मान्छेमाथि गाडी चलाएको भन्दा पनि यो एउटा भवीतव्य रहेको अदालतले बताएको छ । न्यायधिसले सलमान खानलाई केही भन्नु छ भनेर समेत सोधेका थिए ।




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top