-

  • नयाँ खबर

    06 May, 2015

    अद्भूत बालक आदित्यलाई हेरेन अमेरिकाले


    Aditya-Dahal

    काठमाडौं – अक्षरै नपढाई लेख्न सक्ने र भविष्य तथा बितेका घटनाक्रमसमेत बताएर चर्चामा आएका चार वर्षीय बालक आदित्य दाहालको उपचारका लागि सरकारले करोड बढी लगानी गर्ने भएको छ । कामपा–७ सरस्वतीनगर चाबहिल बस्ने आदित्यलाई न्युरोट्रान्समिटर डिसअर्डर भएको र नेपाल तथा भारतमा उनको उपचार हुन नसक्ने ठहर चिकित्सकले गरेका छन् । उनको उपचार अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड युनिभर्सिटी मेडिकल सेन्टरमा हुनसक्ने भएकाले त्यही पठाउने तयारी सरकारले गरेको हो । यसअघि सरकारले उपचारका लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको भए पनि स्ट्यानफोर्डमा उपचार गर्न एक लाख डलर सुरुमै नगद वा बैंक जमानत राख्नुपर्ने जवाफ आदित्यका बाबु शेषराज दाहालले पाएका थिए । यसपछि शेषराजले मेडिकल बोर्डको सिफारिसबमोजिम उक्त अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण रकम व्यहोरिदिन अनुरोध गरे । आवश्यक रकम जम्मा गर्न नसकेका कारण अमेरिकी दूतावासले आदित्यलाई भिसासमेत दिएन । यसपछि स्वास्थ्य मन्त्रालयले अर्थसँग मेडिकल बोर्डको सिफारिससहित शेषराजको निवदेन पठाएर सहमति माग गरेको थियो । अर्थले मन्त्रिपरिषद्ले उचित ठहर्याए आदित्यको उपचारमा लाग्ने खर्च व्यहोर्ने आशयपत्र पठाएपछि यससम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको छ । आदित्यको उपचार राज्यले गर्नुपर्ने कारणमा अलौकिक शक्ति भएकाले उनको असाधारण ज्ञानलाई संरक्षण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । आजको जनआस्था साप्ताहिकमा खबर छ । 






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अद्भूत बालक आदित्यलाई हेरेन अमेरिकाले Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top