-

  • नयाँ खबर

    05 May, 2015

    बङ्गलादेशले दश हजार मेट्रिक टन चामल दिने

    काठमाडौँ,  वैशाख २२ ( बङ्गलादेश सरकारले नेपालका भूकम्पपीडितको सहयोगार्थ १० हजार मेट्रिक टन चामल उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेख हसिनाले गत सोमबार सहयोगस्वरुप उक्त परिमाणको चामल नेपाल पठाउन आदेश दिनुभएको र ढुवानीको प्रक्रिया प्रारम्भ भईसकेको यहाँस्थित बङ्गलदेशी राजदूतावासले म‌गलबार जनाएको छ ।
    साथै बङ्गलादेशी प्रधानमन्त्रीले चामलसँगै पर्याप्त पानीसमेत पठाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीका प्रेस सचिव ए के एम शमिकलाई उद्धृत गर्दै उक्त दूतावासले जनाएअनुसार चामल बङ्गलाबन्ध–फूलबारी–पानीट्याङ्की– काकँडभिट्टा स्थलमार्गबाट पठाउने प्रक्रिया सुरु भईसकेको छ । हवाई मार्गबाट पनि केही राहत सामग्री ढुवानी गरिने छ । रासस 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बङ्गलादेशले दश हजार मेट्रिक टन चामल दिने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top