-

  • नयाँ खबर

    08 May, 2015

    यति सम्मनको हद नगरिदिएको भए हुन्थ्यो नी कि कसो ! तस्बिर आफै बोल्छ

    यति सम्मनको हद नगरिदिएको भए हुन्थ्यो नी कि कसो
    तपाई आफै बुझनुहोला कसैको पिडामा मलहम लगाउने यस्तो तरिका होला ?
    तस्बिर आफै बोल्छ,
    पिडित चिन्तत वितरक ... !
    आज राउण्ड टेबुल नेपालद्वारा भुकम्प उद्धार र राहतलागि All 4 Nepal कार्यक्रम भन्ने ईमेलमा आएको सामाचार  । जस्ताको त्यस्तै मुल्याकंन गर्नुहोला .... !
     
    बैशाख २५ पर्सा

    राउण्ड टेबुल नेपालद्वारा भुकम्प उद्धार र राहतलागि All 4 Nepal कार्यक्रम
    नेपालमा यही वैशाख १२ गते गएको महाभूकम्पबाट विपतमा परेका सर्वसाधारण नेपाली जनताहरुलाई उद्धार र राहतमा राउण्ड टेबुल नेपाल वैशाख १४ गतेदेखि लागि परेको छ ।
    राउण्ड टेबुल नेपाल उक्त भुकम्पबाट क्षतिग्रस्त जिल्लाहरु विशेष गरी गोर्खा, सिन्धुपाल्चोक, काभे्र, नुवकोट, ललितपुर, काठमाडौं र रामेछापमा उद्वार तथा राहत कार्य सञ्चालन गर्दै आएको छ । यी क्षेत्रका स्वयंसेवक, उद्योगहरुसंग सहकार्य गर्दै राउण्ड टेबुलका काठमाडौं, विरगंज, भैरवहा, नारायणघाट लगायत राउण्ड टेबुल इण्डियाका सदस्यहरु पनि यस उद्वार कार्यमा लागि परेका छन् जस अन्तर्गत प्रभावित क्षेत्रमा बसोबासको व्यवस्था, त्रिपाल, खाद्य सामाग्री, पानीका साथ साथै अरु विभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । यसै गरी त्रि.वि. शिक्षण अस्पताललाई आकस्मिक सेवा सुलभ बनाउन विभिन्न उपकरण तथा औषधीहरु पनि उपलब्ध गराएको छ । यस कार्यबाट राउण्ड टेबुल नेपाल ७ जिल्लाका ६३ भन्दा बढी ग्रामिण क्षेत्र÷नगरपालिकाहरुमा उद्वार तथा राहत वितरणमा सक्रिय भइरेको छ ।
    यसै अन्तर्गत राउण्ड टेबुल नेपाल एक सामाजिक संस्थाको उत्तरदायित्व वहन गर्दै यस भुकम्पबाट क्षतिग्रस्त क्षेत्रहरुको विद्यालयको पुनर्निर्माण तथा संरक्षकको भुमिकामा अग्रसर रहेर विद्यार्थीहरुको भविष्यप्रति र तिनका शिक्षा क्षेत्रमा योगदान प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । दीर्घ रुपमा यस कार्यको लागि राउण्ड टेबुलले रकम उठाउदै गरेको र अन्तराष्ट्रिय स्तरमा नै All 4 Nepal (all4nepal.org नामक कार्यक्रमको घोषणा गरेको छ , जुन उद्वार तथा विद्यार्थीहरुकोृ लागि विद्यालयको पुनर्निर्माण तथा विकासमा केन्द्रित रहने छ ।
    राउण्ड टेबुल गैर राजनितिक, गैर नाफामुलक र सधै सामाजिक विकासमा क्रियाशिल संस्था हो । यसका सदस्यहरु प्राय युवा उद्यमी तथा सफल व्यक्तिहरु छन् जसले आफ्नो सामाजिक दायित्व वहन गरी विभिन्न विपन्न वर्ग तथा क्षेत्रका उत्थानका लागि क्रियाशील रहन्छ ।
    राउण्ड टेबुल नेपाल सन् १९९२ मा स्थापना भई विभिन्न क्षेत्रको सामाजिक उत्थानलाई कार्य क्षेत्र बनाई सक्रिय भुमिका निवार्ह गर्दै आइरहेको छ । नेपालको लाखौं बालबालिकाको पढार्ई र भविष्यलाई मध्यनजर गर्दै, देशव्यापी रुपमा ‘Build the Nation Through EducationÚ ’ कार्यक्रम संचालन गरेको छ । यसै अन्तर्गत ‘ँ…Freedom Through EducationÚ ’ कार्यक्रम अन्तर्गत विभिन्न विपन्न वर्गका बालबालिकालाई विद्यालय तथा शिक्षा प्रदान गर्ने र विद्यालयहरुको संरक्षकको रुपमा कार्य पनि गर्दै आएका छन् ।
    राउण्ड टेबुलका कार्यक्रमहरु 0% प्रशासकिय खर्चको सिद्धान्तमा रहेको र जसले गर्दा 100% रकम कार्यक्रमको सफलताको लागि प्रयोग गरिन्छ ।
     


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यति सम्मनको हद नगरिदिएको भए हुन्थ्यो नी कि कसो ! तस्बिर आफै बोल्छ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top