-

  • नयाँ खबर

    25 May, 2015

    यसकारण वाग्मती किनारमा जल्न चाहेनन् पूर्व न्यायाधीश उप्रेती


    रविराज बरालरअंगद ढकाल
    काठमाडौं स् झुन्डिएर आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायधीश भरतराज उप्रेतीले सुसाइड नोटमा लेखेका छन्( मेरा मित्र कनकमणि दीक्षितलाई थाहा छ‘‘।

    सोमबार बिहान काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उप्रेतीको सुसाइड नोट मोबाइलमा पढिरहँदा आफ्नो नाम पनि उल्लेख भएको भेटेपछि पत्रकार दीक्षितले उक्त नोट पुरा पढ्न सकेनन्।

    आखिर त्यस्तो के थियो जसले गर्दा उप्रेतीले सुसाइड नोटमा दीक्षितको नाम उल्लेख गरे

    ुसङ्लो र पवित्र पानी बग्ने वाग्मती नदी काठमाडौंवासीको उदासीनता र जिम्मेवार पक्षहरूको अकर्मण्यताले मलमूत्र बग्ने ढलमा परिणत भएकाले यस्तो स्थिति रहेसम्म हाम्रो मृत्यु भएमा हामी तपसिलका व्यक्तिहरूको सदगत वाग्मतीमा नगरी सफा पानी बग्ने उपत्यका नजिकको अरु कुनै नदी छेउमा गरियोस् भन्ने चाहन्छौं।
    वाग्मती नदीको विजोग देख्दा वैराग लागेर त्यतिबेला काठमाडौंमा बसिरहेका ६६ जना भद्रभलादमीले २०५४ सालमा माथिको व्यहोराको इच्छापत्र लेखेका थिए।
    माथिको सन्दर्भ पत्रकार मोहन मैनालीले वाग्मती संरक्षणका अभियन्ता हुतराम वैद्यको सम्झनामा लेखेका हुन्। आजभन्दा १८ वर्षअघिको यो घटना फेरि एक पटक सान्दर्भिक भएको छ किनभने त्यही ६६ जनाको समूहमा उप्रेती पनि थिए। पत्रकार कनकमणि दीक्षित पनि त्यही समूहमा थिए।
    ‘सुसाइड नोटमा मलाई पनि सम्झिनुभएको रहेछ’, पत्रकार दीक्षितले पहिलोपोस्टसँग भने, ‘त्यसमा वाग्मतीको पानी कञ्चन नभएसम्म हामीलाई त्यहाँ नजलाउनू भन्ने थियो। उहाँले आफ्नो शरीर नजलाउन बरु विज्ञानमा प्रयोग गर्न अनुमति दिनुभयो।‘
    उप्रेतीको इच्छाबमोजिम उनको शव नजलाइ शिक्षण अस्पताललाई दान दिइएको छ। उप्रेतीका छोरा अनुपराज उप्रेतीले शिक्षण अस्पतालका फरेन्सिक एक्पर्ट हरिहर वस्तीलाई हस्तान्तरण गरे।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यसकारण वाग्मती किनारमा जल्न चाहेनन् पूर्व न्यायाधीश उप्रेती Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top