-

  • नयाँ खबर

    04 May, 2015

    प्रचण्डले स्वीस बैंकमा तीन अर्ब राखेको रहस्य खुल्यो..

    काठमाडौँ, २१ भदौ ।
    बितेको कुनै समय हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने कवाडी ठेकेदार अजय पराजुली उर्फ सुमार्गीले केही वर्ष यता अनौठो धन्दाबाट थोपरेको तीन अर्व भन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेको रहस्य खुलेको छ ।
    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका व्यापारीक साझेदार भनी परिचित सुमार्गीले भारतीय बैंकहरूमा राखेको अवैध रकम असुरक्षित बन्न थालेपछि तीन महिना अघि उक्त रकम समेत स्वीस बैंकमा सारेको स्रोतको दावी छ ।
    माओवादी पार्टीले जनयुद्धकालमा लुटेको रकम र लडाकुको नाममा उठाएको रकम समेत दाहालले सुमार्गीलाई दिएर धमाधम स्वीस बैंकमा जम्मा गरिरहेका हुन् । त्यस्तै, गत अप्रिल २०१२ मा एनसेल र सुमार्गीको नेपाल स्याटेलाईट कम्पनीबीचको कारोबार अनुसार सुमार्गीले कमाएको तीन अर्व रकम मध्येको केही हिस्सा पनि सुमार्गीले स्वीस बैंकमा पठाएको एनसेलमा चर्चा छ ।
    स्टाटेलाइटमा सुमार्गीको २५ प्रतिशत मात्र शेयर छ भने बाँकी सम्पूर्ण शेयर एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराको एशिया होल्डिङको नाममा छ । एनसेलले क्रस होल्डिङ गरी एउटै स्थान कृष्ण टावरबाट दुईवटा कम्पनी चलाईरहेको बारेमा नेपाल दुरसञ्चार प्राधिकरणले पत्र काटेर छानविन गरे पनि एमाओवादी अध्यक्ष दाहालको दबाबमा अनुसन्धान नै रोकिएको प्राधिकरणका एक निर्देशकले बताए ।
    सुमार्गीले स्याटेलाईटको शेयर बेच्दा पेश गरेको डकुमेन्ट९फाइल० समेत प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकाएक गायव बनाइएको छ । सुमार्गी विरुद्ध अवैध र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागमा उजुरी परेपछि शेयर सम्बन्धि सम्पूर्ण विवरणहरू हटाउन सुमार्गी सफल भएको ती निर्देशकले बताए ।
    प्राधिकरणका केही कर्मचारीलाई भने सुमार्गीले एवीसी टेलिभिजन र नयाँ पत्रिकामा समाचार छपाइ दिने धम्की दिएर गोप्य कागजात नै मेटाउन सफल भएको स्रोतको दावी छ । नेपाल टेलिकमलाई तहस नहस हुने गरी गैर आवासीय नेपाली उपेन्द्र महतो, सुमार्गी र दाहालको डिजाइनमा फ्रिक्वेन्सी होल्ड गरेर स्याटेलाईटले हेलो नेपाल ब्राण्डमा मोवाइलको लाइसेन्स लिएको थियो ।
    आगामी २०७१ मा नविकरण शुल्कवापत प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्व रकम नतिर्नका लागि विदेशी टेलिकम माफिया, अध्यक्ष दाहाल र सुमार्गीको डिजाइनमा स्याटेलाईटको ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरिएको हो ।
    सुमार्गीले कौडीको भाउमा स्याटेलाईटका नाममा लाइसेन्स लिएर तीन अर्वमा ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरेका हुन् । राष्ट्रघाती यो खेल सफल भएका कारण एनसेलले जनतालाई झुक्याउने अफर ल्याएर सर्वसाधरण नागरिकलाई जति लुटे पनि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै 
    हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले स्वीस बैंकमा तीन अर्ब राखेको रहस्य खुल्यो.. Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top