![]() |
| निलम पन्त, |
मध्य नेपाल सन्देश,
फुर्सदको समयमा समाज सेवा गर्ने प्रायः धेरै मानिसलाई सोच नहुन सक्छ । तर नेपालको राजनीतिमा होमिएकी एक नेतृलाई भने आफ्ना बालबालिकाहरु हुर्काउने काम सकिएपछि समाजसेवा गर्ने इच्छाले आकर्षित गरेको पाइन्छ । त्यसमा पनि आफ्ना छोराछोरीले पढाइ सकेर आफै आत्मनिर्भर भइसकेपछि झन यस्तो सोच जागरण हुनु निकै सान्दर्भिक पनि ठहर्छ । त्यस्तै सोचले आकर्षित पारेको पर्साका राजनीतिकर्मी मध्ये कि एक हुन मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रिय उपाध्यक्ष तथा नेतृ आशा चतुर्वेदी ।
वि.सं १९५९ मा भारतको पश्चिमी चम्पारण नरकटियागंजमा बुवा बाबुसाहब मिश्र तथा आमा चन्द्रवती देवीको कोखबाट जन्म लिई पर्साको गा.वि.स खलवाटोला सिर्सिया निवासी ईन्जिनीयर रामाज्ञा चतुर्वेदीसगं वैधिक विधिबाट विवाह बन्धनमा बाँधिन पुग्नु भएको आशा चतुर्वेदी राजनीति क्षेत्रमा पनि चर्चित नाम हो । आफ्नो बुबाको साथमा नै स्नातकोत्तर सम्मको पढाई सक्नु भएको उहाँले मधेश आन्दोलनमा होमिदा झन आफ्नो उचाई उचाल्न सफल हुनु भएको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उहाँले पर्साका नेताहरु मध्ये सभ्य र शालीन नेताका रुपमा आफ–लाई उभ्याउन समेत सफल भएको पाइन्छ । दुईवटा छोरा र एक छोरीकी आमा र एकाघरकी बुहारी समेत हुन् । मध्य तराईमा त्यो पनि बुहारीको रुपमा रहेकी आशा चतुर्वेदी पछिल्लो समयमा सकृय राजनीतिक जीवन विताउँदै छने । बच्चाहरु आफनो खुट्टामा उभिसकेको अवस्थामा अब समाज सेवामा जानुपर्छ भन्ने कुरा सुरुका दिनमा उनका श्रीमान् समक्ष प्रस्ताव राख्दा राजनितीक खेल फोहोरी हुन्छ भनी उति स्वीकृति नदिएको उनको अनुभव छ । तर आफ्नो आत्मविश्वास र मेहेनतले सबै राजनितीकर्मी एकनाशको नहुने भनेपछि उनले राजनीतिमा आउने अवसरको घरायसी ढोका खुलेको बुझिएको छ । मलाई आत्मविश्वास छ, दिनभरी यतिकै घरमा बस्नुभन्दा देश र मधेसको निम्ति केही गर्नुपर्छ भनी उनले आफ्ना श्रीमान्लाई मनाएको बताउनु भएको पनि छ । यसपछि श्रीमान् अथक सकारात्मक भएपछि जेठाजु रामचन्द्र चतुर्वेदी पनि राजनितीक पृष्टभ–मि भएकोले जेठाजु रामचन्द्र चर्तुवेदीको सहयोग र सल्लाह भने आफ–लाई अलि भारी परेको उनको तर्क छ । कारण उहाँसँग सैद्धान्तिक विचार नमिल्ने भएकोले काग्रेस निकटका श्रीमान् र अर्कै विचारका जेठाजुको तालमेल मिलाई प्रत्यक्ष राजनितीमा आउन झण्डै ३ वर्ष घरमा सर्घष गर्नुपरेको उनले सुरुको अनुभव सुनाउनु भयो । पहिलोचोटी मधेसको अधिकारको निम्ति २०५१ सालमा नेपाल सद्भावना पार्टीको सदस्यता लिई आफनो जिवन राजनितीमा होमेकी हुँ । त्यस पछि नेपाल महिला मंचकी महासचिव र केन्द्रिय अध्यक्ष जस्तो महिलाले पाउने उच्च पदमा समेत पुग्न सफल भई विभिन्न कालखण्डमा भएकोे सर्घषमा प्रत्यक्ष रुपमाा सहभागी भएको नेतृ आशा चतुर्वेदीका आफन्तले बताए । २०७२ सालमा मधेसी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिक पार्टीबाट समानुपातिक तर्फबाट सभासद समेत बन्नु भएकी नेतृ चतुर्वेदी अहिले फोरम लोकतान्त्रिकको केन्द्रिय उपाध्यक्ष पदमा हुनुहुन्छ । उनै नेतृ चर्तुवेदीसँगं मध्य नेपाल सन्देशले गरेको कुराकानीमा :–
तपाई मधेसी महिला सांसद । त्यसमा पनि मधेसी महिलाहरु एकदमै पिडित छन् । उनीहरुको जिवनस्तर उकास्न के गर्नु पर्छ ?
– मेरो पहल भनेको सबै महिला शिक्षित बनाउने तर्फ हुन्छ । जबसम्म शिक्षाको महत्व महिलालाई थाहा हुँदैन, तब सम्म उनीहरुले अधिकारको कुरा पनि सहज ढंगले बुझ्न कठिन हुन्छ । अनि जतिकै अधिकार दिए पनि सहि सदुपयोग गर्न सक्दैनन् । जब शिक्षाको महत्व बुझ्छन् । अनि आफै सही र गलत छुट्याउन सक्छन् । अनि सो समयमा सानो प्रयासले पनि महिलाको अधिकार सहजै प्राप्त गर्न सक्ने हुन्छन् । मेरो पहिलो पहल त्यतातर्फ हुन्छ ।
तपाईको पाटीको अवस्था के छ ?
– हाम्रो पाटीको अवस्था राम्रो छ । हाम्रो पाटीको भखरै बिराटनगरमा राष्ट्रिय महाधिवेशन प्रजातान्त्रिक तरिकाबाट सम्पन्न भएको छ । विराटनगर घोषणा पत्र अनुसार हाम्रो पाटी संचालन भई रहेको छ । बाहिर देखे अनुसारको कुनै किसिमको विवाद पाटी भित्रमा छैन ।
तपाईको पाटीको संविधान सभामा भ–मिका के रहेको थियो ?
– संविधान जारी गर्नलाई हाम्रो सकारात्मक पहल भएकै हो । तत् पश्च्यात मात्र ठ–ला चार दल बीच सोह्रबुँदे सम्झौता भई त्यसैमा टेकेर संविधान नै नआउने र असफल राष्ट्र हुने लाक्षी नेपालीहरुको दाग हटेको हो । तथापि अझै मधेशका सवालहरु प–रा भने हुन सकेका छैनन् । म–ल संविधान आएपछि कहि कमिकमजोरी त सच्याउन सकिन्छ, सक्नु पर्छ । सोह्र बुँदे सहमतिलाई आधार मान्ने हो भने आठवटा प्रदेश बनाउनुपर्छ भन्ने कराले ठ–ला तीनदलको केही बेइमानीले गर्दा प–र्ण संविधान आउनुको सट्टा अप–र्ण संविधान जारी भयो । जसमा हाम्रो पाटी हस्ताक्षर प्रकृयाबाट केही पछ हटेकै हो ।
मधेसको मुद्दा सम्बोधन हुन्छ कि हुँदैन ?
– यसको विकल्प छैन् । सही मांग प–रा हुन्छ नै । जब मधेशको जनताले त्यत्रो बलिदानी दिए । थरुवटको जनताले त्यति बलिदानी दिए । यो त सबै एक मधेसको मागं होइन ।यो सारा नेपाली जनताको मागं हो । मधेसको मुद्दा संविधान संसोधन गरेर मात्र सम्बोधन गर्नुपर्छ । सम्बोधन बिनाको संविधान अधुरो रहने छ । जसलाई मधेसी,मुस्लीम, आदिवासी र जनजाती लगायतका समुदायले नमान्ने अवस्था आउन सक्छ ।
मधेसी मोर्चा र तपाईको पाटीमा के भिन्नता छ ?
– म गर्व गर्छु । म विजय गच्छदारको पाटीमा छु । विभेद हुनुहुदैँन । हिमाल,पहाड र तराई कोही छैन पराई भने जस्तै हाम्रो पाटी मध्यमार्गी पाटी हो । हाम्रो पार्टीमा हिन्दु, मुस्लीम, दलित, आदिवासी, जनजाती, थारु, पहाडी सबै म–लका व्यक्ति र महिला मिलेर समावेशी लोकतान्त्रिकको सिद्दान्तमा बनेको हाम्रो पार्टी हो ।
नेपाल नरहे हामी नरहने हो र नेपाल बाँचे हामी सबै बाँच्ने हो । पछिल्लो समयमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि यहि कुरालाई बुझेर आदिवासी, जनजाती लगायतको कुरा उठाउन थालेको प्रष्टै छ नि ।


0 comments:
Post a Comment