-

  • नयाँ खबर

    08 January, 2017

    निरोगी हुन योगबाट नै सम्भव छ : संयोजक सरावगी


    कविता खड्का
    मध्य नेपाल सन्देश 
    वीरगंजमा यसै साता योग विज्ञान शिविर समपन्न भएको छ । शिविरमा सहभागी भएका रामदेव बाबा र आचार्य बालकृष्णले योग साधना गराएका थिए । यस योग शिविरमा देशका शिर्ष नेताहरुको समेत उल्लेख्नीय रुपमा सहभागिता रहेको थियो । आखिर योगका लागि देशकै सम्पुर्ण नेताहरुको सहभागिता किन भन्ने धेरैको प्रश्न रहेको छ । यति मात्र नभई, बाबा रामदेव वीरगंज नेपालमा आफ्नो व्यापारीक प्रयोजनका लागि मात्रै यहाँ आएको भन्ने विभिन्न समाजिक सञ्जालमा टिका टिप्पनी आएका छन् । नेपालसंगै विश्व व्यापी रुपमा योग साधना मनाउन थालिएको भए पनि योग गुरु आएका बेला नेपालमा भने यस्ता टिका टिप्पणी किन आएका हुन् भन्ने बारेमा योग विज्ञान शिवर २०७३ मुल आयोजक समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य विजय कुमार सरावगीसंग मध्य नेपाल सन्देशका लागि कविता खड्का ले गरेको कुराकानी । 
    १) ५ दिने योग शिविरबाट बीरगंजले के पायो ?
    यो योग शिविरलाई बहुआयामिक दृष्टिकोणबाट हेर्न सकिन्छ । योगको आवश्यकता हामी वीरगंजलाई मात्र नभएर सबैलाई अत्यन्त आवश्यक छ । योग गर्नका लागि पैसा लाग्दैन । निशुल्क रुपमा सिक्न पाईन्छ । जो मानिस योग गरेर निरोग रहन सक्छ त्यो मानिस नै समबृद्ध बन्न सक्छ । उसका एफटर्सहरु समाजमा हेर्न सकिन्छ । जस्तै उद्योग, सामाजिक काममा होस उसले गर्ने दैनिकी जिवनमा सकारात्मक परिवर्तन आउँछ । जुन अहिले सबै मानिसहरुको जीवनमा छ । जो मानिसहरुले खानपिनमा हेरचाह पु¥याउदैनन् । मानिसहरु समयमा उठन सक्दैनन् । समयमा हिडन सक्दैनन् । त्यसका लगि पनि योग एकदमै आवश्यक छ । त्यसैले यस शिविरबाट वीरगंज बासीले योग सिक्ने मौका पाए । सबै रोगहरुलाई निको गराउनलाई औषधी नै प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । योगको माध्यमबाट जडीबुटीको औषधीहरु प्रयोग गरी, योग साधना गरी प्राकृतिक चिकित्सकहरुद्धारा ठूला ठूला रोगको उपचार कम पैसामा गराउन सकिन्छ । 
    २) योग शिविर राख्नुको मुख्य उदेश्य के हो ? 
    प्रत्येक व्यतिm स्वस्थ हुनु, निरोगी हुनु जरुरी छ । स्वस्थ र निरोगी हुनका लागि योगबाट नै सम्भव भएको कुरा विश्वले नै मानिसकेको छ । त्यसैको महत्व बुझेर नै विश्व योग दिवस मनाईन्छ । योग गरी निरोगी बन्नु पर्छ भन्ने चेतना जगाउनका लागि हामीले योग शिविर संचालन गरेका हौँ । सामाजिक काम गर्नका लागि हामीहरुलाई सकारात्मक सोच भएको व्यतिmहरुको खाँचो थियो । जस्तै ब्लड डोनेसन गर्नुपर्छ भन्ने एउटा हाम्रो आह्वान थियो । वीरगंजमा एउटा बृहत रतmदान कार्यक्रम गरियो । ब्लड डोनेसनको आवश्यकता पुरा गरयो  । रतm संचार केन्द्रमा धेरै रगत राख्ने क्यापिसिटी भएको फ्रिज थिएन । ६ वटा फ्रिज विभन्न दातासंग सहयोग लिएर उपलब्ध गरायौं । अहिले बिद्युत लोडसेटिंगको बेलामा रगतहरु चिसो बनाउनका लगि ३० केभीएको जेनेरेटर छिटटै उपलब्ध गराउदै छांै । वीरगंजका नेपालीहरु योग सिक्नका लागि योग ग्राम हरिद्धवार जाने गर्दथे । भारतको विभिन्न ठाउँमा जाने गर्थे । त्यसमा समय र पैसा दुवै खर्च हुने गरेको थियो । विभिन्न धर्मशाला, ट्रष्टहरुसंग भेटेर कुरा राख्याँै र वहाहरुले नेपालको बोर्डर नजिकै एउटा जग्गा दानमा दिनुभयो र अब छिटटै योगग्रामको अवधारणाले मुर्त रुप लिदै छ । यहाँका सबै जनालाई योग सिकाउनका लागि ठुलो हल बनाउदैँ छौ । त्यहा जो कोहि पनि गएर निःशुल्क रुपमा योग सिक्न सक्नुहुनेछ । 
    ३) यस योग गर्ने बानी कति जनाले प्रत्येक दिन अपनाउने तपाईहरुको अपेक्षा थियो ? कति जनाले आफनो घरमै भए पनि अपनाउछन होला जस्तो लाग्छ ? 
    जुन व्यतिmहरु ५÷५ दिन बिहान बिहानै समय खर्चेर आए त्यस व्यतिmहरुले नियमित आफु पनि योग गर्नेछन र आफनो घर परिवार साथीभाईलाई पनि योग गर्नका लागि प्रोत्साहित गर्ने छन । आस्था, कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए । योग शिविरमा नआउने व्यतिmले घरमै बसी यसको लाभ लिएका छन । योग भन्ने चिज निरन्तर गरे मात्र स्वस्थ रहन सकिन्छ । एक दिन मात्र योग गरेर स्वस्थ रहन सकिदैन यसलाई सधै निरन्तरता दिनुपर्दछ र सबैले यसलाई निरन्तरता दिनेमा म विश्वस्त छु  । 
    ४) यो हप्ता भरी नै वीरगंज योग मै भएको थियो । प्रत्येक साझ बिहान देशका शिर्ष नेताहरुको  सहभागिता हुने गर्दथ्यो । यो सहभागिता के का लगि भएको धेरैले बुझेका छैनन् । तपाईहरुको चाही वहाँहरुलाई निमन्त्रणा गर्नुको उद्देश्य के थियो ? 
    देशका शिर्ष नेताहरुलाई बोलाउनुको मुख्य कारण के हो भने, नेताहरु पनि योगका बारेमा गम्भीर होउन् । अगामी दिनहरुमा नेपाल सरकारले योगलाई आफनो प्राथमिकतामा राखेर कार्यक्रम ल्याओस् ।  देशका प्रमुख व्यतिmहरुलाई पनि योगको आवश्यकता छ भने हामी जस्तो सर्व साधारणलाई पनि आवश्यता छ  भन्ने कुराको सबै जनतालाई महसुस गराउनका लागि नै शिर्ष नेताहरुलाई निमन्त्रणा गरेका हौँ । जनताहरुमा योग प्रतिको श्रद्धा बढोस् सबैलाई थाहा होस् योग जिवनको अमूल्य पाटो हो भनेर हामीले निमन्त्रणा गरेका थियौ । 
    ५) कतिले रामदेव बाबा आफनो व्यापारिक प्रायोजनका लागि मात्रै नेपाल आएको भनेका छन् यो कतिको सत्य हो ? 
    राम्रो काम गर्नेको विरोध सबैले गर्छन् । मैले बाबालाई नजिकबाट हेर्ने मौका पायौं । विगत १२ बर्ष देखि वहाँका कार्यहरु हेर्दै आएका हौं । वहाँले जुन भारत र नेपालका लागि काम गर्दै आईरहनु भएको छ यो मलाई थाहा छ । बाबाले स्टेजमै थुप्रै व्यतिmहरुसंग च्यालेन्ज गरिरहनु भएको थियो । यसका साथै थुप्रैलाई तपाईहरुको उत्पादन राम्रो छैन भनेर गाली गरिरहनु भएको थियो । यस गालीबाट जुन जुन व्यतिmहरुलाई असर परेको छ । त्यही संस्थाका व्यतिmहरुले रामदेव बाबा राम्रा छैनन् भन्ने भ्रम फैलाउने काम गरेका छन । यस्तो भ्रममा नलागांै हामी के भन्छौ भने बाबाको कामको परिणाम हेरौ, काम गर्ने शैली हेरौँ, त्यस पछि मात्रै हामी वहाँको नक्कल गर्नेछौँ । नेपालको लागि वहाँको उद्देश्य पवित्र छ । हैन भने वहाँले वीरगंज जस्तो सानो ठाँउमा ५÷५ दिन आफनो समय खर्चेर जाने थिएनन् । बाबाको ब्रान्ड वल्र्ड वाईड भई सकेको छ, । वहाँलाई केहि चिजको प्रचार प्रसार गराउनु पर्ने आवश्यकता छैन । कुनै ठूलो विभुति चाहिदैन । बाबाले बारम्वार वाचा गर्नु भएको छ म बाट कुनै पनि किसिमको  गलत कार्य हुने छैन । कुनै समाजलाई, कुनै राष्ट्रलाई असर पर्ने छैन ।
    ६) भर्खरै केहि सञ्चारमाध्यमबाट नेपालमा सञ्चालनमा आएको पतंजलीको लगानी रामदेव बाबाको होईन भनेर, तर बाबा आफैले वहाँ प्रत्येक पत्रकार सम्मेलनमा पतंजलीको लगाानीको जिकिर गर्नु भएको छ ? अझै ५ सय करोड लगानी गर्ने योजना बनाएको भन्नु भएको छ किन यस्तो ? 
    बाबाले अहिले सम्म जुन लगानी गर्नु भएको छ त्यो ब्रान्डमा लगानी लगाउनु भएको छ । अरु सबै लगानी एन आर एनका भुतपुर्व अध्यक्ष उपेन्द महतोजी ले स्थापना गर्नु भएको हो । त्यसबाट जुन नाफा हुन्छ त्यो सबै नेपालको च्यारिटीको लागि खर्च गर्ने भन्ने कुरा उद्घोष गरी सक्नु भएको छ । योगको माध्यमबाट हामीले भुकम्प र मधेस आन्दोलनबाट जुन जुन मानिसहरुमा निरासाको वातावरण छाएको थियो । हामी त्यस निरासालाई मिटाउने प्रयास गरेका छौ । हामीसंग योग शिक्षकहरु लगभग ५०० भन्दा बढी छन् । जुन स्कुल, संघ(संस्थाहरु आवश्यक ठान्नु हुन्छ, वहाहरुलाई हामी निशुल्क रुपमा उपलब्ध गराईदिने भनेका छौँ । वहाँहरुलाई योग गर्नुस् र योग गराउनुस् सबै जना निरोगी बन्नुहोस् र समबृद्ध नेपाल बन्नाउनुस् हामीले भनेका छौं ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: निरोगी हुन योगबाट नै सम्भव छ : संयोजक सरावगी Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top