-

  • नयाँ खबर

    09 January, 2017

    खोजी जवाफदेहिताको, खोइ त विद्यालय प्रतिको जिम्मेवारी ?

    कविता खड्का
    मध्य नेपाल सन्देश,
    विद्यालय निम्न माध्यमिक विद्यालय (कक्षा ८ सम्म अध्यापन हुन्छ), शिक्षक संख्या ४ जना, बिधार्थी संख्या २५०, भवन पर्याप्त, साईकिल तथा मोटर साईकिल राख्ने पार्किगको व्यवस्था पनि । तर सरकारले उपलब्ध गराएको कम्प्युटर लथालिंङ्ग फालिएको अवस्था आखिर किन ?  त्यहाँ ४ जना मात्र शिक्षकहरु छन्  भने कक्षा ८ सम्म कसरी पढाइ रहेका होलान ? भवन पर्याप्त मात्रामा छ तर पनि विधार्थीहरु एउटै कक्षा कोठामा २÷२ वटा कक्षाका विधार्थीहरु कोचिएर बसेका छन । एका तर्फ सरकारले विद्यालयमा सेवा सुबिधा दिएन भनेर विद्यार्थी शिक्षक, अभिभावक, राजनितिक दल सवैले गुनासो गर्ने तर सरकारले उपलब्ध गराएको सामाग्रीको सहि सदुपयोग नगर्ने हो भने शिक्षामा कसरी परिवर्तन आउँछ । शिक्षालाई कसरी विकास गर्न सकिन्छ । बिद्यालयमा आएको सामाग्रीको रेखदेख कसले गर्ने ? प्राबिधिक शिक्षाका लागि आएको कम्प्युटर चले नचलेका न शिक्षा कार्यालयबाट गएका बि.नि., श्रोत व्यतिmलाई मतलब हुन्छ न त गाउका कसैलाई । लाखौ रुपैया पर्ने कम्प्युटर फालिएको छ भने बिद्यार्थीहरु प्राबिधिक शिक्षाबाट बन्चित भईरहेका छन । यदि कम्प्युटर राख्ने ठाउँ थिएन भने किन ल्याईयो कम्प्युटर, बिद्यार्थीलाई सिकाउनु थिएन भने कसका लागि ल्याईयो कम्प्युटर यस बिषयमा कसैको जवाफदेहिता देखिदैन । जिल्ला शिक्षाका कार्यालयले लाखौको लगानी गर्नु भन्दा पहिले त्यहाको अवस्था बिश्लेषण गर्नु पर्ने होईन र ? बिद्यालयमा आएको सामाग्री चले नचलेको बारेमा अभिभावकले चासो राख्र्नु पर्ने होईन र ? आखिर कस्ले हेर्ने यी सव कुराहरु ? 
    बिद्यालय स्तरको शिक्षा कमजोर भयो भनेर सवै अभिभावकहरु आफनो छर छिमेकको सामुदायिक बिद्यालयलाई छोडेर निजि बिद्यालयमा महंगो शुल्क तिर्न हामी तयार छौ । आफ्ना बालबालिकाको लागि दिनरात पसिना बगाएर शिक्षा दिक्षा दिन तयार छौ । निजी बिद्यालयको चर्को शुल्क तिर्न तयार छौ । तर आफ्नै समुदायको लागि रहेको सामुदायिक बिद्यालय प्रति हामी जिम्मेवार छैनौ आखिर किन ? जनताका लागि भनेर राजनितिक गर्ने तर जनताको छोराछोरी पढने बिद्यालयको दुरावस्था हेरेर दर्शक मात्र बनिरहेका छन हाम्रा स्थानिय राजनितिक नेतृत्व आखिर किन ? कहि धेरै बिधार्थी भएर बस्ने ठाउ छैन । बिद्यालयको काम गर्नका लागि समेत कम्प्युटर छैन । कहि बिधार्थी बस्ने कक्षाकोठा छैन तर यहा सव थोक भएर केहि पनि नभएको जस्तो छ आखिर किन ? हरेक निकायमा काम नगर्नेलाई अनुगमन गर्ने र कार्वाही गर्ने व्यवस्था छ तर शिक्षामा आज सम्म पनि शिक्षकलाई जिल्ला शिक्षा कार्यालयबाट कार्वाही भएको हामी सुनेका छैनौ आखिर किन ? के यही हो हाम्रो शिक्षा व्यवस्था ? के यही हो हाम्रो शिक्षा प्रतिको जवाफदेहिता ? के यहि शिक्षा व्यस्थाका लागि हामी आन्दोलन गरेका छौ ? 

    बिद्यालयमा राखिएको कम्प्युटरको अवस्था हेर्दा जो कोहिको पनि मन छुन्छ । एउटा कक्षा कोठामा १०० जना बिधार्थीहरु कराई रहेका छन् । त्यसैमा आधिलाई बेरेर कार्यालय संचालन गरिएको छ र त्यसैको ढोकामै कम्प्युटर फालिएको छ । कम्प्युटरको माथि फलामको घण्टी र झाडु फालिएको छ । बिद्यार्थीहरु कम्प्युटरत हेरीरहेका छन तर चलाउन पाईरहेका छैनन । बिद्यालयमा कम्प्युटर त छ तर नामको मात्र छ कामको छैन । हेर्नको लागि त बाहिरबाट हेर्दा सव थोक भएको जस्तो देखिन्छ बिद्यालय तर भित्र बाट भने केहि पनि छैन, खोक्रो छ । प्रधानाध्याक ज्युले शिक्षक नभएर आफुले समेत पढाउनु परेको गुनासो गर्दछन । शिक्षक कम भएका कारण सामुहिक शिक्षण पद्धति अपनाएर अध्यापन गराएको कुरा गर्छन तर त्यसमा सत्यता देखिदैन । बिधार्थीहरुको मुहारमा पढाई प्रतिको चासो देखिदैन । न त सामुहिक शिक्षणको चमत्कार नै देखिन्छ । बिद्यालयको अवस्था हेर्दा गरिब, दलित, र पिछडिएको बालबालिकाको उपस्थिति देखिन्छ त्यस बिद्यालयमा । त्यसैले पनि होला बिद्यालय प्रतिको चासो कसैमा देखिदैन । बिद्यालयमा आएको सामाग्रीको सदुपयोगको बारेमा कसैले मतलब नराखेको देखिन्छ । गाविसमा प्रत्येक बर्ष आएको बजेटको सानो सानो अंश हिना मिना भयो भनेर जिल्ला बिकास, जिल्ला प्रशासन कार्यालय सम्म पुग्ने स्थानिय बासिन्दाको आखा यी फालिएको कम्प्युटरमा किन पर्दैन । विकासमा आफनो पनि हिस्सेदारी खोज्ने र आफुले पनि केहि रकम आफनो भागमा पारेर तालिम संचालन गर्ने बालक्लव र महिला समुह , नागरिक सचेतना केन्द्र र वडा  नागरिक मंचको आखा यी बिद्यालयमा फालिएको कम्प्युटर किन पर्दैन । यहि बिद्यालयको बिकासको काममा सहयोगी भुमिका खेल्दैन भने के का लागि बिद्यालय व्यस्थापन समिति ? बिद्यालयलाई निरिक्षण गर्दैन भने के का लगि बि.नि. के का लागि श्रोत व्यतिm ? 
    यदि हाम्रो समुदायलाई समबृद्ध बनाउनु र बिकसित बनाउनु छ भने त्यसका लागि बिशक्षाको एकदमै आवश्य छ । हाम्रा बालबालिकाले अध्ययन गर्ने बिद्यालयको विकासमा सामाजको तर्फबाट अगुवाई गर्न जरुरी छ । आफना वरिपरि भएका बिद्यालय प्रति चासो राख्न जरुरी छ । नत्र बिद्यालयमा फालिएको कम्प्युटर जस्तै हाम्रा छोराछोरीको भबिष्य पनि अन्धाकारमय हुन्छ सव थोक भएर पनि केहि नभएको जस्तो हुन्छ । बिद्यालय प्रति समुदाय, अभिभावक, प्र.अ. वरपरका स्थानिय राजनितिक दलका अगुवाहरु जवाफदेहि हुन आवश्यक छ । हामी हाम्रो समुदायमा भएको बिद्यालय प्रति जवाफदेहि भयौ भने सम्बन्धि निकाय आफै जवाफदेहि हुन्छ । नत्र पर्साको बिजबनीय ने.रा.नि.मा.वि.को जस्तो अवस्था नहोला भन्न सकिन्न । होईन भने हाम्रा सन्ततीले हामीसंग वारम्वार प्रश्न गर्ने छन् के का लागि बिद्यालय ? कसका लागि राजनिति ? खोई त हाम्रो समुदाय प्रतिको जिम्मेवारी ? 

       


    • यसमा तपाइको मत
    • फेसबुकबाट तपाईको प्रतिक्रिया

    1 comments:

    Item Reviewed: खोजी जवाफदेहिताको, खोइ त विद्यालय प्रतिको जिम्मेवारी ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top