-

  • नयाँ खबर

    01 January, 2017

    साप्ताहिक राशिफल २०७३ पौष १७ गते देखि २३ गते सम्म

    साप्ताहिक राशिफल
    २०७३ पौष १७ गते देखि २३ गते सम्म


    ज्यो. पं. छविरमण सुवेदी बारा
    मेष :   साता फलदायी रहनेछ । मंगलबार सम्मका दिनहरु अनुकुल छन । यी दिनमा सरकारी उल्झन सुल्झनेछ । काममा सफलता मिल्नेछ । प्रशस्त धनलाभ हुने पनि देखिन्छ । बुधवार विहिवार र शुक्रवारका दिनमा व्यर्थ भ्रमण बेचैनी हुने ग्रहयोग परेको छ । शनिवार भने धनलाभ अन्नलाभ र मीठो खानाको अवसर मिल्नेछ । यो साता ऊँ गं गणपतये नमः मन्त्र जप गर्दा अशुभ फलमा कमी आउने छ । 

    वृष :  साता रमाइलोसँग वित्नेछ । साताको शुरुमा छोटो दुरीको तीर्थ यात्रा हुने ईश्वरभक्तिमा मन जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । मानसम्मान र पुरस्कार पाउने ग्रहयोग देखिन्छ । साताको मध्य र अन्त्यतिर प्रशस्त धनलाभ हुने सुख शान्ति र मनोरन्जन गर्दै समय वित्ने देखिन्छ । 

    मिथुन :  आज आइतबार त्यति राम्रो छैन । आज काममा अलमल शरीरमा रोग भय र अनावश्यक खर्च योग परेको छ । सोमबार देखि शनिवारसम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा काममा प्रगति राज्यबाट लाभ समर्थन मिल्ने, सरकारी उल्झन सुल्झने विदेशी आफन्तको सुसमाचार आउने ग्रहयोग रहेको छ । प्रशस्त धनलाभ पनि हुनेछ । 

    कर्कट :  साताका बुधवार सम्मका दिनहरु प्रतिकुल नै रहनेछ । यी दिनमा उद्योग व्यवसाय र व्यापारमा केही सुधार देखा परेतापनि आर्थिक संकट र कोही कसैसँग वादविवाद शरीरमा समान्य चोट पटक लाग्न सक्छ । विहिवार देखि शनिवार सम्मका दिनहरु अनुकुल छन । यी दिनहरुमा आफूभन्दा ठूला मानिसबाट लाभ समर्थन मिल्ने ईश्वर भक्तिमा मन जाने र विदेश यात्रा हुने ग्रहयोग रहेको छ । यो साता ऊँ नमः शिवाय मन्त्रको जप गर्नु भए साता फलदायी रहनेछ । 

    सिह : साताका बुधावरसम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा कडा परिश्रमबाट काममा सफल्ता मिल्नेछ । प्रतिस्पर्धात्मक परीक्षामा सफल्ता मिल्नेछ । व्यापारलाभ, व्यवसायमा प्रगति हुनेछ । विहिवार शुक्रवार र शनिवारका दिनमा शरीरमा पीडा आफन्तसँग वादविवादको योग छ । सूर्य भगवानलाई जल अर्पण गर्नाले अशुभ फलमा कमी आउनेछ । 

    कन्या : साता रमाइलो गर्दै वित्नेछ । साताको शुरुमा ज्ञान विज्ञानका क्षेत्रमा चर्चा परिचर्चा गर्दै वित्नेछ । विदेशी आफन्तको सु समाचार आउने छ । शिक्षा क्षेत्रमा सफल्ताको योग देखिन्छ । साताको मध्य र अन्त्यतिर वाद विवादमा विजय यात्रामा सफलता र व्यापारमा लाभ एवं उद्योग व्यवसायमा प्रगति देखा पर्ने ग्रहयोग रहेको छ । 

    तुला : साता अनुकुल रहने्छ । साताको् शुरुमा सन्तान सुख मिल्ने, रोकिएका अधुरा काम बन्ने र सुसमाचारले मन खुशियाली छाउनेछ । साताको मध्य र अन्त्यतिर वादविवादमा विजय मिल्ने, दामपत्य जीवनमा सुमधुरता प्रेममा सफलता र मनोरन्जनात्मक फलदायी यात्रा हुने ग्रहयोग रहेको छ । 

    वृश्चिक :  साता मिश्रीत फलदायी रहने छ । साताको मंगलवारसम्मको समय प्रतिकुल रहनेछ । यी दिनमा घरेलु समस्या वाहनमा धनखर्च, खानपिनको लापरवाहीले शारीरिक समस्या देखा पर्ने छ । बुधवार देखि शनिवार सम्मका दिनहरु अनुकुल रहनेछ । यी दिनमा परिक्षा आदि प्रतिस्पर्धामा सफल्ता मिल्ने, बाजी मार्दा जित हुने र चिठा आदि पर्ने ग्रहयोग बनेको छ । आफन्तको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । 

    धनु :  साता मिश्रित फलदायी रहनेछ । साताका बुधवारसम्मका दिनहरुमा धनलाभ हुने घरमा पाहुनाको आगमन र नयाँ पुराना साथीभाईसँग भेटघाट हुनेछ । आफन्तको सहयोगमा महत्वपूर्ण काममा सफलताको योग देखिन्छ । विहिवार शुक्रवार र शनिवारका दिनमा घर वाहन र भूमि सम्बन्धि समस्या विवाद हुन सक्छ भने शरीरमा अल्छीपन पेटको गडबडी देखा पर्नेछ । 

    मकर :   साता रमाइलो गर्दै वित्नेछ । साताको शुरुमा धनलाभ अन्नलाभ र मीठो खानाको अवसर मिल्नेछ । साताको मध्य र अन्त्यतिर घरमा अतिथिको आगमन प्रशस्त धनलाभ अतिथि स्वागत सत्कारमा धन खर्चको योग रहेको छ । 

    कुम्भ :  साता रमाइलो गर्दै वित्नेछ । साताको शुरुमा मानसम्मान र पुरस्कार पाउने योग छ । धनलाभ र अन्नलाभ पनि हुनेछ । साताको मध्य र अन्त्यतिर घरमा विशिष्ट तहका मानिसको आगमन हुनेछ । मित्र एवं आफन्तको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जस यस र सफलता पाउने साता रहेको छ । 

    मीन : साताको मंगलवार सम्मको समय त्यति राम्रो छैन । यि दिनमा बेचैनी खचृवृद्धि र व्यर्थ भ्रमण हुनेछ । बुधवार देखि शनिवारसम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा बोली व्यक्तित्व बढने अन्नलाभ, धनलाभ हुने र पारिवारिक जमघटका बीच मिठो खानाको अवसर मिल्ने ग्रहयोग बनेको छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल २०७३ पौष १७ गते देखि २३ गते सम्म Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top