मध्य नेपाल सन्देश
राष्ट्रिय योग दिवसको अवसरमा वीरगञ्जमा ७ दिने योग तथा ध्यान शिविर शुरु भएको छ । वीरगञ्जको भिश्वामा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र पर्साको आयोजनामा योग तथा ध्यान शिविर शुरु गरिएको हो ।
प्रत्येक दिन बिहान साढे ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने योग शिविरमा भारतीय महावाणिज्य दुतावास अन्र्तगत रहेको भारतीय साँस्कृतिक सम्बद्ध परिषद ९आरसीसीआर० का योग गुरु प्रमुख रविशंकरमणी पाण्डेले योग प्रशिक्षण दिने स्वास्थ्य केन्द्रका प्रमुख डा सुचित कुमार शर्माले जानकारी दिए । योग गुरु पाण्डेले एकसातासम्म अनुलोम विलोम प्रणायम, कपालभाँती, सुर्य नमस्कार, ताडाशन, विरभद्राआशन, उत्कटाशन, कटीचक्राशन, वृक्षाशन लगायतका योग अभ्यास सिकाउने उनले बताए । सहभागीहरुलाई योग अभ्यास गराउने क्रममा बोल्दै गलत योग अभ्यासबाट सिर्जित स्वास्थ्य समस्याको कुनै उपचार नभएको जनकारी गराएका थिए । मन लगाएर विस्तारै योग गर्न सुझाव दिँदै, मन र शरीरलाई एकाग्र बनाएर योग अभ्यासमा लिन हुनुपर्नेमा उनले जोड दिएका थिए । निरन्तर योग अभ्यासले मानिसको शरीरमा रोग नलाग्नुको साथै रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने उनको तर्क थियो ।
0 comments:
Post a Comment