-

  • नयाँ खबर

    01 January, 2017

    पहिला चुनाव त्यसपछि संविधान संशोधन : कोइराला


    मध्य नेपाल सन्देश
    नेपाली काँग्रेस पार्टीका महामन्त्री डा. सशाँक कोइरालाले पहिला चुनाव त्यसपछी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
    नेपाल प्रेस यनियन पर्सा शाखाले शनिवार विहान आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम बोल्दै महामन्त्री कोइरालाले मधेशको समस्या राष्ट्रिय समस्या हो सामाधान गर्नुपर्छ तर पहिला चुनाव हुन जरुरी छ । संविधान निर्माणका बेलापनी मधेशवादी दलले विरोध गरेका थिए तै पनि संविधान जारी भयो, त्यस्तो अवस्था पनि हुन सक्छ, तैपनि हामी सबै जनालाई समेटेर लैजाने प्रयासमा छौं, यदि त्यस्तो भएन भने पनि स्थानीय निकायको निर्वाचन गराउने तर्फ नेपाली काँग्रेस अगाडि बढ्ने उनले बताए । १९ वर्षदेखी स्थानिय निकायको निर्वाचन नहुदाँ देश विकास रोकिएको बताउँदै यथास्थतीमा स्थानिय निर्वाचन भएपछी प्रान्त र केन्द्रिय निर्वाचन गराउनु पर्ने उनले प्रष्ट पारे । 
    नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य अजय चौरसिया, सभासद् राजेन्द्र बहादुर अमात्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो । 
    यसैगरी नेपाली काँग्रेसका महामन्त्री डा. सशाँक कोइरालाले वि.पि. चिन्तन प्रतिष्ठानले निर्माण गर्न लागेको भवनको एक कार्यक्रमका विच शिलन्यास गरेका हुन् । वीरगन्ज उप महानगरपालिका वडा नं. १३ अशोकवाटिमा नेपाली काग्रेशकै राजकृष्ण अमात्यले आफ्नै निजी निवासको ५ धुर जग्गामा वि.पि. चिन्तन प्रतिष्ठानका लागी जग्गा उपलब्ध गराएपछी वि.पि. चिन्तन प्रतिष्ठानले विपि आश्रमका लागी भवन निर्माणका गर्न लागिएको हो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पहिला चुनाव त्यसपछि संविधान संशोधन : कोइराला Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top