-

  • नयाँ खबर

    01 January, 2017

    दलगत स्वार्थले मुलुक इतिहासकै कमजोर मोडमा : कटुवाल

    मध्य नेपाल सन्देश
         पूर्वप्रधान सेनापति रुकमांगत कटुवालले नेपालमा नेताहरुको स्वार्थको कारण मुलुक इतिहासकै कमजोर मोडमा पुगेको बताएका छन् । 
    मिसन नेपाल पर्साले शनिबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधान सेनापति कटुवालले यस्तो बताएका हुन् । उनले भने सरकारको मुख्य सचिव र मन्त्रीहरुले नै भ्रष्टाचार बढेको छ, अनि देशमा कति खेर के हुन्छ भनी गाईजात्रा प्रस्तुत गर्दैछन् । यस्तो अवस्थाबाट मुलुकलाई कसैले बचाउन सक्छ भने त्यो संचार क्षेत्रले मात्र सक्छ । तपाई संचारकर्मीहरुले मुलुकमा जे भएको छ, त्यो पहिले नेपाली भएर लेखिदिनुस् उनले भने । अवकाश प्राप्त भइसकेको मलाई कुनै लोभलालच केही छैन । तर मुलुकको मायाले मात्र आफूले जे देखको छु, सो बोलेको हुँ । तपाईहरु पनि वास्तविक कुरा बोलिदिनुस्, लेखिदिनुस् नत्र भोली म नेपाली, मेरो छोरो नेपाली भनी मर्ने बेलामा नेपाली भएर अब कसैले मर्न पाइने छैन उनले तर्क गरे । राजनीतिक दलको कारण नेपाली धर्म, संस्कृति, परम्परा, रितिरिवाज सबै बिथोलिएको उनले दावी गरे । नेपालका राजनीतिकदलहरुले पहिला नेपाली हुँ भन्ने भावनाको विकास गर्न नसकेको अरोप लगाउदै । पहिला नेपाली हुँ भन्ने भावनाको विकास नभएसम्म राष्टिूय एकता र अखण्डताको सुरक्षा हुन नसक्ने उनले ठोकुवा गरे । मुलुकमा प्रजातन्त्र परिपालना गर्न दलगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्न आवश्यक रहेको उनले बताए । 
    नेपालमा मुलुक प्रति जिम्मेवार नेताको आवश्यकता खड्किएको छ । यतितवेला स्वतन्त्र रुपमा आँखा ठड्याएर विश्व सामु नेपाली हुँ भनी गर्भ गर्न सक्ने अवस्था छैन । नेपाली हुँ भनी गर्भ गर्ने खालको नेतृत्व मुलुकले यतिवेला खोजेको छ, पूर्व प्रधानसेनापति कटुवालले राज्यका हरेक कर्मचारी, प्रहरी, प्रशासन, संवैधानिक निकाय र संचारकर्मीेहरुमा पनि भाग बण्डाको राजनीति संस्कार भित्रिएकोले यसलाई फिल्टर गर्न आवश्यक भएको उनले बताए । कार्यक्रममा मिसन नेपालका मध्यमाञ्चल क्षेत्रका क्षेत्रिय संयोजक प्रदीप चौरसिया, जिल्ला अध्यक्ष विराज यादव लगायतको उपस्थिति रहेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दलगत स्वार्थले मुलुक इतिहासकै कमजोर मोडमा : कटुवाल Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top