-

  • नयाँ खबर

    01 January, 2017

    सांसद पासवानद्वारा आन्दोलनको घोषणा

    मध्य नेपाल सन्देश
    मधेशी दलको मागका लागी संविधान संशोधन प्रस्ताव सांसदमा पेश भईसकेका बेला दलित, मुस्लिम, शोषित वर्गका मुद्दाहरु संविधान संशोधन प्रस्तावमा पेश नभएको भन्दै बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सांसद विश्वेन्द्र पासवानले आन्दोलनको घोषणा गरेका छन् । 
    शनिवार वीरगंजमा रिपोटर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पासवानले संविधान संशोधन विद्येयक देश र जनताको हितमा नभएकोले फिर्ता लिनुपर्ने मांग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
    आन्दोलन अन्तर्गत माघको १५ गतेदेखि मेची महाकाली जनजागर अभियान शुरु गर्ने, चैत १ गतेदेखि १५ गतेसम्म प्रदेश नं. १, २, ३, ५ र ७ का सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन दिने र १ घण्टा धर्नामा बस्ने, चैत १५ गते नेपालल बन्द गर्ने, चैत २१ गतेदेखि काठमाडौंमा धर्ना तथा विशाल प्रदर्शन, आम भेला गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बहुजन शक्ति पार्टीका उपाध्यक्ष गोविन्द नेपाली, केन्द्रिय सदस्य हबिवुर रहमान मदिनी, केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का सह इन्चार्ज देवनारायण राम, केन्द्रिय सदस्य मटुक पासवान लगायतको उपस्थिति रहेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सांसद पासवानद्वारा आन्दोलनको घोषणा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top