-

  • नयाँ खबर

    08 January, 2017

    ब्युटि टिप्स स् ब्लीचि· गर्ने तरिका


    राधिका केसी 
    मध्य नेपाल सन्देश
    राम्रो देखिने रहर नहुने मानिस सायदै कम हुन्छन होला । त्यसमा महिलाहरु अझै जागरुक हुन्छन । सुन्दरता प्राप्त गर्न महँगो कस्मेटिक सामग्रीहरुको प्रयोग गर्नु पर्छ । अथवा ब्युटिपार्लरै जानु पर्छ भन्ने कुनै जरुरी छैन । 
    हामीलाई केही जानकारी भएमा घर वरिपरि पाईने सामग्रीहरु प्रयोग गरेर आफै द्धारा पनि सुन्दरता प्राप्त गर्न सक्छौ । हुन त सुन्दरता भन्ने कुरा प्रकृति माथि भर पर्ने कुरा हो । तर हामीले केही मेहनत र जागर लगाएर आफ्नो लागी समय निकालेर आफ्नो हेर बिचार पु¥्याउन सकेको खण्डमा हामीले केही मात्रामा थप पनि सुन्दरता पाउन सक्छौ । आजकल सौन्र्दय सम्बन्धी मानिसहरुको बढदै गईरहेको आकर्षणको कारण ठाउँ ठाउँमा विभिन्न होम क्लब, ब्युटि पार्लर ,ब्युटिक्लिनिक आदी खुल्दै गईरहेका छन । यस्ता संघसंस्थाहरु कतिपय राम्रा नै हुन्छन । तर कतिपय अप्रशिक्षित मानिसले पनि अलि९अलि जानकारीको आधारमा खोलेका हुन्छन । त्यसकारण त्यस्तो सम्बन्धीत ठाउँको राम्रो जानकारी नै नलिई जहाँ पायो त्यहीको सेवा उपयोग गर्दा कहिले काही परिणाम उल्टो पनि हुन्छ । ब्युटि पार्लर अथवा हामी आफैले घरमा नै अनुहारको सुन्दरता बढाउन बिभिन्न उपायहरु अपनाउन सक्छौ । अनुहारको सुन्दरता बढाउन गरिने बिभिन्न उपायहरु मध्ये एउटा ब्लीचिङ्घ गर्नु हो । यो अनुहार लगायत हात, खुट्टा र शरिरको अन्य भागमा गर्न सकिन्छ । यसले हाम्रो छालामा नयाँ चमक ल्याउछ । जाडो महिनामा अत्याधिक चिसोपन र गर्मी महिनामा हुने चर्को घाम दुबै मौसमले हाम्रो अनुहार लगायत शरिरको कुनै पनि छालामा दुस प्रभाव फैलाउछ र छाला कालो बनाउछ । जसको परिणाम स्वरुप छालाको आकर्षण घटन जान्छ । यहि घटेको आकर्षणबाट पुन : प्राप्त गर्नको लागी हामीले ब्लीचिङ्घको माध्यमबाट अनुहार अथवा शरिरको जुनसुकै भागमा भएको रौहरुलाई छालाको  रङगमा परिवर्तन गर्न सक्छौ । जसले गर्दा झवाट्ट हेर्दा हाम्रो छालामा राँै छ जस्तो देखिदैन । र छाला पनि गोरो देखिन्छ । 
    ब्लीचिङ्घ गर्दा कहिले पनि नजाने मानिसले गर्नु हुदैन्न । यसको गलत प्रयोग भएको खण्डमा राम्रो हुनुको साटो झन कुरुप हुने डर हुन्छ । किन भने प्रत्येक छालामा ब्लीचिङ्घ घोल बनाउदा यसको परिमाण अलग अलग मात्रामा मिलाउनु पर्छ । त्यसैले आफ्नो छालाको लागी के कति क्रिम र अमोनिया मिलाउनु पर्छ भने कुरा राम्रो संग कुनै पनि प्रशिक्षित ब्युटिसियनसंग सल्लाह लिएर त्यही बमोजिम गर्नु पर्छ । ब्लीचिङ्घ गर्दा हाम्रो छालाको किसिम र अनुहारको छालाको मात्रा मिलाउन नसकेमा अनुहार बिग्रने, छाला कालो हुने, रौँ आवश्यकता भन्दा बढी सेतो हुने देखिने आदी हुन सक्छ । कसै कसैलाई ब्लीचिङ्घ गर्दा छालामा एलर्जी पनि हुन सक्छ । त्यसैले पहिलो पटक ब्लीचिङ्घ गर्न लागीएको छ भने गर्दन र कानको पछाडी भागमा परिक्षण गर्न सकिन्छ । त्यहा एलर्जी भएन भने मात्र अनुहारमा प्रयोग गर्नु पर्दछ । ब्लीचिङ्घ गर्दा प्राय : मानिसहरुमा साना साना दाग देखिने र हल्का स्वरमा बोल्ने हुन्छ । तर यो समान्य प्रतिक्रिया हो । यसले खासै केही असर गर्दैन तर ज्यादै नै पोल्न  थाल्यो भने र फोकाहरु पनि आउन थाल्यो भने तुरुन्त यो घोल सफा गरी हाल्नु पर्छ । र चिसो पानीले मुख धुनु पर्छ । (केसी आकर्षण व्यटिपार्लरकी संचालिका छिन् )
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ब्युटि टिप्स स् ब्लीचि· गर्ने तरिका Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top