-

  • नयाँ खबर

    23 November, 2016

    बृहत योग शीवीरको तयारी तिब्र

    वीरगंज ८ पर्सा 
    मध्य नेपाल सन्देश, 
    वीरगन्जमा भोलि विहिवार देखि सन्चालन हुन लागेको बृहत योग शीवीरका लागि तयारी तिब्र रुपमा भइरहेको छ ।
    पतन्जली योग पिठले वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर ९ गते देखि १३ गते सम्म पाँच दिन निशुल्क योग शीवीर सन्चालन गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने शीवीरमा विश्व प्रसिद्ध योग गुरु बाबा रामदेव र उहाका सहयोगी आचार्य बालकृष्णले पाँचै दिन योग प्रशिक्षण दिनुहुनेछ । शीवीर उदघाटनका लागि राष्ट्रपति भण्डारी आज बेलुकी नै वीरगन्ज आइपुग्ने कार्यक्रम रहेको शीवीर आयोजक मुल समितिका संयोजक विजय सरावगीले जानकारी गराएका छन् । 
    राष्ट्रपति भण्डारी र बाबा रामदेवको स्वागतका लागि वीरगन्ज नगर क्षेत्रको ठाँउ ठाँउमा प्रवेशद्वारहरु निर्माण भइसकेको बताउदै शीवीर आयोजक मुल समितिका संयोजक सरावगीले शीवीर आयोजना स्थल आदर्शनगर रंगशालाको पनि तयारी तिब्र रुपमा भइरहेको बताए । 
    शीवीरमा योग प्रशिक्ष्ण लिनका लागि हिजो बेलुकी सम्म करिब १० हजार जनाले आफनो नाम दर्ता गराएर प्रवेश पास पनि लिइसकेको उनले जनकारी गराए । शीवीरको भोलि बिहान पाँच बजे राष्ट्रपति भण्डारीले उदघाटन गर्ने र उदघाटन समारोहमा बाबा रामदेव, नेपाल सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, भारतीय राजदुत रन्जित रे, एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महत्तो, रसियन राजदुत लगायतका उच्च पदस्थ व्याक्तिहरुको पनि सहभागीता रहने आयोजकले जनाएको छ । 
    यसैबिच योग शीवीरको उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी वीरगन्ज आउने भएपछि वीरगन्ज नगर क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । वीरगन्जका हरेक चोक र टोलहरुका साथै नगर प्रवेश गरिने नाकाहरुमा प्रहरीको चोकजाच र सतर्कता बढाइएको छ । राष्ट्रपति भण्डारी र योग गुरु बाबा राम देवको वीरगन्ज आगमनलाइ लक्षित गरेर जिल्लामा रहेका सुरक्षा निकायका तीन वटै निकायलाइ परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संलग्नता रहने गरि संयुक्त सुरक्षा योजना तयार पारिएको भन्दै पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले शीवीर अवधी भर सुरक्षाको सवालमा कुनै पनि त्रुटी नहोस भनेर कडा सुरक्षा अपनाइएको जनकारी गराएका छन् । 
    सुरक्षाको मध्य नजर गर्दै वीरगन्जमा रहेका होटलहरुमा गत सोमबार देखि नै चेकजाच अभियान जारी राखिएको पर्सा प्रहरीले जनाएको छ । सरक्षा व्यवस्थाको मध्य नजर गर्दै शीवीर आयोजना स्थल र चोक चोकमा सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।वीरगंजसंग जोडिएका भारतीय सीमा नाकामा पनि अरु दिनको भन्दा अहिले विशेष किसीमले चेकजाच गरिएको पर्सा प्रहरीले बताएका छन् । सुरक्षा प्रबन्धका लागि अन्चल प्रहरी कार्यालय र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडबाट पनि थप जनशक्ति माग गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बृहत योग शीवीरको तयारी तिब्र Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top