-

  • नयाँ खबर

    06 December, 2016

    तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधनपछि भारतमा शोक


    भारतकी एक चर्चित राजनीतिज्ञ एवं तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको उपचारका क्रममा निधन भएको छ।
    आइतबार राति हृदयघातका कारण गम्भीर अवस्थामा पुगेकी भनिएको उनको सोमबार स्थानीय समय अनुसार राति साढे ११ बजे मृत्य भएको चन्नाईस्थित अपोलो अस्पतालले जनाएको छ।
    ६८ वर्षीया जय ललितालाई गत सेप्टेम्बर महिनादेखि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
    तर आइतबार राति हृदयघात भएर अवस्था गम्भीर भएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो।
    उनको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा हजारौं मानिसहरु भेला भएका थिए
    सोमबार मध्यरातमा उनको मृत्युको घोषणा भएसँगै दक्षिणी राज्य तमिलनाडुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
    उनका कट्टर समर्थकहरुले त्यहाँ अशान्ति मच्चाउन सक्ने खतरा रहेको भन्दै थप प्रहरीहरु परिचालन गरिएको छ।

    श्रद्धाञ्जली

    उनको निधन प्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गरेका छन्।
    मोदीले जय ललिताले महिला, गरिव र उत्पीडनमा परेका समुदायका लागि देखाएको चासोका कारण उनी सधैँ प्रेरणाको श्रोत हुने बताए।
    जयललिताका सबैभन्दा नजिक मानिने पनीरसेल्वमलाई तमिलनाडुको नयाँ मुख्यमन्त्रीमा राति नै नियुक्त गरिएको छ।
    जनतामाझ निकै चर्चित रहेकी जय ललिताले दक्षिण भारतीय चलचित्रहरुमा अभिनय पनि गरेकी थिइन्।
    उनका परिचितहरुले उनी वकिल बन्न चाहेको तर भाग्यले उनलाई पहिला अभिनयतिर र पछि राजनीतिमा धकेलेको बताउँन्।
    तर यी दुवै क्षेत्रमा उनको यात्रा सहज थिएन। १ सय ४० वटा चलचित्रमा अभिनय गरेकी उनले ८ पटक विधानसभाको चुनावमा लडेकी थिइन्।
    त्यस्तै एकपटक राज्यसभामा मनोनित भएकी उनी तमिलनाडुमा ४ पटक मुख्यमन्त्री बनिन्।
    जय ललितालाई धेरैले श्रद्धा गर्ने भए पनि उनका आलोचकहरुले भने उनमा घमण्डीपना भएको बताउँथे।
    सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन्।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधनपछि भारतमा शोक Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top