– निलम पन्त |
मध्य नेपाल सन्देश
बुबा सुरजमल तुलस्यान र आमा कमला देवीको दाम्पत्य जीवनबाट जन्मिएका ३ सन्तान मध्ये सीता अग्रवाल दोस्रो सन्तान हुन । उनका २ दिदी र १ भाई छन् । उनको वि.सं.२०११ साल बैशाख पूर्णिमाको दिन काठमााडौंको इन्द्रचौक मखनटोलमा जन्म भएको हो । त्यहीको पद्यम कन्या स्कूलबाट एस.एल.सी पास गरी १७ वर्षको उमेरमा नै जिल्ला पर्सा विरगंज उपमहानगरपालिका बस्ने सुभाष चन्द्र अग्रवालसंग उनी विवाह बंधनमा बाधिन पुगेकी हुन् । यीनको कोखबाट पनि दुई छोराको जन्म भई सकेको छ । अहिले उनी बच्चाहरुको पालन पोषण गर्दै समाज सेवा तीर उन्मुख हुदै छन् । वीरगंजमा मारवाडी समुदायका महिलाहरुको पहिचानको लागि अथक प्रयासले वि.सं.०५८ सालमा पहिलो मारवाडी महिला मंचको स्थापना भए पश्च्यात वि.सं.०६० सालमा अध्यक्ष हुन सफल भएकी सीता अग्रवाल आफू समाज सेवामा लागेकै कारण विभिन्न महिला क्लबमा सहयोग गर्दै महिला सतसंघ भवनको सचिव समेत रहेकी छन् । अरुको लागि सहायत तथा सहयोग गर्न खप्पिस अग्रवाल एउटा हातले दान गरेको अर्को हातले थाहा नपाओस् भन्ने सम्मको सम्वेदनशील भएर कार्य सम्पादन गर्नुपर्छ भन्नु हुन्छ । सामाजिक कार्यका लागि प्रतिबद्ध अग्रवाल लाइन्स क्लब अफ वीरगंज सेन्टरको एक वर्षको लागि अध्यक्ष समेत भइसकेकी उहाँ हाल मारवाडी महिला मंचको सल्लाहकार र लायन्स क्लव वीरगन्ज सेन्टरको क्याविनेट अफिसर तथा रेडक्रसको आजीवन सदस्य भई समाज सेवामा लागि नै रहनु भएको छ । तीनै समाजसेवी अग्रवालसंग मध्य नेपाल सन्देशका लागि गरिएको कुराकानी :-
मारवाडी महिला मंचको स्थापना कति सालमा भएको हो ?
– वि.सं. २०५८ सालमा मारवाडी महिला मंचको स्थापना भएको हो ।
तपाई अध्यक्ष हुँदा आफ्नो कार्यकालमा के कस्तो कार्य गर्नुभयो ?
– संस्था स्थापना भएको दुई वर्ष पछि म अध्यक्ष भएँ । हाम्रो कार्यकाल भनेको दुई वर्ष हो । खास त त्यस्तो केही काम हुन सकेन । जसमा गरीब गाउँका महिलाहरुको लागि शिविर खडा गराएर एकसय जना महिलाहरुको आँखाको अप्रेशन गरियो । वीरगंज कारागारमा रहेको केही महिलाहरुको लागि डा.मन्जु लता संग पाठेघर को चेकअप गराएर अप्रेशन गराईदिएको थियो ।
तपाईको समुदायको महिलाहरुलाई अझ अगाडी ल्यााउनलाई के गर्दा उपयुक्त हुन्छ ?
– पहिला – पहिला हाम्रो समुदायको हामी महिलाहरु आफनो व्यक्तिगत कार्यमा व्यस्त रहन्थ्यौं । तर प्रजातन्त्र आईसकेपछि हामी महिलामा धेरै सचेत भई हामी पनि विभिन्न संघ संस्थामाा जुट्दै अघि बढेकै छांै । अझ महिलाहरुलाई अगाडी ल्याउनलाई जनचेतनाको कार्यक्रम अगाडी ल्याउनुपर्छ । आफनो पहिचान स्थापनको लागि सम्पूर्ण मारवाडी महिलाहरु एकजुट भई अगाडी आए मात्र पहिचान स्थापित हुने छ ।
शिक्षा प्रति महिलाहरुलाई मूलधारमा ल्याउनलाई के गर्न सकिन्छ ?
– मेरो चाहना हो , सम्पूर्ण महिलाहरु स्कुल, कलेज जाओस्, पढोस् अनि छोराछोरीमा भेदभाव नहोस् । सबैले अधिकार पाओस् । साथै हालको शिक्षा नीति अझ प्रभावकारी बनाई महिलाहरुलाई शिक्षाको मूलधारमा ल्याउने सकारात्मक पहल होस् भन्ने नै हो । साथै महिलाहरुको लागि छुट्टै स्कुल र कलेजको व्यवस्था राज्यले गरिदिए त्यो निकै प्रभावकारी हुने थियो जस्तो लाग्छ । अनिमात्र सम्पूर्ण महिलाहरुलाई साक्षर तुल्याउन अर्थपूर्ण सहभागिता हुन सक्छ ।
मधेसमा दाईजो प्रथा र बालविवाहलाई अन्त्य गर्नलाई कस्तो कदम चाल्दा प्रभावकारी हुदै जान्छ ?
– पहिला त हरेक घरघरबाट हरेक महिला शिक्षित हुन जरुरी छ । महिलाहरुलाई हरेक कार्यक्रममा समावेसी गराउन जरुरी छ । उनीहरुलाई घरपरिवारबाट सपोर्ट दिनु पर्छ । हरेक निकाय सर्तक रही रहनुपर्छ । राज्यबाट निगरानी भईरहनुपर्छ । बालविवाहमा राज्यले सकेसम्म रोक लगाउनु पर्छ ।
वीरगंज उपमहानगरपालिकाको विकास गर्नलाई के गर्नुपर्छ ?
– वीरगंज नगर विकासको लागि म पटक-पटक सम्बन्धित ठाउँमा आवाज उँठाउँदै आइरहेको छु । सबभन्दा बढी राजस्व तिर्ने ठाउँ वीरगंज हो । वीरगंजको विकास हुनुपर्छ । हामी सबै जना मिलेर एक जुट भएर सबै निकायहरुलाई बेला बखतमा घचघचाई रहनुपर्छ ।
तपाईको संस्थाले के–के कार्य गर्दै आईरहेको छ ?
– मेरो संस्थाले अहिले सम्म तीन महिने यू.डि बाई सेफमाा कम्प्युटर तालिम दिईरहेको छ । सिमरामा सिलाई केन्द्र स्थापना गराएर २०/२५ जना महिलाहरुलाई सिलाई तालिम प्रदान गरिदै आईरहेको छ । लाईन्स क्लबसंग समन्वय गरेर गाउँ–गाउँमा सिलाई मेशीन बितरण गरदै आईरहेको छ ।
0 comments:
Post a Comment