जिनु मानन्धर |
– निलम पन्त
मध्य नेपाल सन्देश
बुवा इन्द्र बहादुर तोईना र आमा सूर्यवती तोईनाको कोखबाट जन्मिएका तीन सन्तान मध्ये जिनु मानन्धर जेठो सन्तान हुन् । उनका १ बहिनी र १ भाइ रहेको उनको जन्म वि.सं.०४२ साल असोज ६ गते भक्तपुर जिल्लाको भक्तपुरमा भएको हो । त्यहीको बनेपा स्थित रहेको क्याम्पसबाट वि.सं.०६५ सालमा स्नात्तक सम्म अध्ययन गरी २४ वर्षको उमेरमा नै जिल्ला पर्सा विरगंज स्थित आर्दशटोल–३ मा बस्ने उमेश मानन्धरसंग विवाह भएको हो । यिनको कोखबाट १ जना छोराको जन्म भईसकेको छ । यिनले आफनो जिवीकोपार्जनको लागि विर्ता स्थित नारी कलेक्सन संचालन गरी कपडा सिउने र बेच्ने कार्य गरी मानव अधिकार क्षेत्रमा काम समेत गर्दै आएकी हाल मानव अधिकार शान्ति समाज पर्साको जिल्ला महिला सदस्यमा समेत कार्यरत रही समाजसेवा प्रति उत्तरदायी हुदै आफनो पहिचानको लागि मानव अधिकारको क्षेत्रमा उन्मुख भई अघि बढि रहेकी छन् । उनै जिनु मानन्धर संगको संक्षिप्त कुराकानीः
महिला हिंसाको घटनामा मानव अधिकार हनन् भएको पाईन्छ ? यसलाई रोक्न के गर्न सकिन्छ ?
– हाम्रो समाजमा के छ भने महिलालाई अलिकति पछाडी नै पारिएको देखिन्छ । जसरी पनि हामी महिला अगाडी उठ्न खोजे पनि कुनै न कुनै बाधा आउँछ । आफू अगाडी बढ्न खोजे पनि घर–परिवार या समाजले केही न केही कुरा यस्तो हुन्छ कि, परिबन्धमा पारिएको हुन्छ , अनि मान्छेलाई उम्कन गा¥हो हुन्छ । घर–घरमा प्रायः जसो जति पढेलेखेको होस्, कही न कही घरेलु हिंसा भएको नै हुन्छ । र आफु पनि शिकार भएको हुन्छ । तर सम्बन्धित ठाउँमा भन्न गा¥ह्रो हुन्छ । किनभने ईज्जतको कुरा हुन्छ । समाजले के भन्ला , कसो भन्ला भनेर प्रश्न उठ्न सक्छ । त्यसकारणले पनि अगाडी बढनको लागि एकजनाले हैन सबै जनाले सोच्नु पर्दछ । एकजुट हुनुपर्दछ । र साथै पहिला आफुले आफुलाई चाहि सवल बनाउनु पर्दछ ।
मानव अधिकारको कार्यमा अझ महिलाहरुलाई सक्रिय रुपले सहभागी गराउन के गर्दा उपयुक्त हुन्छ ?
– सबभन्दा पहिला त महिलालाई सहजीकरणको वातावरण नै छैन । घरपरिवार या समाजले यो कुरा बुझनुपर्यो । अब सबै महिला त नभनौ , कतिपय महिला त अगाडी बढन पनि चाहदैनन् । त्यो अनुसारको वातावरण नभए पछि जतिसुकै पढेलेखेको होस् या जतिसुकै शिक्षित परिवारको होस्, उनीहरु चाही दबीएर बसेका हुन्छन् । यस कारणले सबभन्दा पहिले त आफुले आफुलाई नै उठाउनु पर्यो । आफु पहिला सक्रिय हुनुपर्यो । त्यो वातावरण संग लड्ने आफुलाई बनाउनु पर्यो । आफुनै पहिला गर्न सकिएन भने अरु कसरी सक्रिय हुन्छन । सबभन्दा पहिले घरपरिवार भन्दा पनि श्रीमान् बाट साथ पाउँनुपर्छ ।
महिलाहरुको संरक्षणको लागि तथा आत्मनिर्भरको लागि के उपायहरु उपनाउन सकिन्छ ?
– यसको लागि समाजमा जनचेतना मुलक कार्यक्रम गरिराख्नुपर्छ । शिक्षामा बढी जोड दिनुपर्छ । र साथै आत्मनिर्भरताको लागि महिलाहरुले सिपमुलक तालिम लिनु अनिवार्य गर्नुपर्दछ ।
घर–घरमा मानव अधिकारको सूचना कसरी पु¥याईन्छ ?
– घर–घरमा सूचना पु¥याउनको लागि सबभन्दा पहिला हामी आफै जागरुक हुनुपर्दछ । अनि त्यसपछि हामीमा त्यो हिम्मत पनि हुनुप¥र्यो । किनभन देखी हामी जाने ठाउँमा गएपछि के भन्ने, कसरी सम्झाई बुझाई गर्ने । सबभन्दा पहिले त हामीले यसको बारेमा आफुले बुझनु पर्यो । यसलाई कसरी उपयोग गर्न सकिन्छ । कसरी हामीले आफनो जीवनस्तरमा उकास्न सकिन्छ र जनचेतना जगाउन सकिन्छ ।
घटना विशेष मात्र तपाईहरुको सक्रियता देखिन्छ तर अरु बेला खासै देखिन्दैन् किन ?
– हामी यस संस्थामा भए पनि सबैजना अरु–अरु काममा पनि छौ । अनि अरु बेलामा चाही नदेखिनुको कारण एक त आफनो काम पनि हेर्नु पर्यो । अर्को कुरा चाही अब कुनै घटना घटने बेलामा के गर्नुपर्यो , कसरी अगाडी बढनु पर्छ । भनेर हामी भित्रै त्यो छलफल गरिरहेका हुन्छौ । के कस्ता कार्यक्रम गर्नुपर्छ । के कस्तो समस्या आउँदा खेरी त्यसको निराकरण गर्नुपर्छ भनेर त्यो विषयमा छलफल भईरहेको हुन्छ ।
आन्दोलनमा मानव अधिकारको अल्लघंन भएको घटना सम्बन्धमा तपाईको संस्थाले के– कस्तो कार्य गर्दछ ?
– आन्दोलन हुँदा खेरी आन्दोलनकारी धेरै घाईते भएका थिए । त्यो बेलामा घाईतेहरुलाई अस्पताल पु¥याई दिएका छौ । उपचार पनि गराई दिएका छौ । त्यसपछि नमिलेको कुरा चाहि यस जिल्लामा गएर मिलाउने काम पनि भएको छ । र छलफल गरेर सम्झाउने–बुझाउने काम पनि गरेका छौ । दुईपक्षलाई सम्झाई–बुझाई वार्तामा ल्याउने काम पनि भएको छ । अनि प्रहरी प्रशासनमा गएर पनि मिलाउने काम पनि भएको छ ।
वीरगंज क्षेत्र आसपासमा मानव अधिकारका के–कस्ता घटना घटने गरेका छन् । त्यसका रोकथामका लागि के गर्दै हुनुहुन्छ ?
– यस क्षेत्र आसपासमा दाईजोप्रथा, बालविवाह, छुवाछुत, सम्बन्ध विच्छेद र घरेलुहिंसा जस्ता जघन्य अपराध घटना घटने गरेका छन् । विशेषगरी तराईतिर देखेको चाही सबभन्दा ठूलो समस्या दाईजोप्रथा हो । जस्तैः जो गरीब परिवार छ त्यसको लागि ठूलो समस्या छ । अब छोरी हुन्छ, जस्मा दुई तीन जना अनि दाईजो दिन नसकेर घरमा नै बसीरहेको हुन्छ । र केही गरेर उनीहरुलाई बिहे गरिदिनु प¥र्यो भने ऋण लिएर विवाह गरिदिने अवस्था छ । यो रोकथाम गर्न को लागि समाज जनजागरण अभियान संचालन गर्न आवश्यक छ ।
0 comments:
Post a Comment