
– कविता खड्का
मध्य नेपाल सन्देश
विगत ९ बर्ष देखि नारायणी उप क्षेत्रीय अस्पतालमा छाला तथा यौन रोग बिशेषज्ञ डा. अतुलेश कुमार चौरसिया छाला तथा यौन रोग विभागको विभागिय प्रमुखको रुपमा विगत लामो समयदेखि सेवा दिईरहेका छन् । वीरगंज आसपासका क्षेत्रमा मात्रै नभएर मध्य तराई मै एउटा सफल बिशेषज्ञको रुपमा स्थापित डा. अतुलेश कुमार चौरसियासँग छाला रोगकै विषयमा मध्य नेपालले गरेको कुराकानी ।
१) खासमा छाला रोग के हो ?
छालामा लाग्ने कुनै पनि रोग या कुनै पनि एबनरमलिटी, एबनरमल चिज, नरमलमा जस्तो छाला त्यसमै आउने परिवर्तन लगायत छाला चिलाउने, पानीका फोका हुने दुख्ने लगायतको परिवर्तनलाई छाला रोग लागेको हुन्छ ।
२) छाला रोग अन्तर्गत कस्तो प्रकारका रोगहरु पर्दछन् ?
खासमा यो हामीले अवर्जव गर्न थालेपछि छाला रोग लागेको थाहा हुन्छ । यो सर्ने पनि हुन्छ नसर्ने पनि हुन्छ । किटाणु रहित पनि हुन्छ किटाणु नभएको पनि हुन्छ । बिशेष गरेर यस अन्र्तगत छालामा लाग्ने रोग छालामा देखा पर्ने गर्दछन् । यसमा कुष्ठरोग पनि हुन सक्छ । कुनै हानी पुरयाउने हुन्छ । कुनै हानी नपुरयाउने पनि हुन्छ । कुनै छालाको क्यान्सर पनि हुन सक्छ । यो धेरै प्रकारको रोग हुन्छ । अब जाडो मौसम शुरु हुदैछन् । सुरुमा छाला फुस्रो र सुख्खा हुदैँ, विस्तारै विस्तारै छाला चिलाउन थाल्छ । र एर्लर्जी डेभलप हुदै रोगमा परिनत हुदैँ जान्छन् ।
३) छाला रोग बढी जाडोमा हुने रोग हो ? यो गर्मिमा पनि हुने गर्दछ यो दुबै मौसमको रोगलाई के–कस्तो खालको रोग भन्न सकिन्छ ?
यो एलर्जी कन्डिशन रोग हो । यो गर्मी,जाडो दुवैमा हुन सक्छ । कुनै पनि रोग गर्मीमा बढी च्याप्छ । कसै–कसैलाई बढीमा एउटै ठाँउमा एलर्जी भईरहेको हुन्छ । हुन्छ भने कसैलाई केही हुदैनन् । हामी जुन वातावरणमा बस्छौँ । विशेष गरी तराईमा धुँवा, धुलो र लामखुटे हुने तराई मधेशको यो वातावरणमा आँखाले देख्ने, नदेख्ने धँलोको कण, माटोका कण, धँवाको कणहरु हाम्रो स्किनमा त्यसलाई एडप्ट गरेन । एबजर्ब गरेर स्किनमा एलर्जी डेभलप हुदै जानेगर्दछन् । तर सँगै बसेको मान्छेलाई हुँदैन । आफ्नो आफ्नो छालाको क्यापसिटी पावरमा भर पर्दछ ।
४) अधिकांश व्यक्तिहरुलाई छाला रोग लागेपछि हरेक वर्ष त्यहि सिजनमा फेरी आउने गरेको पाईन्छ ? के यो नछुट्ने खाल्कै रोग हो ?
यसलाई सिजनल एलर्जी भनिन्छ । जाडो होस या गर्मी होस । यो पाटिकुलर यो सिजनमा कुनै न कुनै माईल्स , पोलेन्स , किटाणुहरु रुख बिरुवाको पातमा टासेर हावाको माध्यमबाटा हाम्रो शरीरमा टासिन्छ । त्यो सिजन हाम्रो शरीरमा एडप गरेन भने, र त्यहाको हावा पानीले एडप्ट गरेन भने त्यो ठाउ अनुसार फरक पर्द छ । पचायो भने कम पचाएन भने बढी एलरजी हुन्छ ।
५) छाला रोगमा सरुवा हुने र नहुने रोग कुन कुन हुन् ?
एजर्जी कहिले पनि सर्दैन । अरुलाई सर्नका लागि कीटाणु भएको रोग हुनु पर्छ । लुतो दाथ, कुष्ठ रोग सर्न सक्छ । सर्ने रोगमा कुनै नकुनै किटाणु हुन्छ । एलरजी जसलाई पनि हुन सक्छ । एलरजी सर्दैन । कुष्ठरोगको लक्षण त्यो भाग शुन्य हुन्छ ।
६) तराई भेगमा अधिकाशं हुने रोगहरु हरेक वर्ष दोहरिने गर्दछन् ? यस्तो किन भएको जस्तो लाग्छ ?
हामी पढे लेखेका शिक्षित व्यतिmले पनि आफनो स्वास्थ्य प्रति त्यती सचेत छैनन । रोग लागेर ग्रसित भए पछि मात्र डाक्टर कहा आउने गरेको पाईन्छ । हामी रोग प्रति ध्यान दिदैनौ । आफने सरसफाई र आफनो व्यवहरमा परिवर्तन ल्याउनु परयो । के कारणले आफुलाई एलरजी भईरहेको छ त्यसको कारणको बारेमा चनाखो रहने र सकभर बचनका लागि सावधानी अपनाउने ।
तराईको भेगमा धुलो उडने गर्छ त्यसैले धुलोबाट बच्नको लागि माक्सके प्रयोग गर्ने । मोटर साईकल चलाउदा पनि धुलोबाट बच्न फुल हेल्मेटको प्रयोग गर्ने जस्ता सावधानी नअपनाएको पनि पाईन्छ ।
७) यो रोगबाट बच्नका लागि के के कुरामा ध्यान दिनुपर्दछ ?
सर्वप्रथम रोग यो लाग्नबाट बच्नका लागि सरसफाईमा पुर्ण ध्यान दिन जरुरी छ । बिशेष गरी तराई भेगमा स साना बच्चाहरुलाई आमा बुवाले १५/२० दिन सम्म ननुहाई बिहान बेलुका तेल लगाई दिन्छन् । यसको कारणले पनि छालामा बिभिन्न किसिमको ईन्फेकसन भई रोग लाग्ने गर्दछन् ।
दिनमा एक पटक अनिवार्य रुपमा नुहाउने गर्नु पर्दछ । तर हामीले नुहाए ता पनि हामीले नुहाउदा प्रयोग गर्ने पानी कस्तो छ टंकी सफा छ की छैन यसको पनि ख्याल गर्न आवश्यक हुन्छ । सकभर सावुन तौलियाहरु एक अर्काले प्रयोग गरेको प्रयोग गर्नु हुदैन । बाहिर हिड्दा खेरी सकभर माक्स लगाएर हिडनु पर्छ ।
सरसफाईमा ध्यान दियो भने यसको संक्रमणबाट बच्न सकिन्छ । सवै रोगको निदान भने कै सफा रहनु, स्वस्थ खाना खानु, तनाव रहित वातावरणमा बस्नु हो । डाक्टरले दिएको सल्लाह सुझाव अनुसार उपचार गराउने र आफ्नो स्वास्थको ख्याल राख्न सुझाव दिन चाहन्छु ।
0 comments:
Post a Comment