– कविता खड्का
मध्य नेपाल सन्देश
नेपालबाट उत्पादित माल समानको भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात दोब्बरले बृद्धि भएको छ । वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७२/०७३ को साउन देखि कात्र्तिक सम्म चार महिनाको अवधिमा २ अर्ब ५६ करोड १३ लाख रुपैया मात्र भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो । तर चालु आर्थिक वर्ष २०७३/२०७४ को तिन महिनाको अवधिमा पाँच अर्ब ५५ करोड ४२ लाख मुल्य बराबरको मालसामान भारत तथा तेश्रो मुलुकहरुमा निर्यात भएको वीरगंज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले बताउनु भएको छ । वीरगंज भन्सार कार्यलयका अनुसार गत आर्थिक वर्षको भन्दा यसपालीको तीन महिनाको अवधीमा दोब्बर भन्दा पनि बढि मालासामान वीरगन्ज नाकाबाट विदेश निकासी भएको हो ।
कार्यालयले वीरगन्ज नाका हुदै सबै भन्दा धेरै निकासि गर्ने पेय पदार्थ जुस, स्पोर्टसका जुत्ता, उनिका गलैचा, रेसायुक्त कपडा, जिआइ फलामे पाइप, जीवजन्तुको दाना, पिना, आर्युवेदीक औषधी, दन्तमन्जन, भटमासको तेल, राँगा भैंसीको छाला, तामाको भाडाँ लगायतका सामानहरु भारत तथा तेश्रो मुलुकका लागि सबै भन्दा बढी निकासी हुने गरेको भन्सार प्रमुख पोखरेलले बताउनु भएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधीमा एक अर्ब ७१ करोड १८ लाख ३२ हजार रुपैया मुल्य बराबरको दुई करोड ३० लाख ५७ हजार दुइ सय ५२ लिटर पेय पदार्थको जुस भारत निर्यात गरेको छ । वीरगंज भन्सार कार्यलयका अनुसार यस कार्यालयले ४६ करोड १३ लाख ९८ हजार रुपैया मुल्य बराबरको स्पोटर्सको जुत्ता, २९ करोड ९१ लाख ६४ हजार मुल्यको रेसाको कपडा, २९ करोड ७९ लाख ७९ हजार मुल्य बराबरको उनीको गलैंचा, २७ करोड ६६ लाख ६१ हजार मुल्यको जीआइ फलामे पाइप, २७ करोड ३८ लाख ७७ हजार मुल्यको दन्तमन्जन, १५ करोड ८९ लाख ४१ हजार मुल्यको आर्युवेदीक औषधी र १० करोड २४ लाख पाँच हजार रुपैया मुल्यको पिना पनि भारत तथा तेश्रो मुलुकमा वीरगन्ज भन्सार कार्यलय हुदै निर्यात हुने गरेको भंसार कार्यालयले जनाएको हो ।
राजश्व पनि लक्ष्य भन्दा ५.७६ प्रतिशत बढी संकलन
वीरगंज भन्सार कार्यलयले चालु आर्थिक वर्षको चौमासीकमा ५.७६ प्रतिशत बढी राजश्व संकलन गरेको छ । प्रथम चौमासिकमा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई दिएको लक्ष्य भन्दा यति बढि राजश्व संकलन भएको हो । विभागले वीरगन्ज भंसार कार्यालयलाई १ अर्ब १९ करोड १४ लाख ४० हजार रुपैया बढी राजस्व संकलन गरेको वीरगंज भन्सार कार्यलयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भएको छ । वीरगन्ज भन्सार कार्यालयले प्रथम चौमासिकमा लक्ष्य भन्दा पाच दशमलव ७६ प्रतिशतले बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि ३४ अर्ब ३७ करोड २२ लाख ३८ हजार रुपैया राजस्व लक्ष्य दिएकोमा वीरगन्ज कार्यालयले ३६ अर्ब ३६ करोड ३६ लाख ७८ हजार रुपैया राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन देखि कात्तिक सम्म प्रत्येक महिनामा भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भन्दा बढि नै राजश्व उठाउदै आएको छ ।
वीरगंज भन्सार कार्यालयले गत साउनमा लक्ष्य भन्दा शुन्य दशमलव ३८ प्रतिशत, भदौमा पाच दशमलव २२ प्रतिशत, असोजमा १२ दशमलव ५ प्रतिशत र कात्तिकमा ६ दशमलव १९ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । वीरगंज भन्सार नाकाबाट एक खर्ब चार अर्ब २१ करोड ६ लाख आठ हजार रुपैया मुल्य बराबरको माल सामान नेपाल भित्रीएकोमा, त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ३६ अर्ब ३६ करोड ३६ लाख ७८ हजार रुपैया राजस्व संकलन गरेको हो ।
0 comments:
Post a Comment