बारा २१ मंसिर
मध्य नेपाल सन्देश,
नापी कार्यालय बाराका श्रेस्तेदारले सेवाग्राहीसंग घुस लिदै गर्दा अख्तियारको टोलिले रंगेहात पक्राउ गरेको छ ।
नापी कार्यालय बाराका श्रेस्तेदार राधेश्याम साह सेवाग्राहीसंग ५ हजार रुपैया घुस लिदै गर्दा अख्तियारको टोलिले उनलाई पक्राउ गरेको छ । हेटौँडाबाट प्रहरी नायब उपरिक्षकको ६ जना टोलिले साहले किताकाट जग्गाको नक्शा बनाउन ५ हजार रुपैया सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ गरि उनलाई हेटौँडा लगिएको हो ।
0 comments:
Post a Comment