-

  • नयाँ खबर

    25 December, 2016

    तरकारीवाली अनिसा, शिक्षक बन्ने चाहना


    – इश्वरी श्रेष्ठ
    मध्य नेपाल सन्देश, 
    केही हप्तादेखि निकै चलन चल्तीमा रहेको शब्द हो तरकारीवाली, केहि फोटो सार्वजनिक गर्दै विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि चर्चित बनेकी नेपाली चेलि तरकारीवालिको चाहना पुरा गर्न धेरैले हात अगाडी बढाएको छ । यस्तै तरकारीवाली हरेक गाँऊ, टोल, सहरमा छन् । ति मध्येकी एक हुन् वीरगंजको मिना बजारमा कोभी बेच्दै आएकी अनिसा कुमारी । आमा, बुबासंग फुर्सदको समयमा तरकारी बेच्न रुचाउने १० वर्षिय अनिसा पढेर शिक्षक बन्ने योजनाका साथ अगाडी बढिरहेकी छिन् । 
    सानै उमेरमा मेहनत गर्न रुचाउने अनिसा माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दछिन् । बुबा बिरेन्द्र साह र आमा लालमुनी देवीकी छठौँ सन्तान मध्य एक अनिसा । आफना भाईहरुको प्रिय हुन् । आफना भाईहरूलाई खेलाउने फकाउने र माया गर्न उनि माहीर छिन् । अनिसा पढ्न, खेल्न र रमाइलो गर्न बाहेक बजारमा तरकारी बेच्न पनि निकै  रमाउने गरेको उनकी आमा लालमुनि देवीले बताईन् । लामो समय देखि वीरगंज मै बसोबास गर्दै आएकी साह परिवारमा काम संग(संगै अध्ययन अध्यापनलाई समेत प्राथमिकताका साथ अगाडी बढाइरहेको उनको आमाको तर्क छ । सिजन अनुसारको तरकारीहरु बिक्रि गर्दै आएका अनिसाका आमा बुवा दिनभरी बजारमै हुन्छन् । तरकारी नबेचि खान पुग्दैन उनकी आमाले भनिन् बालबच्चा धेरै छन्, जसोतसो गुजारा चल्दैछ । अहिलेको जमानमा नपढाए हुन्न् उनले भनिन् धेरै पैसा स्कुलमा पर्दैनन् तरपनी कहिले काहीँ कापी, कलम किन्न समस्यै पर्छन् । तर छोरिको पढाइ राम्रो छ । स्कुलबाट आएपछी खाजा खाएर आफ्नो पाठ गर्छ । स्कुल जान कहिल्यै पनि किचकिच गर्दैनन् ज्ञानी भएर आफै तयार हुन्छे । स(साना भाईहरुलाई पनि तयार गराएर संगै स्कुल लग्ने र ल्याउने गर्दछिन् । हामीहरु धेरै नपढेपनि छोरी शिक्षक बन्ने भन्छीन् अनिसाकी आमाले भनिन् छोरी तरकारी बेच्दा उसका साथीहरु जिस्काउ छन् तिमि तरकारी बेच्ने बन्छौँ तर उनि उल्टै शिक्षिका बन्छु सबैलाई शिक्षा दिन्छु भन्दा छोरिको कुराले खुसी बनाउँछ । कहिले काहिँ डर हुन्थयो छोरि पढाई छोडेर तरकारी बेच्ने होकि तर अब हामी ढुक्क छु, मेरो छोरी शिक्षिका बन्छे । छोरिलाई पढाउछु उसको सपना पूरा गर्छु । दुखः सुख त आउँछ, जान्छ उनकी अमाले भनिन् । यिनै तरकारीवालि अनिसा संग मध्य नेपाल सन्देशले गरेको कुराकानी ः–
    तिम्रो नाम ?
    अनिसा कुमारी
    मिल्ने साथी  ?
    पिंकि र काजोल
    तरकारी बेच्न आउँछ ?
    आउँछ
    कस्ले सिकाउनु भएको तरकारी बेच्न ?
    ममि बुबा दुबैले
    ठूलो भएर शिक्षिका बन्नु पर्छ कस्ले भन्नू भएको ?
    स्कुलमा मिसले
    स्कुलको होमवर्क कस्ले सिकाउनु हुन्छ ?
    बाबाले
    कस्ले बढी माया लाग्छ ?
    दुबैको
    तिमीलाई वीरगंज कतिको मन पर्छ ?
    धेरै मनपर्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तरकारीवाली अनिसा, शिक्षक बन्ने चाहना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top