-

  • नयाँ खबर

    12 December, 2016

    घुम्टो र दाईजो प्रथाको जञ्जिर तोड्दै महिलाहरु


    — कमला गिरी 
    मध्य नेपाल सन्देश 
    पर्सा जिल्ला भौगोलिक रुपमा समान भएको जिल्ला होईन । यो जिल्ला जसरी भौगोलिक रुपबाट समान छैन । सांस्कृतिक रुपमा पनि अलग ( अलग विशेषता छ । तराई मधेशका विभिन्न विकृति तथा विसंगतिहरुलाई चिर्दै पर्साका महिलाहरु अब समाजको नेतृत्व गर्ने हैसियतमा पनि पुगेका छन् । वास्तवमा यहाँका महिलाहरु कोही भन्दा कम छैनन् । पर्सा जिल्ला नेपालको मधेश क्षेत्रमा पनि तराईको अति महत्वपुर्ण र छिमेकी देश भारतसंग जोडिएको जिल्ला हो । यो जिल्ला भौगोलिक रुपमा छिमेकी देश भारतको विहारसंग पनि जोडिएको छ । त्यसैले गर्दा यहाँको रहनसहन र जीवन शैलीमा उताको जस्तो झल्कनु खासै नौलो होईन ।
              यहाँका कतिछोरी चेलीहरुको वैवाहिक अवस्था पनि प्रायः उस्तै छ । यहाँका छोरीचेलीहरुको विवाह भारतकोे बिहार क्षेत्रमा हुने गरेको छ भने बिहारका महिलाहरुको बिवाह पनि यहाँ हुने गर्दछ । पर्सामा एकैखालका महिलाहरु भने छैनन् । मधेश्ी समुदाय सहित पहाडी समुदायका बिभिन्न जातीका महिलाहरुको पनि यहाँ बसोबास छ । भूगोल र ठाउँ अनुसार महिलाहरुको अवस्था पनि फरक छ । यहाँका महिलाहरु परम्पराको रुपमा रहेको घुम्टो प्रथाबाट सबै भन्दा बढी जिनन्त छन् ।  
    बिशेष गरी यहाँका महिलाहरु माथि यो संस्कार रहेको छ । यसलाई घुम्टो प्रथा भन्ने गरिन्छ । आफूभन्दा ठूला मान्छेहरुंसंगं कुुरा गर्दा टाउको र सकेसम्म मुखसमेत छोपेर कुरा गर्नु पर्ने कठिन संस्कृतिलाई घुम्टो भित्रको भन्ने गरिन्छ । जुन आजको २१आंै शताब्दीमा पनि यहाँ यो बिद्यमान छ । तर यो पथाको बिरुद्धमा समेत यहाँका महिलाहरु अगाडी सरिसकेका छन् । छोरी मान्छे भएपछि घर छाड्नु नै हुन्न भन्ने  गलत परम्परा त्याग्दै यहाँका महिलाहरु अब घुम्टो र चुल्लो चौकामा  मात्रै सिमित छैनन् । बिशेष गरी सहकारी संंस्थाहरु मार्फत पर्साका महिलाहरु आत्मनिर्भर हुने प्रयासमा जुटेका छन् । महिला आत्मनिर्भर हुनु भनेको घुम्टो र दाईजो प्रथाको जंजिर तोडने प्रयासमा यहाँका महिलहरु अगाडी आउनु पनि हो । 
    पर्सा जिल्लाबाट अहिलेसम्म तीन जना यहाँका महिलाहरु यो मुलुकको मन्त्री पनि बनिसकेका छन् । राज्यमन्त्री नै भए पनि प्रतिनिधित्व भए पनि गरेकै हुन । त्यसो त समाजिक क्षेत्रमा पनि यहाँका महिलाहरुको योगदान प्रशंसनीय छ । चलचित्र क्षेत्रमा नाम कमाएकी एक जना चेली जल शाहलाई पनि यहाँका महिलाहरुले आफ्नो गर्व ठान्ने गर्दछन् । उनको जन्मस्थान यही भएको कारण पनि महिलाहरुले आफ्नोे गर्वको सूचीमा जल शाहलाई राख्ने गरेका छन् । हुन पनि उनी यही जिल्लामा जन्मिएर हुर्किएकी एक मधेशकी चेली हुन् । जो पछिल्ला दिनमा यहाँका महिलाहरुको नेतृत्व गर्दै चलचित्र क्षेत्रमा भूमिका निर्वाह गर्दैै अगाडी बढेकी हुन् । 
    यी सब केही तथ्यहरुले पर्साका महिलाहरुको अवस्था अन्य जिल्लाहरुको भन्दा फरक नभए पनि सांस्कृतिक भौगौलिक रुपमा फरक छ । यहाँका महिलाहरुले घुम्टो र दाईजो प्रथाको समस्या भने झेल्न परेको भए पनि यी चुनौती त्यागदै महिलाहरु अगाडी बढिरहेका छन् । तराई मधेश जस्तो ठाउँमा रहेर पनि पुरातनबादी सोचलाई चुनौती दिदै महिलाहरु अगाडी बढ्नु निश्चय पनि साकारात्मक रुपमा नै लिनु पर्दछ । यहाँका महिलाहरुको जिवनमा परिवर्तन आए पनि जीवन शैलीमा भने पुरै परिवर्तन भने आउन सकेको छैन । ग्रामिण क्षेत्रका महिलाहरुको अवस्थामा सुधार ल्याउनका लागी भने सरकारले अझै पनि ध्यान दिन आवश्यक छ , यद्यपी महिलाहरुको जिवनस्तर विकासका लागी जिल्लामा रहेको सबै सरकारी र गैर सरकारी संस्थाहरुको अझै प्रभावकारी रुपमा कदम चाल्नुपर्ने आवश्यकता टड्कारो छ । महिलाहरु आफैको प्रयासमा यो क्षेत्रका विभिन्न निकायले पनि साथ दिएको खण्डमा उनीहरुको जीवनस्तर चाडो परिवर्तन हुन सक्छ र आम मुलुकका महिलाहरुसँगको प्रतिस्पर्धामा बारा, पर्साका महिलाहरु पनि पुग्न सक्छन् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: घुम्टो र दाईजो प्रथाको जञ्जिर तोड्दै महिलाहरु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top