-

  • नयाँ खबर

    12 December, 2016

    जनताबाट संकलित करको सदुपयोग कतिको भएको छ ?


    भर्खरै पाचौँ राष्ट्रिय कर दिवस सम्पन्न भएको छ । यस साता हामीले जनताबाट संकलित करको सदुपयोग कतिको भएको छ भनेर विभिन्न व्यक्तित्वहरुको प्रतिक्रिया लिएका छौँ ।🙋
    १) 
     जंग बहादुर चौधरी (शिक्षक)
    डलफिन एकेडेमी 
    आउटपुट केही देखिदैन त्यसको, करबाट संकलित रकम कहाँ खर्च हुन्छ ? त्यो प्रष्ट भएको पाउदैनौँ । हामीले दिएका कर गरिब निमुखाहरुमा आएको देखिदैन् । हामीले दिएको कर देश निर्माणका लागि हो हाम्रै लागी हो तर खौई न त सडक, बति, शिक्षा, कुनै क्षेत्रपनी बलियो भएको छैन् । जसले हामीलाई निराश पार्छ । छैन करको सदुपयोग भएको । 



    २) 

    आर के शर्मा (व्यवसायी) 
    रेश्मकोठी ७, वीरगंज
    हामीले त करको सदुपयोग भएको पाएका छैनौँ । साधारण वीरगंज उप–महानगरपालिका कै कुरा गर्ने हो भने, सरसफाई, फोहर व्यवस्थपन, सडक, नाला सबै भद्रगोल छ । राम्रो भनेको त्यस्तो केही छैन यहाँ करको दुरुपयोग धेरै छन् ।  न त सडकको व्यवस्थापन छ, चारैतीर फुटेको खाल्डै खाल्डो, कोही ठुलोबडा मान्छे आए भने छोपछाप गर्ने मात्रै भएको छ । दशवर्ष पहिला जस्तो थियो अहिले पनि उस्तै छ । 



    ३) 

    राजेन्द्र महतो (व्यापारी)
    घडीअर्वा, वीरगंज
    हामीले तिर्ने करको सदुपयोग भन्दा दुरुपयोग बढी भएको जस्तो लाग्छ । हामीले सरकारलाई कर तिर्छौ हाम्रो गाउँ ठाउँ विकसित गर्नका लागि तर खौँ त हाम्रो गाँऊ ठाउँ विकसित भएको ? जति बढी हामी कर तिर्छौ त्यति त्यति हाम्रो गाँऊ ठाउँ विकसित नभएर अविकसित हुदै गइरहेको अवस्था छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् चाडो भन्दा चाडो हामीले तिर्ने करको सदुपयोग होस् । 



    ४) 

    ललन कुमार साह (कर्मचारी)
    नवकटुवा बारा
    हामीले तिर्ने गरेको करको सदुपयोग गाऊँतीर भन्दा सहरतिर भएको छ । तर जतिसदुपयोग हुनुपर्ने हो त्यति भएको छैन् । 








    ५) 

    रवि सर्राफ सोनार (औषधी थोक विक्रेता)
    सरार्फ मार्केट, वीरगंज
    जनताबाट संकलित करको दुरुपयोग भनि साध्य छैन् । चाहे स्वस्थ्य क्षेत्र हो, गरिबले निःशुल्क स्वस्थ्य उपचार पाउदैन । शिक्षामा पनि अलि सरकारी विद्यालयमा केही निःशुल्क छ । तर त्यसबाट उत्कृष्ट प्रतिफल छैन । पेपरमा होला तर देख्ने गरी जनताले महशुश हुनेगरी कहीपनी करको सदुपयोग भएको छैन । 




    ६) 

    मन्दिप तिवारी (जागीरे)
    आदर्शनगर, वीरगंज 
    हामीले तिरेको करको सदुपयोग भएको भए आज हाम्रो देशको हरेक शहर नम्बर वनमा हुन्थ्यो । हामी रातदिन हिड्ने बाटोको हालत सबै जनताले हेरेकै छ, । तर पनि सबैजना मौन छ । करको सदुपयोग गराउन हामी सबै जनता जनजागृति भएर लाग्यौ भने पक्कै पनि आउने दिनमा करको सदुपयोग हुनेथियो । 




    ७) 

    रामकिशोर भगत (शिक्षक)
    वीरगंज
    जनताबाट संकलित करको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ । यसको कुनै योजनाबद्ध खर्च छैन । सदुपयोगको लागि कुनै पनि निर्धारित कडा मापदण्ड आयो भने सहि सदुपयोग हुन्छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जनताबाट संकलित करको सदुपयोग कतिको भएको छ ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top