– ईश्वरी श्रेष्ठ |
बोल्न नलजाउने हाँसीरहने ८ बर्षिय समृधी गुरुङ बिरगंज सेन्टर स्कुलमा कक्षा एकमा पढ्छिन् । उनको आफनो घर काठमाण्डौं भएता पनि हाल पानीटंकीमा सात बर्ष देखि डेरा लिएर आफनो मामु र बाबासंग बस्दै आइरहेकी छिन् । बाबा मनोज गुरुङ र आमा नेहा गुरुङकी एक मात्र छोरी हुन् समृधी गुरुङ ।
आमा नेहा गृहिणी हुनुहुन्छ भने बुबा मनोज सिलाइ गर्नु हुन्छ । सबैलाई आफ्नो बनाउने उनको हासो र हेराइले डेरामा सगैं बस्ने छरछिमेक र साथिभाईहरुको प्यारी बनेकी छिन् समृधी । स्कुलामा सधै गृहकार्य गरेर जान्छु । म्यामले माया गर्नु हुन्छ । गृहकार्य गरेन भने क्लासमा हल्ला गर्यो भने मात्रै म्यामले पिटनु हुन्छ । ज्ञानी भएर बस्यो भने धेरै माया गर्नु हुन्छ । मलाई स्कुल जान धेरै मन लाग्छ । स्कुलमा मेरो धेरै साथीहरु छ्न् । जसमध्ये बिबिसा मेरो मिल्लने साथी हो । म उ संग (बिबिसा) क्लासमा सगैं बस्छु । टिफिन पनि उसै संग सेयर गरेर खान्छु । उ राम्री छे मलाई उ धेरै मन पर्छ । म ठूलो भएर अफिसर बन्छु । अनि देशको सुराक्षा गर्छु । बदमास चोरहरुलाई जेलमा हाल्छु भन्छिन् समृधी । समृधी ज्ञानी छे भनेको सबै मान्छे पनि । पढ भन्नू पर्दैन । कहिलै यो खान्न त्यो खान्न भन्दिन, जे दियो ज्ञानी भएर खान्छे । अहिले सम्म त उसको पढाइ राम्रो छ । स्कुलमा पनि म्यामहरुले राम्रै भन्नू हुन्छ । स्कुलबाट आउने बितिकै होमवर्क गर्न बस्छे । मैले धेरै पढेको छैन । तर पनि कहिले काहीँ नेपाली र गणित चाहिँ सिकाइ दिने गरेको छु । अरु उ आफैँ गर्छे । उसको बाबाले भ्याउनु भए सम्म उसलाई टाइम दिनुहुन्छ । उहाँले पनि धेरै पढ्नु भएको छैन । सक्दो सहयोग चाहिँ छोरीलाई गर्नुहुन्छ । होमवर्क सकेपछि टिभी हेर्छे ।
घरमा साथीहरु संग खेल्दा पनि मिलनसार भएर खेल्छे । सबैलाई माया गर्छे । अहिले त सानै छ । डक्टर, इन्जिनर, पाइल्ट, टिचर, हिरोइन र आफिसर जसले जे भन्छ तेहि बन्छु भन्छे । पछि उमेर बढदै जादा उसको सपना पनि बढदै जान्छ । उसले जे बन्छु भने पनि ठिकै छ । उसको सपना पूरा गर्ने सक्दो कोसिस गर्ने छौ । उसको खुशी मै हाम्रो खुशी छ । उसले भोलि समाजमा हाम्रो नाम राखोस् । उसको नामबाट हामी चिनिन पाउँ यहि हाम्रो लागि गौरवको कुरा हुनेछ । यी नै हसिली समृधीसंग मध्य नेपाल सन्देशले गरेको कुराकानी ।
तिम्रो नाम ?
समृधी गुरुङ ।
मिल्ने साथी ?
बिबिसा ।
मन पर्ने म्याम ?
इन्दु म्याम ।
मन पर्ने बिषय ?
अग्रेजी ।
मन नपर्ने बिषय ?
गुलोहर ।
धेरै के गर्न मन लाग्छ ?
पढन, टिभी हेर्न र डूोइङ गर्न ।
टिभी मा के हेर्छौ ?
काटुन ।
के को ड्रोइङ गर्न आउँछ ?
घर को ।
ठुलो भएर के बन्ने ?
अफिसर ।
मन पर्ने खाने कुरा ?
आलु पराठा ।
कस्ले बनाउनु हुन्छ ? मामुले कि बबाले ?
मामुले
मामु र बाबा मध्य कसको बढी माया लाग्छ ?
बाबा को ।
अनि मामु को ?
मामुको पनि लाग्छ ।
मन पर्ने आफ्नो बानी ?
ज्ञानी छु ।
0 comments:
Post a Comment