-

  • नयाँ खबर

    11 December, 2016

    साप्ताहिक राशिफल — २०७३ मंसिर २६ गते देखि पौष २ गतेसम्म

    साप्ताहिक राशिफल — २०७३ मंसिर २६ गते देखि पौष २ गतेसम्म

    ज्यो. पं. छविरमण सुवेदी बारा
    मेष : साताको शुरुमा व्यापार व्यवसायमा लाभ र प्रगति हुने, मनोरञ्जनात्मक रमाइलो यात्रा हुन सक्छ । साताका बुधवार, विहिवारका दिनमा शारिरीक कष्ट, मानसिक बेचैनी हुने योग देखिन्छ । शुक्रवार, शनिवारका दिनमा ईश्वरभक्तिमा मन जानेछ । भाग्यले साथ दिनेछ । “ऊँ गण गण पतये नमः” भन्ने मन्त्रको जप र गणेश दर्शन गर्नु भए भाग्यले साथ दिनेछ । 
    वृष : साताका विविहवार सम्मका दिनहरु अनुकुल रहनेछन् । यी दिनमा शत्रुमाथि विजय हुने, यात्रामा सफल्ता मिल्ने, नारी सहयोगले काम बन्ने योग छ । शुक्रवार, शनिवारका दिनमा आर्थिक संकट आफन्तसँग मनमुटाव, शारीरिक कष्ट योग रहेको महालक्ष्मी माताको सेवा गर्नु भए भाग्यले साथ दिनेछ । 
    मिथुन : साता रमाइलोसँग वित्नेछ । यो साता वादविवादमा विजयको योग छ । प्रशस्त आम्दानी हुने देखिन्छ । व्यापारमा लाभ, व्यवसायमा प्रगतिको योग छ । पारिवारिक सहयोग पनि मिल्नेछ । यो साता “ऊँह्रीं दुँदुर्गा देव्यै नमः” मन्त्रको जप र देवी उपासना गर्नु भए राम्रो हुनेछ । 
    कर्कट : यो साता खानपानमा विचार नगर्नाले स्वास्थ्य विग्रन सक्छ । व्यवसायिक कामबाट समान्य लाभ होला । पारिवारिक कलहवा मनमुटाव हुन सक्छ । मित्र सहयोगमा कमी देखिन्छ । साताको पूर्वाद्धमा भन्दा उत्तराद्र्धमा सुख, शान्ति र सफलताको योग छ । यो साता “ऊँनमः शिवाय” मन्त्र जप्दा भाग्यले साथ दिनेछ । 

    सिंह : साताको शुरुमा धन लाभ हुने मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्ने छ । साताको मध्यतिर खानपानको कारण स्वास्थ्य विग्रन सक्छ । घरेलु समस्या देखा पर्नेछ । साताको अन्त्य तिर सन्तान सुख, ज्ञान प्राप्ती र सु–समाचार प्राप्त योग छ । यो साता लक्ष्मीनारायण भगवानको दर्शन गर्नु भए राम्रो होला । 

    कन्या : यो साता खर्च बढने तर गलत काममा भने धन खर्च हुने छैन । साथीभाई र आफन्तको सहयोग मिल्ने, राज्यबाट मान सम्मान पाउने योग छ । साताका शुक्रवार शनिवारका दिनमा घर, वाहन, भूमि सम्बन्धि विवाद शरिरमा अल्छीपन देखा पर्नेछ । यो साता दुर्गा देवीको सेवा पूजा गर्नु भए शुभफल प्राप्त हुनेछ । 
    तुला : साता रमाइलोसँग वित्नेछ । साताको शुरुमा मिठो खानाको अवसर मिल्ने, साथीभाईसँग भेटघाट हुने, मान प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । साताको मध्य र अन्त्यतिर वादविवादमा विजय, मित्र सहयोग, राज्यबाट लाभ हुनेछ । यो साता भगवान राम सीताको दर्शन गर्नु भए भाग्यले साथ दिनेछ । 
    वृश्चिक : शुरुमा खर्च बढे पनि साता राम्रो छ । रमाइला कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । मानप्रतिष्ठा बढ्ने देखिन्छ । व्यापारमा भन्दा प्राविधिक व्यवसायबाट फाइदा हुनेछ । अदालती काममा विजयको योग देखिन्छ । इष्ट मित्रको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । गणेश भगवानको दर्शन र पूजा गर्नाले राम्रो हुनेछ ।
    धनु : साता मध्यम फलदायी रहनेछ । आय र व्यय बराबरै होला । प्राविधिक कामबाट फाइदा हुनेछ । साताको मध्यतिर खर्च बढने मनमा शंका व्यर्थ भ्रमण हुन सक्छ । साताको अन्त्यतिर मान सम्मान बढने, मिठो खानाको अवसर मिल्ने ग्रहयोग रहेको छ । यो साता कदली (केरा) को पूजागर्नु भए भाग्यले साथ दिनेछ । 
    मकर : यो साता आम्दानी राम्रै हुनेछ । रोकिएका काममा सफल्ता मिल्नेछ । सरकारी उल्झन सुल्झनेछ । सुख शान्ति र सफलता मिल्नेछ । शुक्रवार शनिवारका दिनमा मनमा शंका, व्यर्थ भ्रमण, हुने खर्च बढने देखिन्छ । यो साता हनुमानको दर्शन पूजा र सेवागर्दा राम्रो फल प्राप्त हुनेछ । 
    कुम्भ : साता रमाइलोसँग वित्नेछ । ईश्वर भक्तिमा मन जानेछ । भाग्यले साथदिने, प्रशस्त आम्दानी हुने देखिन्छ । सरकारी काम काजमा सफलताको योग छ । सुख शान्तिका साथ मनोरन्जन गर्दै समय वित्ने ग्रहयोग छ । यो साता “हनुमान चालिसा” पाठ गर्नु भए राम्रो हुनेछ । 
    मीन :  साताको शुरुमा वादविवाद हुने शरीरमा सामान्य चोट पटक लाग्ने योग छ । साताको मध्य र अन्त्यमा अधुरा रोकिएका काम बन्ने सोचे आटेका काममा सफल्ता मिल्ने देखिन्छ ।  प्रशस्त धन लाभ हुने मनोरन्जनात्मक खेल तमासा हेर्ने अवसर आउने र खुशियालीका साथ दिनहरु वित्ने छ । यो साता “रामरक्षा स्तोत्र” पाठ गर्नु भए अशुभ फलमा कमी आउने छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल — २०७३ मंसिर २६ गते देखि पौष २ गतेसम्म Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top