– कविता खड्का
मध्य नेपाल सन्देश
शिक्षा नै जिवनको आधार हो भन्ने नारा हामी बच्चा देखि नै पढदै आईरहेका छौ सुन्दै आईरहेका छौ । र यो यथार्थ पनि हो । अझ बाल कल्व तथा बालबालिका भएको ठाउँमा त ठुलठुल्ला व्यतिmहरुले भाषणमा आजका बाल बालिका भोली देशका करुणाधार हुन भन्ने गर्दछन । तर त्यही देशका करुणाधारहरुले आर्जन गर्ने शिक्षा दिक्षाको व्यवस्था कस्तो छ ? शिक्षालाई कतिको महत्व दिईएको छ ?यस विषयमा ध्यान गएको खासै पाईदैन । देशका करुणाधारहरुले शिक्षा आर्जन गर्ने स्थानको रुपमा हामी गाउ गाउमा रहेको प्राथमिक बिद्यालयलाई नै लिन सक्छौ । बिद्यालयमा हुनु पर्ने आधारभुत सेवा सुबिधाको बारेमा कसैलाई चासो छैन वा कसले चासो लिने । ती बालबालिकाको पढाईको भन्दा पनि त्यहा हुने विधालय व्यस्थापन समितिको चुनाव, प्र.अ.को सरुवा, शिक्षकको दरवन्दी आदीमा मात्र चासो हुने गरेको पाईन्छ ।
बिद्यालयको भौतिक अवस्थाहरुले पनि यस प्रतिको चासो चिन्ता र बिद्यालय प्रतिको माया मोहलाई झल्काउछ । बिद्यालयहरुको दुरा अवस्था हेर्दा आँखाबाट आँसु आउने खाल्का बिद्यालयहरु छन हाम्रो समुदायमा जसलाई हामी बिद्याको मन्दिर भन्दछौ । प्रत्येक गाविसमा अहिले कम्तीमा २ वटा र बढीमा ७ वटा सम्म बिद्यालय रहेको पाईन्छ तर त्यसको अवस्था दयनिय छ । बिधार्थी छन त पढाउने शिक्षक छैन, शिक्षक छन त बस्ने ठाउ छैन आखिर किन यस्तो अवस्था छ त हम्रो सामुदायिक बिद्यालयहरुको । हरेकले आ आफनो छोराछोरी डाक्टर, ईन्जिनीयर बनेको देख्न चाहन्छन तर आफनो वरीपरि रहेको बिद्यालयको प्रगति, विकास, पुर्वाधारमा कसैको ध्यान जादैन आखिर किन ? आफनो बालबालिकाको भबिष्य निर्माण गर्ने बिद्यालय प्रति आफै सचेत हुन कसले सिकाउछ कसले बुद्धि दिन्छ ?
बिधार्थीहरु शिक्षक प्रति जवाफदेहि छैनन, शिक्षकहरु बिधार्थी प्रति जवाफदेहि छैन, प्रधानाध्यापकहरु बिद्यालय व्यस्थापन समिति प्रति जवाफदेहि छैनन न त अभिभावकहरु नै बिद्यालय र बिद्यालयको विकास प्रति जवाफदेहि देखिन्छन । खाली एकले अर्कालाई दोषारोपण मात्र गर्ने काम गर्छन । बिद्यालय व्यस्थापन समितिको काम बिद्यलायको सहि व्यवस्थापन गर्ने र बिद्यालयमा पढाईको वातारण बनाउने होे तर यसो गरिएको कहि कतै पाईदैन । कहिले काहि त बिद्यालय व्यस्थापन समितिको विवादले १÷ १ महिना बिद्यालयमा ताल्चा मारेको समाचार पढन पाईन्छ जव बिद्यालयमा नै ताल्चा लागे पछि के को लागि बिद्यालय व्यवस्थापन समिति ? के का लागि अभिभावक समिति ? आखिर कहिले सम्म यसरी हामी बिधार्थीको जीवनसंग खेल्वाड गर्छौ ? शिक्षकहरु पढाईको गुणस्तर भन्दा पनि आफ्नो राजनिति र अरु कामको प्राथमिकतामा ध्यान दिन्छन । बिषयगत कमजोर बिधार्थीहरुलाई बिद्यलायमा थप समय र थप मेहनत गर्नुको सट्टा ट्युसन र कोचिंङ्गको सल्लाह दिन्छन र आफै संचालक भएर गरिव बिधार्थीसंग चर्को शुल्क असुल्ने काम गर्छन के यहि हाम्रो शिक्षा प्रणालीमा आएको गणतन्त्र ? बिद्यलयको पढाईको बिषयलाई लिएर अभिभावकहरु कहिल्यै पनि बिद्यालयमा आउदैनन । कहिले पनि शिक्षक र प्रधानाध्यापकसंग गुणस्तरीय शिक्षाको बारेमा छलफल गर्दैन । यहासम्म की बालबालिको प्रगति विबरण देखाउन बोलाउदा समेत बिद्यालयमा नआउने अभिभावकहरु आफने छोराछोरी फेल भए पछि शिक्षक र प्रधानध्यापकसंग झगडा गर्न आउछन । एस एल सी परिक्षामा जसरी भए पनि आ आफ्नो छोराछोरीलाई पास गराउनका लागि केन्द्र, केन्द्राध्यक्ष , निरीक्षक र नेताको घर घरमा धाउछन आखिर किन यसरी ? कहिले सम्म यसरी ? बिद्यालयको पढाई प्रति चासो नराख्ने तर एस एल सी परिक्षा आए पछि हुनेवाला ससुरा समेत चिट चोराउनका लागि परिक्षा केन्द्र समेत पुग्ने के यहि हो हाम्रो छोराछोरीको पढाई प्रतिको हाम्रो जिम्मेवारी ?
बिद्यालयको पुर्वाधारको बिषयमा कुरा गर्दा प्राथमिक बिद्यालयको अवस्था झनै कमजोर रहेको देखिन्छ ? जवकी जग बलियो भने कै प्राथमिक हो । जिर्ण भवन, घासे मैदान, बाहिर शौचले भरिएको शौचालय, रातीमा कुकुरले आराम गर्ने कक्षा कोठा, बिद्यालयको प्राङ्गणमा स्थानिय वासिले राखेको पराल, भत्केको प्रवेश द्धवार यो पहिचान हो हाम्रो प्राथमिक बिद्यालयको । यस्तो ठाउमा अध्ययन गर्ने बालबालिकाको मानसिकता कस्तो होला ? उसले आर्जन गर्ने शिक्षाको गुणस्तर कस्तो होला ? हामीले कहिल्यै सोचिरहेको छैनौ । प्रत्येक वर्ष त्यही बिद्यालयको वरीपरी बसेर त्यस गाविसमा आएको सरकारी रकमको बाड फाड हुन्छ । बिद्यालयको नाममा आएको राहतको हिसाव फर्छयौट हुन्छ तर त्यो बिद्यालय दर्शक मात्र बनेको पाईन्छ । त्यस बिद्यालयको विकासमा गाविसको योग्दान भएको पाइैदैन । आखिर विकास को नजरमा किन पर्दैन बिद्यालय ? किन बिद्यालयको विकासमा समाजको महत्वपुर्ण व्यतिmहरुको ध्यान जादैन ? के हाम्रो शिक्षा प्रणाली यस्तै रहन्छ ।
अहिले चारै तिर संघियता, राज्य पुर्नसंरचना, प्रान्तीय राजधानी को चर्चा चलिरहेको छ तर शिक्षालाई कसरी अगाडी बढाउने, शैक्षिक संस्थालाई कसरी व्यस्थापन गर्ने भन्ने विषयमा चर्चा भएको पाईदैन ? आखि किन ? सरकार, जनता सवै यस विषयमा छलफल गर्नु पर्ने होईन र ?
0 comments:
Post a Comment