अञ्जली चौहान, |
मध्य नेपाल सन्देश,
हामीले डिजाइनर ड्रेसको कुरा गर्दा विवाहमा, पाटीमा, गर्मीमा, चाँडवाडमा लगाउने पहिरनको निकै चर्चा ग¥यौँ । तर हामी मौसम अनुसारको पहिरनको चर्चा गरौँ । किनभने जाडो पनि बढ्दै गएकोले जाडो मौसममा पनि हरेक व्यक्तिहरुले फेसनेवल पहिरन लगाउन पछि पर्दैनन् त्यहि भएर जाडोमा पनि कस्तो पहिरन लगाउन सकिन्छ भन्ने कुरा जानी राख्नुपर्दछ ।
बजारमा जाडोको लागी पनि विभिन्न डिजाइन र विभिन्न किसिमका कपडाहरु पाईन्छ । जस्तै कलेज पढ्ने केटाकेटीका लागि, अफिसमा काम गर्ने व्यक्तिका लागि र गृहणी हरेक व्यक्तिको इच्छाअनुसार बजारमा कपडाहरु सजिलै पाईन्छ । तर हामीले जस्तो पायो त्यस्तै कपडा लगाएर पनि हुन्न अफुलाई कन्फटेवल र आफुमाथी सुहाउने खालको कपडाको छनौट गर्नु पर्छ । जस्तै जिन्स, भेस्ट,टि सर्ट, सर्ट, पाईन्ट लगाउने महिलाहरुको लागि यदि कपडा छनौट गर्नुपर्दा आफुलाई कुन रङ्ग सुहाउदो हुन्छ र कस्तो किसिमको डिजाइनको लगाउदा प्रफेक्ट देखिन्छ ध्यान दिएर छनौट गर्नुपर्छ ।
जिन्स नै लगाउनु पर्दा जिन्स संग म्याच गरेर ऊनिको लङ्ग स्लेभस भएको भेस्ट र त्यसको कम्बीनेसनमा लङ्ग कोट र माथिबाट सानो पातलो स्टल राख्न सकन्छ । घाटि ढाक्नलाई चिसो बाट पनि बचाउछ । यदि कसैको (हाइट) सानो छ भने उसले लङ्ग कोट संग लामो हिल भएको क्लोज सुज लगाउदा त्यसैको कम्बीनेसनमा लङ्ग कोट नलगाएर सर्ट छोटो लम्बाइ भएको कोट वा कलर भएको स्वेटर लगाउदा प्रफेक्ट कम्बीनेसन देखिन्छ । आजकाल बजारमा खास जाडोको लागि लेडिज पाइन्टहरु भित्र भुवादार ऊनी भएको लगाउँदा न्यानो बनाइ राख्ने लेगिज, कोरियन पाइन्ट, जिन्सहरु उपलव्ध छन् । त्यस्तै विहे भएको महिलाहरु त्यस्ता जिन्स लगाउन नरुचाउने महिला हरुले ऊनीको न्यानो कुर्ता र लेगिज आफना रुचि अनुसार लगाउन सक्छन । अहिले ऊनीको कुर्ता र लेगिजहरु विभिन्न डिजाइन र बुट्टेदार कुर्ताहरु पनि बजारमा किन्न सकिन्छ । सथै विभिन्न डिजाइनका स्टलहरु नरम, मुलायम र फरक फरक कलरमा पाउन सकिन्छ । आफना ईच्छा अनुसार कलर कम्वीनेसन गरेर लगाउन सकिन्छ । त्यसैमा म्याच गरेर क्लोज सु पनि लगाउन सकिन्छ । किनभने चाडोमा सेन्डलको प्रयोग खासै नभएको देखिन्छ ।
यस्तै साडी लगाउने महिलाहरुका लागि सुतिको साडी जाडोको लागी धेरै न्यानो र राम्रो हुन्छ सुतिको साडी पनि लगाउन रुचि नहुने धेरै महिलाहरु होलान् तर सुती साडिहरु पनि आजकाल बजारमा विभिन्न डिजाइनर प्रिन्टमा र रेसम कडाई बुट्टामा पाउन सकिन्छ । साडिसंग न्यानो ऊनीको ब्लाउजको पनि फेसन बढ्दै गएको छ । जाडोको मौसममा मखमल भेल्भेट कपडाको ब्लाउज पनि विभिन्न डिजाईनमा सिलाएर लगाउन सकिन्छ । अहिले बजारमा पनि भेल्भेटमा पनि विभिन्न किसिमका बुट्टाहरु प्रिन्टहरु भएका कपडा उपलब्ध छन् ।
0 comments:
Post a Comment