— कविता खड्का
मध्य नेपाल सन्देश
वि.सं. १९९८ सालमाभारतको गुजरातमा अनिकाल परेपछि ज्यान जोगाउन नेपाल आएका गुजराती समुदायले ७५ वर्ष फुटपाथ व्यवसाय मै विताएका छन् । गुजरातबाट विभिन्न ठाँउमा भौतारिदै नेपाल आइपुगेका कासीराम गुजराती सहितका उनका केही आफन्त यस अघि वीरगंज घण्टाघरमा रहेको रेल्वे स्टेसनको खाली जग्गामा पालमुनी बस्ने गरेका थिए । कहिले त्रिपालको घरलाई हावाले उडाउँने त कहिले पानीले ओच्छ्यान समेत डुवाइ दिने गरेपछि रातारात सडकमा बस्न बाध्य हुने गरेको कासीरामले दुखेसो सुनाए ।
यसरी बस्ने क्रममा करीब ३५ बर्ष पहिले रेल्वे स्टेसन कै अगाडी खालीजग्गा भाडामा लिएर स-साना टहरा बनाइ बस्न थाल्दा सुरुमा एउटा टहराको रु ६ सय भाडा पर्दथ्यो अहिले उनीहरु १५ वटा टहरा वनाएर प्रति टहराको मासिक रु १५ सय तिरेर ८५ जनाको समूह बस्दै आइरहेको उनीहरुको भनाइ छ । पहिले भन्दा केही जीवनयापन गर्ने तरिका सामान्य बदलिए पनि आफ्ना सन्ततिहरुको शिक्षा दिक्षाको भने उनीहरुलाई साह्रै चिन्ता रहेको पाइएको छ । आफू त जसोतसो जीवनको उत्तराद्र्धतिर पुग्न थाले पनि सन्ततिहरुले अझै पढ्न र म यो देशको नागरिक हो भन्ने यकिन गर्न सकेका छैनन् कासीरामले भने ।
बजारबाट स्टीलको भाडाकुडा खरिद गरी टाउकोमा भाडाकुडा बोकेर बिहान ७ बजेदेखि रातनपरुन्जेल सम्म वीरगंज शहरको गल्ली-गल्लीको प्रत्येक घर पुगी पुरानो कपडामा भाडाकुडा साटने दैनिकी नै बनेको छ । त्यो साटेर ल्याइएको कपडालाई आफ्नो निवासमा ल्याई सफासंग धोई पखाली आईरन गरेर रेल्वे स्टेसन अगाडीको सडकमा बेच्ने आफ्नो व्यवसायको शैलीको सविस्तार उनले सुनाए । पुरानो कपडाको व्यापार गर्दा मासिक यति नै कमाई हुन्छ भन्ने यकिन नहुने ती गुजरातीहरुको भनाइ छ । कहिले काही साफै विक्री हुदैन, भने मेला पर्वको वेला बढी कमाई हुन्छ । करिब महिनामा ६ देखि १० हजार सम्मको एउटा पसलबाट आम्दानी हुने ४३ वर्षका दिपक गुजराती मालीले मध्य नेपाल सन्देशलाई बताए ।
त्यो सडकको छेउको फुटपाथमा पसल थापी बस्दा पसल अगाडी गाडीवालाले गाडी लगाई दिने र टांगा वालाहरुले पनि निकै दुख अभ्यस्त बनाउने गरेको उनीहरुको भोगाइ छ । आमाबुबा वीरगंजको गल्ली गल्लीमा भाडाकुडासंग कपडा साट्न जानु पर्ने भएकोले वच्चा र वृद्ध तथा वयस्क छोरी चेलीहरुले पसलमा बस्दा अरुले जिस्क्याउने अनावस्यक मानसिक तनाव हुने उनीहरुको आफ्नै पीडा छ । ठूल्ठूलो सटरमा पसल खोलेर बस्ने हामीसंग पैसा छैन । सानो ठाउँ सडकको छेउमा पसल गरेका छांै त्यो पनि वेलावेलामा नगरपालिकाले हटाउने हल्ला गर्छ र कहिले हटाइ नै दिन्छ ।
जन्म नेपालमा भयो, बिहेवारी यही भयो । एक छोरा र एक छोरी छन् । यही ठाउँमा पसल संचालन गर्दा गर्दै आमाबुवा बित्नु भयो । अव जाउँ त हामी कहाँ जाउँ गहभरी आशु पार्दै ३४ बर्षीय पुनम गुजरातीले बताइन् । आफनो नागरिकता तथा बालबच्चाको जन्म दर्ता नभएका कारण सरकारी बिद्यालयमा छोराछोरीको पढाइका लागि भर्ना हुदैन । न त बोर्डिङ्गमा पढाउने पैसा छ । हाम्रो जीवन त यसरी दुखःमय जेनतेन गरी चल्दै छ । तर छोराछोरीको भविष्य अझ अन्यौलमा छ । न त हामी आएका ठाउमा फर्केर जान सकिरहेका छांै । न त यहाँ हाम्रो कसैले कुरा सुन्छ सविता गुजरातीले भनिन् । हामीलाई संयुतm रुपमा बस्ने वास, पसल संचालनका लागि एक ठाउँमा व्यवस्थित गरिदिने र छोराछोरीको पढाईमा सरकारले सहयोग गरिदिए हाम्रो पनि कल्याण हुने थियो उनले भनिन् । गरीव भएता पनि एक आपसमा कसरी मिलेर बस्नुपर्छ भन्ने अन्य समूदाय भन्दा आफूहरुले कमन नबुझेको उनीहरुको भनाइ छ ।
एकलाई पर्दा अर्कोले सहयोग गर्ने र आफनो दुखः सुख एक आपसमै बाड्ने गरेका छौं । यिनीहरुको बिवाह पनि आफनो समुदाय भित्र नै हुने गरेको छ । ८५ जनामध्ये लगभग ४५ जनाले टोलीमा नागरिकता बनाएका छन् भने बाँकीको नागरिकता बन्न सकिरहेको छैन ७५ बर्षीय कासीराम गुजरातीले बताए । उनको अहिले सम्म नागरिकता बन्न सकेको छैन । यहि मेरो नागरिकता भएको भए वृद्ध भत्ताबाट औषधी उपचार गर्थे, मेरो कमाउने कोही छैन उनले आफनो दुखेसो सुनाए । पहिले पहिले शौच गर्न उनीहरु स्टेशनको खाली जग्गमा प्रसस्त थियो । त्यस पछि जग्गा धनीले शौचालय निर्माण गर्दा शौचालय मै जान्थे,तर शौचालय भरीए पछि निकै नै कठिन भएको उनीहरु बताउछन् । नगरपालिकाले वीरगंज स्थित घण्टाघरको छेउमा निर्माण गरेको सार्वजनिक शौचालयमा प्रतिव्यतिm रु १० का दरले तिरी बिहान शौच गर्न जानुपर्ने पनि उनीहरुको अर्को बाध्यता छ ।
0 comments:
Post a Comment