– कविता खड्का
मध्य नेपाल सन्देश
विगत २७ वर्ष देखि चिकित्सा पेशामा कार्यरत बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर अशोक दास वीरगंजमा मात्रै परिचित होईन । उहाँको पेशाले वीरगंजमा उपचार गराउने विरामीहरुले वीरगंजलाई समेत परिचित गराउने गर्दछन् । वहासँग मध्य नेपाल सन्देशले जाडो र गर्मी महिनामा हुने निमुनियाका बारेमा बुझन खोजेका छौँ प्रस्तुत छ, वहासँग गरिएको कुराकानी ।
१) डाक्टर साब खासमा निमुनिया भनेको के हो ? यो कति प्रकारका हुन्छन् ?
सधारण नेपाली भाषामा निमुनीया भनेकै फोक्सोको सुजन हो । यो धेरै किसिमको हुन्छ । सधारणतया बच्चाहरुमा हुने निमुनिया भनेको सासको रेट बढी हुनु, सास लिन गाह्रो हुनु, कोखा हान्नु निमुनिया हो । हाम्रो मेडिकल अनुसार हामीले जब एक्स रे गर्छौ अनि ठ्याकै कति निमुनिया छ भन्ने थाहा हुन्छ, जस्तै लोवर निमुनिया, एउटा मात्रै लोवर समात्यो त्यसलाई लोबर निमुनिया भनिन्छ । हाम्रो दुई वटा फोक्सोको दाहीने फोक्सोमा २ वटा भाग र देब्रेमा ३ वटा भाग हुने गर्दछन् । अब कतिको लोव समातेको छ, त्यसै अनुसारको यसको प्रकारहरु हुने गर्दछन् ।
२) यो कति उमेर समुहका मानिसमा हुने गर्दछन् ?
निमुनिया जसलाई पनि हुन सक्छन, तर सधारणतया बच्चालाई नै बढी खतरा हुने गर्दछन् । यो फोक्सोको इनफेक्सन हो । यो जुनसुकै उमेर समुहलाई पनि हुन सक्छन् । यदी कुनै पनि विरामीले गर्दा शरिरको प्रतिरोधात्मक क्षमता कमजोर भयो भने निमुनियाले समात्न सक्छ । जस्तै एड्स, क्षयरोग भएको विरामीलाई या कुनै पनि किसिमको लामो समय संकरमण भएका विरामीलाई निमुनियाले ज्यान लिन सक्ने गरी विरामी बनाउन सक्छन् । तर हामीले हेर्दा सबभन्दा बढी खतरा भनेको जन्मेको ६ महिना भित्रका बच्चालाई निमुनिया हुने जोखिम बढी हुन्छ ।
३) निमुनीया भएको भनेर कसरी थाहा पाउने ? यसका लक्षणहरु के के हुन ?
जति सानो बच्चा हो त्यसलाई पहिचान गर्नु गाह्रो नै हो, तर यसको लक्ष्णहरु पहिचान गर्नुपर्दा खासमा बच्चाहरुको नाक जाम हुनु, यसका भिताहरु चल्ने, दुबैतिर फ्लाक्क फ्लाक्क गर्नु भनेको निमुनिया शुरु हुनु हो, यसैगरी सास अलि लामो लामो लिनु, दुध खादा अलि अफ्ठयारो मान्ने सास लिनुपर्दा मुखबाटै लिनुपर्ने हुदाँ दुध खानु र सासलिने गर्दछन् । यसैसँगै बेचैनी हुनु, कोखा हान्नु यो भन्नाले बच्चाको तल्लो पेट धसिनु हो । त्यहि अनुसार बढी निमुनिया भएको बच्चाको छातिको माथिल्लो भाग, हासुलि हाडको भन्दा पनि माथिल्लो भाग धासिएको हुनु भनेको निमुनियाको जोखिम अवस्था हो भनेर बाहिरबाट पहिचान गर्ने अधार हो । यसगरी राम्रोसंग हेर्न सक्नु भनेको सास लिने स्पिड हो । बच्चाको एक मिनेटमा मोटामोटि ४० देखि ६० पटक हुनुपर्छ । यो भन्दा बढी भयो भने निमुनिया शुरु भयो भनेर बुझन सकिन्छ । डब्लु एच.ओ. को क्लासिफिकेशन छ, ६० भन्दा जति बढ्यो त्यति खतरा हुदै जान्छ । यस्तो अवस्थामा तुरुन्तै स्वस्थ्य संस्थामा सम्पर्क गरिहाल्नु पर्छ ।
४) नेपालमा निमुनियाबाट विरामी हुने मानिस सरदरमा कति होला ?
निमुनियाको क्षेत्र हेरी हेरी हुन्छ, सरदरमा एक हजारमा १०५ जना यसबाट प्रभावित हुने गर्दछन् भने यसबाट एक(दुई जना जतिको मृत्यु हुने गर्दछन् । यसमा पनि स(साना जन्मपछीका विरामीहरु पर्ने गर्दछन् । पहिला भन्दा अहिले नवजात शिशु सघन कक्षको व्यवस्था भएको हुदाँ यदी विरामी समयमा पुग्यो भने निमुनिया भनेको निको भएर जाने विरामी हो । कही कतै भनाईहरु सुन्नु भएहोला, एक पटक निमुनिया भयो भने ५ वर्ष सम्म हुने विरामी हो भन्ने गर्दछन् कति डक्टरहरुले पनि यस्तो भनेको पाईन्छ तर यो एकदमै गलत कुरा हो । निमुनिया भनेको निको भएसक्ने विरामी हो । यदि ठिकसँग औषधी भयो भने निको भईसक्ने हो । निमुनिया भनेको पटक पटक हुदैन । कहिले काहीँ कुनै कुनै लुकेर मात्रै बसेको हुन्छ । यो एक्सरे बाट प्रष्ट भईहाल्छ । यदि पटक पटक निमुनिया हुन्छ ठिक हुन्न भने त्यो क्षयरोगको पनि कारण हुन सक्छ ।
५) जस्तै हिजोका दिनमा निमुनिया भएमा विभिन्न घरेलु उपाय गर्ने गर्दछन् त्यो कतिको उपयुक्त छन् । तत्कालै निमुनिया हुदाँ कस्तो खालको घरेलु उपाय अपनाउनु पर्दछन् ?
सबभन्दा सजिलो भनेको नाक, कान, पिसाब फेर्ने ठाऊँ जस्ता प्वालहरु टाल्नु हुन्न । यसमा तेल हाल्ने गर्ने गर्दछन् यस्तो गर्नु हुन्न । बच्चालाई गुम्साएर राख्नु नहुने । सुतेर दुध नखुवाउने, बट्टाहरुबाट दुध नखुवाउने, लुगा पनि यतिमात्र लगाउने जतिले शरिरमा पसिना आउन नदेओस् । सरकारले दिएको खोप सधै पुरा गर्ने ।
६) बच्चा जन्मिदै निमुनियाको सिकार भएर जन्मेको हुन्छ यो चाँही किन हुने गर्दछन् ?
निमुनिया हुने भनेको जुन उमेरमा पनि हुन सक्छ । जन्म लिनु भन्दा अगाडी नै गर्भमा सास लिएको छ भने विशेष कुनै कारणले निमुनिया हुन सक्छ ।
७) हामीले दशकांै देखि निमुनियाको बारेमा सुन्दै आएका छौँ । तरपनि अहिले सम्म निमुनियाको विरामी कमी भएको पाईदौनौँ किन होला ? यसका बारेमा जनचेतना नभएर हो की ?
पढे लेखे समुदायमा निमुनिया कम हुन लागेको छ । अझै पनि पिछ्डेको वर्गमा, गाँउघरमा जुन एउटा भ्रम फैलिएको छ त्यो कम गर्नुपर्छ । जस्तै गाउँघरमा कानमा तेल हाल्यौ भने कान चर्को राम्रो सुन्छ भन्छ । मैले भन्ने गर्छु कुकुरले कहिले पनि कानमा तेल हाल्दैन कुकुर कति चर्को सुन्छ हामीले तेल हालेर झन कम सुन्छौँ चर्को सुन्दैन् । त्यस्तै नाकमा तेल हाल्नु सब फोहर निस्कन्छ, म भन्छु नाकमा फोहर हुन्छ कहाँ ? हामीले हालेपछी फोहर हुन्छ । मुखमा पनि तेलले पुछ्ने गर्दछ यो एकदमै गलत प्रथा हो । त्यस्तो गर्दाखेरी सास लिने सिस्टम विग्रन्छ यस्तो अवस्थामा पनि निमुनिया हुन सक्छ । घरमा पानी खुवाउनु हुन्न भन्छ, छेरपाटी लागेको छ, मान्छेलाई पानी खुवाउदैन । त्यसैले सधारण कुराहरु अलिकता विचार न मान्ने, भ्रम फैलिएको मान्छेहरुको जुन पहिलेको सोचाईछ, सुतेर दुःध खुवाउनलाई कसैले छोडेको हुदैन । अनि त्यो कुराले गर्दा निमुनिया भईदिने हो । सुताउदाँ अलिकता माथि गरेर सुताईदिने हो भने पेटको फोहर वान्ता गरेर घाटीतिर जादैनन् ।
यहाँ हाम्रो ठाउँमा होम डिलेभरी गर्ने गर्दछन् गाऊँघरकै व्यक्तिहरुले डिलेभरी गराउछ । धेरैलाई थाहा नभएको पनि हुन्छ जब सम्म थाहा हुन्छ तब मात्रै अस्पतालमा ल्याउने गर्दछन् ।
८) निमुनियाका बेला विभिन्न डाक्टर कहाँ जादाँ फरक फरक औषधी दिने गर्दछन् । कतिको निको हुने कतिको ज्यानपनि समेत जाने गर्दछन् यस्तो बेलामा डाक्टरहरुले कतिको सजकता आपनाउनु पर्ने हुन्छ ?
अब यो अनुभव र अभ्यासको कुरा हो, यो किताब मात्रै पढेर हुन्न हामीले दिदाँखेरी अभ्यासको अधारमा दिने हो । कुनैपनि चिकित्सकले खराब सोचेर औषधी दिदैन्, अनुभव भएका चिकित्सकहरुबाट गल्ती भनेको कमै हुन्छ । र अर्को कुरा नयाँ चिकित्सकले कुनै औषधी दिएर विरामी विग्रेला भन्नु गलत कुरा हो । त्यो हो हल्ला गर्ने न्यू खोज्ने बाटो मात्रै हो । कोही पनि औषधी दिएर विग्रेला भनेको गल्त कुरा हो तपाईले खुवाएको औषधी मिलेन की ? खाना कसरी खाने, सुत्ने कसरी, नाकमा फोहर आयो तान्ने कसरी, कफ, भयो लगायतमा ध्यान दिएको हुदैन् । मानिसहरु अस्पतालमा भर्ति हुन मान्दैनन् । भर्ना हुने वितिकै लुट्न, ठग्न भन्ने सोच गर्दछन् । तर अस्पतालमा भर्ना भयो भने त्यो सबै समयमा हुन्छ, औषधीसंगसंगै हेरचाह गर्नुपर्ने हुन्छ । कपडा कति लगाउने, नसर्कोस भनेर विचार गर्ने, नाकहरु सफा गर्ने, मुख सफा गर्ने अनि त्यो चिकित्सकले दिएको औषधी पनि काम गर्छ ।
९) अन्त्यमा यसको सजकता कसरी अपनाउदाँ राम्रो हुन्छ ?
सरसफाई राख्नुस, तौल राम्रो भएको बच्चा तन्दरुस्त हुन्छ, सुरुवातका लागी आमालाई राम्रोसंग खुवाउनु पर्दछ । पहाडीया समुदायमा खानपिनका लागी एकदमै सजक भईसके तर मधेशको मानिसहरु अहिलेपनि छठियार नभएसम्म नुन पनि न खा भन्छन् । मासु माछाको त कुरा परै जाओस् । आमालाई चोखा मात्रै खुवाउने गर्दछन् । जसले गर्दा दुध कम हुन्छ ड्ब्बाको दुध प्रयोग गर्छन् जसले गर्दा बच्चाको फोक्सो नै सेतो भएर आउँछन् । निमुनिया ठुलो विरामी होइन् । समयमै उपचार गर्नु पर्छ । नहुन दिनका लागि सतर्कता अपनाउनु पर्छ ।
अझै मधेशमा एउटा गलत फेमी के छ भने आमाले खाएर बच्चा विरामी भयो । आमाले पानी खाईदियो विरामी भयो भनेर आउँछ । यो एकदमै गल्त कुरा हो । आमाले जे खाएपनि केही खरामी बच्चालाई गर्दैन । यसको सधारण उदाहरण के हो भने गाईले खाएर गाईको बच्चा विरामी भएको देख्नु भएको छ ? हामीले जति पनि हलेदो खाएपनी दुध त सेतै हुन्छ भनेपछी विरामी कसरी पहेलो हुन जान्छ ? जब दुधै पहेलो हुदैन् ? आमाले हरेक चिज पोषक तत्व खानुपर्छ ।
यदी आमा विरामी भयो भने बच्चा पनि विरामी हुन्छ ठिक छ, तर आमा ठिक्छ भने बच्चा विरामी हुदैँन । जति पोषक तत्व खान्छौँ बच्चा तन्दरुस्त हुदै जान्छ । सजक्ताको जरुरी छ, निमुनिया ठुलो कुरा होइन् । जन्स्वास्थ्यले पनि यसमा ध्यान दिनुपर्छ । चिकित्सकहरुले पनि निमुनियाका विरामी आएपछि फेरी विरामी नहोस् भन्ने हेतु ख्याल गरेर उपचार गर्नुपर्छ । त्यसो भएपछि मात्र हाम्रो स्वस्थ्य बच्चा स्वस्थ्य समाज निर्माण हुन सक्छ ।
0 comments:
Post a Comment