-

  • नयाँ खबर

    04 December, 2016

    साप्ताहिक राशिफल — मंसिर १९ देखि २५ गते सम्म

    २०७३ मंसिर १९ गते देखि २५ गते सम्म 

    ज्यो. पं. छविरमण सुवेदी बारा
    मेष — साताका बुधवार सम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनहरुमा सरकारी उल्झन सुल्झनेछन् । कर्मप्राप्ती काममा सफल्ता मिल्नेछ । प्रशस्त आम्दानी हुने मनोरन्जन गर्दै दिनहरु वित्नेछन । विहिवार बुधवारका दिनमा बेचैनी खर्चवृद्धिको योग छ । साताको अन्तिम दिन शनिवार पारिवारिक जमघटका बीच मिठो खानाको अवसर मिल्ने ग्रहयोग परेको छ । 
    वृष — साता रमाइलोसँग वित्नेछ । साताको शुरुमा धर्मकर्म र ईश्वर भक्तिमा मन जानेछ । साताको मध्य र अन्त्यतिर वैदेशिक काममा सफलता मिल्ने सरकारी उल्झन सुल्झने प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । मुहारमा कान्ति, मनमा शान्ति र शरीरमा स्फूर्ति देखा पर्ने साता देखिन्छ । 
    मिथुन  साताका आइतबार सोमबारका दिनमा कोही कसैसँग विवाद हुने, आर्थिक समस्या र शारीरिक कष्टको ग्रहयोग रहेको छ । मंगलबार देखि शनिवारसम्मका दिनहरु अनुकुल छन । यी दिनमा छोटो दुरीको तीर्थ यात्रा हुने राज्यबाट लाभ समर्थन मिल्ने आफू भन्दा ठूलाबाट प्रशंसा मिल्ने ग्रहयोग रहेको छ । 
    कर्कट — साताको शुरुमा व्यापार व्यवसायमा लाभ प्रगति हुनेछ । मनोरन्जनात्मक यात्रा हुने यात्रा फलदायी रहनेछ । साताको मध्ये भागमा आर्थिक संकट शारीरिक पीडा काममा अलमल हुनेछ भने साताको अन्त्यतिर काममा प्रगति धार्मिक रुची बढने र सरकारी लाभ मिल्ने ग्रहयोग रहेको छ । 
    सिह — साताका बुधवारसम्मका दिनहरु रमाइलो गर्दै वित्नेछ । यी दिनमा वाद विवादमा विजय प्रतिस्पर्धामा सफलताकडा परिश्रमबाट कार्य सिद्धिको योग रहेको छ । व्यपार व्यवसायमा लाभ प्रगति हुनेछ । प्रेममा सफलता र दामपत्य जीवनमा सुमधुरता देखा पर्नेछ । विहिवार शुक्रवार र शनिावरका दिनहरु राम्रा छैनन । यी दिनहरुमा खादा हिडदा र बोल्दा सर्तकता आवश्यक छ । 
    कन्या — साता रमाइलोसँग वित्नेछ ।साताको शुरुमा ज्ञान विज्ञान सम्बन्धि चर्चा परिचर्चामा समय वित्नेछ । विदेशी आफन्तको सुसमाचार आउनेछ । कडा परिश्रमबाट धनलाभ हुनेछ । विरोधी सँग विजय प्राप्तीको योग छ । व्यापारमा लाभ र उद्योग व्यवसायमा प्रगति हुने देखिन्छ । बुद्धि पु¥याएर काम गर्नु भए साता फलदायी रहनेछ । 
    तुला — साताको आइतबार, सोमबारका दिनमा घरेलु समस्या देखा पर्ने आफन्तसँग मनमुटाव हुने मनमा चिन्ता भय रहने ग्रहयोग देखिन्छ । मंगलवार देखि शनिवार सम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा परीक्षा आदि प्रतिस्पर्धामा स)फल्ता मिल्ने पढाइमा अभिरुचि बढनेछ । कडा परिश्रमबाट काममा सफल्ताको ग्रहयोग रहेको छ । 
    वृश्चिक — साताको शुरुमा मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । प्रशस्त आम्दानी हुने शारीरमा पराक्रम बढनेछ । साताको मध्यतिर घर, वाहन र भूमि सम्बन्धि समस्या देखा पर्नेछ । मनमा भय शरीरमा अल्छीपन देखा पर्नेछ । मनमा भय शरीरमा अल्छीपन देखा पर्नेछ । भने साताको अन्त्यतिर ज्ञानविज्ञानको चर्चा परिचर्चामा समय वित्नेछ । 
    धनु — साताका बुधवार सम्मका दिनहरु अनुकुल रहनेछ । यी दिनमा घरमा पाहुनाको आगमन हुने अतिथि सत्कारमा धनखर्चको योग देखिन्छ । राज्यबाट लाभ समर्थन मिल्नेछ । विहिवार शुक्रवार र शनिवारका दिनमा घरेलु समस्या र मनमा खिन्नता देखा पर्ने ग्रहयोग रहेको छ । 
    मकर — साता रमाइलोसँग वित्नेछ । यो साता तपाईको बोली व्यक्तित्वले सबैलाई प्रभावित तुल्याउनेछ । पारिवारिक जमघटका बीच मीठो खानाको अवसर मिल्नेछ । घरमा विशिष्ट तहका मानिसको आगमन हुने अतिथि सत्कारमा धनखर्चको योग छ । मित्र सहयोगले महत्वपूर्ण काममा सफल्ता मिल्ने देखिन्छ । 
    कुम्भ — साताका आइतबार र सोमबारका दिनमा मनमा बेचैनी काममा अलमल र व्यर्थ भ्रमण हुनसक्छ । अनावश्यक खर्चको योग रहेको छ । मंगलवार देखि शनिवारसम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा अन्नलाभ, धनलाभ हुनेछ । मानसम्मान र पुरस्कार पाउने ग्रहयोग रहेको छ । प्रशस्त धनलाभ हुने घरमा अतिथिको आगमनको ग्रहयोग देखिन्छ । 
    मीन — साताका आइतबार सोमबारका दिनमा प्रशस्त धनलाभ हुनेछ । मनोरन्जन गर्दै समय वित्नेछ । मनमा प्रशन्नता छाउनेछ । मंगलवार, बुधवारका दिनमा अनावश्यक खर्च, काममा अलमल र व्यर्थभ्रमण मानसिक चिन्ता हुने देखिन्छ । विहिवार, शुक्रवार र शनिवारका दिनमा मानसम्मान बढने, पुरस्कार पाउने र बोली व्यक्तित्व बढने ग्रहयोग छ । बुद्धि पु¥याएर काम गर्नु भए सोचे आँटेको काममा सफल्ता मिल्ने साता रहेको छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल — मंसिर १९ देखि २५ गते सम्म Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top