– सन्ध्या पौडेल
मध्य नेपाल सन्देश,
दानबीर नाम गरेको एउटा ब्यति थिए । जो एकदमै दानबीर थिए । मानिसहरुले उनलाई आजको यूगको कर्ण मान्थे, कोई पनि ब्यति उनको दैलोबाट खाली फर्किन्नथे । जो कोहीलाई पनि धनको आवश्यकता पर्थाे । त्यो दानबीर कहाँ नै पुग्थे । उनी पनि आफूले सक्ने सहयोग गदर्थे । केही समय बिते पछि उनको आर्थिक अवस्था निकै कमजोर हुन थाल्यो । उनी दुःख नहुन भन्ने सोचेर मानिसहरु उनी कहाँ गएर मदत माग्ने क्रम कम गर्न थाले, यो देखेर दानबीर एकदमै दुःखी रहन थाले ।
रातको समय थियो ठक ...ठक...ठक कसैले ढोका खटखटायो दानबीरले ढोका खोलेर हेरे त्यहाँ एक दुःखी गरिब ब्यतिm हाथ जोडेर उभिएका थिए । दानबीरले निकै दयालु स्वरमा सोधे के सेवा गर्न सक्छु म तिम्रो ? त्यसपछि त्यो ब्यतिmले भन्यो मालिक धनको अभावले गर्दा मेरो छोरीको बिवाह हुन सकेको छैन । बिरामीले गर्दा सबै पैसा र साहुले जमिन खेत कब्जा गरेका छन् । के मेरी छोरी कुमारी नै रहिरहुन् । उसको विवाह हुदैन । त्यो ब्यति भन्दै रुन थाल्यो । उनको आफ्नो घर खर्चको लागी केही पैसा राखेका थिए । जुन बिवाह गर्नका लागी दिन भनेको हातीको मुखमा जिरा जस्तै हुन्थ्यो । भित्र उनकी श्रीमती सुती रहेकी थिईन । उनको नजर श्रीमतीको हातमा लगाएका सुनका बालामा पर्यो । उनले बिस्तारै श्रीमतीको हातको एउटा बाला निकालेर त्यो गरिबलाई दिदै भने । मित्र म संग अहिले यति नेै छ । यसैले तिमी काम चलाउ । गरिबको आखाँ खुशीले र श्रदाको आशुले भरियो । उनको पाउँ छँुदै भने । भगवानले तपाईको भलो गरुन् । त्यतिखेर सम्म उनकी श्रीमती उठिसकेकी थिईन । उनको छेउमा गएर आफ्नो अर्को हातमा लगाएको बाला निकालेर गरिबलाई भनिन् । छोरीको बिवाहको लागी एउटा बालाले केही हुदैन यो पनि लिएर जाउ अनि छोरीको बिवाह गरी देउ । दानबीरले आफनो श्रीमतिको यस्तो सहयोग र ब्यवहार देखेर निकै खुशी भए ।
0 comments:
Post a Comment