-

  • नयाँ खबर

    24 November, 2016

    ५ दिने योग शिविर आजबाट शुरु, योग अभ्यासबाट देशको समेत विकास गर्न सक्ने–राष्ट्रिपति भण्डारी



    वीरगंज ९ पर्सा 
    मध्य नेपाल सन्देश 
    राष्ट्रपति विद्यादेवी भण्डारीले योग साधनाबाट प्राप्त हुने मानसिक तथा शारिरिक स्फूर्तिले व्यक्तिको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
    वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि शुरु भएको ५ दिने योग शिविरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगले मानव जीवन समृद्ध हुने बताईन् ।  
    वहाँले वीरगन्ज एउटा आफै औद्योगिक एवं आर्थिक नगरीको रुपमा परिचित रहेको बताउँदै, दक्ष जनशक्ति विकासका निम्ति शिक्षाको विकासमा जोड दिनु अपरिहार्य रहेको बताईन् । 

    ५ दिनसम्म सञ्चालन हुने योग शिविर २०७३ को राष्ट्रपति भण्डारीले पानसमा दीप प्रज्वलित गर्दै उदघाटन गर्नुभएको थियो । शिविरको उदघाटनपछी भारतीय योग गुरु रामदेवले प्रशिक्षण शुरु गरेका थिए । र  शीवीरमा उहाका सहयोगी आचार्य बालकृष्णले पाँचै दिन योग प्रशिक्षण दिनुहुनेछ ।शिविरमा बृद्ध, युवा, युवती, बालबालिका लगायतको सहभागिता रहेको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ५ दिने योग शिविर आजबाट शुरु, योग अभ्यासबाट देशको समेत विकास गर्न सक्ने–राष्ट्रिपति भण्डारी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top